Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली कम्पनीहरूलाई सम्भावित साइबर आक्रमणको चेतावनी

Scott Morrison, Vladimir Putin.

Australian Prime Minister Scott Morrison and Russian President Vladimir Putin Source: AAP

अस्ट्रेलियाली कम्पनीहरूलाई आफ्नो सुरक्षा प्रणालीको समीक्षा र सुधार गर्न आग्रह गरिएको छ। युक्रेनमा भएको आक्रमणको सन्दर्भमा उक्त देशको समर्थनमा रहेकाहरू विरुद्ध साइबर आक्रमण गरिने जोखिम रहेको छ।


Published

Updated

By Peggy Giakoumelos

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाली कम्पनीहरूलाई आफ्नो सुरक्षा प्रणालीको समीक्षा र सुधार गर्न आग्रह गरिएको छ। युक्रेनमा भएको आक्रमणको सन्दर्भमा उक्त देशको समर्थनमा रहेकाहरू विरुद्ध साइबर आक्रमण गरिने जोखिम रहेको छ।


युद्धको नयाँ हतियारको रूपमा हाल साइबर आक्रमण पनि एक रहेको छ, र अस्ट्रेलियाली कम्पनीहरूलाई यसबाट सुरक्षित रहन प्रधान मन्त्री स्कट मोरिसनले चेतावनी दिएका छन्।  

अस्ट्रेलियाको साइबर सुरक्षा सम्बन्धी संस्था अस्ट्रेलियन साइबर सेक्युरिटी सेन्टरले कम्पनीहरूलाई तुरुन्तै एक नयाँ साइबर सुरक्षा प्रणाली अपनाउन आग्रह गरेको छ।  

अस्ट्रेलियाले रुस माथि जारी गरेका प्रतिबन्धहरूको जवाफ स्वरूप रुसले साइबर आक्रमण गर्न सक्ने जोखिम भएको हुनाले यस्तो आग्रह गरिएको मन्त्री मोरिसनले बताए।   

पछिल्ला केही दिनमा युक्रेनको सरकार, वैदेशिक मन्त्रालय र राज्य सुरक्षा सेवाहरू यस्तै साइबर आक्रमणको सिकार भएका थिए।  

एडम मायर्स यस्ता समस्याको निगरानी र विश्लेषण गर्ने संस्था क्राउडस्ट्राइकमा इन्टेलिजेन्सका उपाध्यक्ष हुन्। उनी भन्छन् कि यस किसिमको हानिकारक सफ्टवेयरले वेबसाइटको कार्य प्रक्रियामा अवरोध पुराउँछ।

मायर्सको भनाइ सहितको रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलियाली कम्पनीहरूलाई सम्भावित साइबर आक्रमणको चेतावनी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

साइबर सुरक्षाका अनुसन्धानकर्ताहरू भन्छन् कि, यस्तो साइबर आक्रमण युक्रेनमा मात्र होइन, छिमेकी राष्ट्र लाट्भिया र लिथुवानियामा पनि भएका थिए। 

साइबर आक्रमणहरू सन् २०१४ भन्दा अघि देखि नै रुसले युक्रेन माथि प्रयोग गर्ने प्रमुख औजार बन्दै आएको छ।  

त्यसबेला क्रेमलिन र क्रिमिया एक भए पछि ह्याकर हरूले निर्वाचनमा बाधा पुराउन खोजेका थिए।

त्यस्तै, सन् २००७ मा एस्टोनियामा, र सन् २००८ मा जोर्जियामा पनि यो प्रयोग गरिएको थियो।  

Logo of Oschadbank or State Savings Bank of Ukraine is seen
Ukraine's Oschadbank state savings bank was affected by the cyber attack. Source: Getty Images

हाल युक्रेनमा भएको साइबर आक्रमणमा प्रयोग गरिएको सफ्टवेयर पहिला कहिल्यै पनि नदेखिएको, अनुसन्धान कर्ताहरू बताउँछन्। 

यसले कति वटा सुरक्षा प्रणालीलाई प्रभाव पारेको छ भन्ने पनि अहिले स्पष्ट भइसकेको छैन। लाट्भिया र लिथुवानियाका सरकारी कार्यालयमा र युक्रेनको एउटा वित्तीय संस्थामा यसको पुष्टि भएको थियो।  

उता रुसले यो आरोपलाई अस्वीकार गरेको छ।  

मायर्स भन्छन् कि यो, सैन्य उपकरण प्रयोग गरी आक्रमण गर्नु अघिको रणनीति हो।  

Protests against the invasion of Ukraine in Sydney
Protests against the invasion of Ukraine in Sydney Source: SBS

युक्रेन माथि भएका आक्रमणले अस्ट्रेलियालाई पनि असर पार्न सक्ने अस्ट्रेलियाको साइबर सेक्युरिटी सेन्टरले चेतावनी जारी गर्दै, अवरोध र असामान्य साइबर क्रियाकलाप हुन सक्ने बताएको छ।  

लरेन जाबेरिक हार्भर्ड केनेडी विद्यालयको विज्ञान र अन्तर्राष्ट्रिय मामिलाहरूको सेन्टरमा कार्यरत छिन्।

त्यहाँको साइबर प्रोजेक्टकी निर्देशिका रहेकी उनी भन्छिन् कि युक्रेनको प्राविधिक क्षमता राम्रो भएको हुनाले यस किसिमको आक्रमण विरुद्ध तयार हुन सक्छन्।  

तर यस हानिकारक सफ्टवेयरको पूर्ण प्रभाव कस्तो हुन्छ भनी अहिले भन्न नसकिने पनि उनले बताइन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now