Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कलर्स अफ क्रिकेट: अस्ट्रेलियाली क्रिकेटको भावना परिवर्तन गर्दै प्रशंसकहरु

A Sri Lanka supporter during the T20 International series between Australia and Sri Lanka at Sydney Cricket Ground

A Sri Lanka supporter during the T20 International series between Australia and Sri Lanka at Sydney Cricket Ground Credit: Mark Kolbe, Getty Images

विश्वमा कुनै पनि यस्ता खेल छैनन् जो प्रशंसक बिना चलुन्। क्रिकेट पनि यसमा अछुतो रहन सक्दैन, प्रशंसक बिनाको खेल सधैँ अधुरो मानिन्छ। कलर्स अफ क्रिकेटको यो भागमा दक्षिण एसियाली प्रशंसकहरूले अस्ट्रेलियाली क्रिकेट मैदानमा ल्याएको रङ्ग र उत्साहको कथा प्रस्तुत गरिएको छ।


Published

By Deeju Sivadas, Vatsal Patel, Sahil Makkar, Abhas Parajuli

Presented by Kulasegaram Sanchayan, Preeti Jabbal

Source: SBS



Share this with family and friends


विश्वमा कुनै पनि यस्ता खेल छैनन् जो प्रशंसक बिना चलुन्। क्रिकेट पनि यसमा अछुतो रहन सक्दैन, प्रशंसक बिनाको खेल सधैँ अधुरो मानिन्छ। कलर्स अफ क्रिकेटको यो भागमा दक्षिण एसियाली प्रशंसकहरूले अस्ट्रेलियाली क्रिकेट मैदानमा ल्याएको रङ्ग र उत्साहको कथा प्रस्तुत गरिएको छ।


टेलिभिजनबाट हुने प्रत्यक्ष प्रसारण वा इन्टरनेटबाट हुने लाइभ स्ट्रिमीङ्गका दौरान दक्षिण एसियाली क्रिकेट टोलीका प्रशंसकहरूले देखाउने उपस्थितिले यहाँका प्रशंसकहरू कति जीवन्त छन् भन्ने कुराको प्रमाण पेस गर्दछ।

आफूले रुचाएको टोलीको समर्थनका लागि परम्परागत वाद्यवादन र पोसाक लगाएर हुने उपस्थितिले मैदानको महोल निकै माथि उठाइदिन्छ।

बङ्गलादेश, भारत, पाकिस्तान, अथवा श्रीलङ्काली टोलीको उपस्थितिमा अस्ट्रेलियामा हुने अधिकांस खेलहरूमा यही माहौल दोहोरिन्छ।

अस्ट्रेलियाकी पूर्व कप्तान लिसा स्थेलेकर भारतीय प्रशंसकहरूले आफ्नो टोलीलाई कसरी समर्थन गर्नुपर्दछ भनेर सबैलाई सिकाएको बताउँछिन्।

मलाई लाग्छ कि जब जब भारतीय टोली खेल्दछ, उनीहरू त्यहाँ पुगेर आफ्नो टोलीलाई कसरी समर्थन गर्नु पर्दछ र क्रिकेटबाट कसरी मनोरञ्जन लिन सकिन्छ भनेर अस्ट्रेलियालीहरुलाई सिकाउँछन्
लिसा स्टथेलेकर

अस्ट्रेलियाली क्रिकेट खेलमा दक्षिण एसियाली प्रंशसकहरुको उपस्थित पहीलोपटक सन् १८९७ मा भएको मानिन्छ, जहाँ भारतमा जन्मिएका इङ्लिस ब्याट्सम्यान कुमार रणजित सिंहजीले खेलेका थिए।

कलर्स अफ क्रिकेटको यो एपिसोडमा क्रिकेट समर्थकहरूको समूह पापारे ब्यान्ड र भारत आर्मीको कसरी स्थापना भयो र यसले क्रिकेट मैदानहरू कस्तो रङ्ग भर्दै छ भन्ने बारेमा चर्चा गरिएको छ।

यदि तपाईँले यस अघिका भागहरु सुन्न छुटाउनु भएको छ भने शृङ्खलाको सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now