Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

साउथ अस्ट्रेलियामा पुन:प्रयोग गर्न नमिल्ने प्लास्टिक सामाग्रीहरूमा बन्देज

Plastic drinking straws
Plastic drinking straws will be banned in South Australia under a plan to reduce disposable items. (AAP) Source: AAP

साउथ अस्ट्रेलियाले प्लास्टिकबाट निर्माण गरिएका पुन:प्रयोग गर्न नमिल्ने समाग्रीहरुमा रोक लगाएको छ।


Published

Updated

By Tys Occhiuzzi

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


साउथ अस्ट्रेलियाले प्लास्टिकबाट निर्माण गरिएका पुन:प्रयोग गर्न नमिल्ने समाग्रीहरुमा रोक लगाएको छ।


इरीका रिजीक लेबनानबाट एडिलेडमा बसाई सरेकी हुन ।

उनी हाल सहरको पूर्वी क्षेत्रमा पर्ने इरीनडेल भन्ने स्थानमा एउटा क्याफे सञ्चालन गर्छिन् ।

लेबनानी खाना पस्किने उनको रेष्टुरेष्टमा आउने ग्राहकहरूले अब उपरान्त टेक अबे खाना अर्डर गर्दा त्यो सँग आउने पुन प्रयोग गर्न नमिल्ने प्लास्टिकका चम्चा,स्ट्रव वा स्टीरर प्राप्त गर्ने छैनन् ।

साउथ अस्ट्रेलिया पहिलो यस्तो राज्य बनको छ जसले पुन प्रयोग गर्न नमिल्ने प्लास्टिक द्वारा निर्मित सामाग्रीहरूमा कानुनी रूपमा बन्देज लगाएको छ ।

cafe kitchen waitress waiter jobs
Unemployment rate drops to 6.6pc. Source: Pexel Valeria Boltneva

राज्यले कानुन पहील्यौ ल्याएको भए पनि कोभिड–१९ महामारीले यसलाई लागु गर्न पछि धकेलेको हो ।

रिजीक भन्छिन् उनको व्यवसायले नयाँ नियमको अवस्थालाई सहज ढङले व्यवस्थापन गर्न सकिरहेको छ ।

उनी भन्छिन् "ग्राहकहरू पनि टेक अबे खानाहरू प्लास्टिकका भाडामा दिएको रुचाउँदैनन् ।"

कोभिड १९ का दौरान भएका लकडाउनमा टेकअवे खाना बेचेरै व्यवसायहरू टिकेको अवस्था भए पनि, सर्वसाधारणको ध्यान वातावरण मैत्री शैली अपनाउन तिर बढी लागेको देखिन्छ ।

यो कानुन साउथ अस्ट्रेलियाको संसद्ले गत सेप्टेम्बर महिना मै पारित गरेको हो ।

यदि कहीँ कसैले नियम तोडी प्लास्टिकका भाडामा खाना दिएको पाइएमा ३ सय १५ डलर देखि २० हजार सम्मको जरिवाना तोकिएको छ ।

भिक्टोरियाले सन् २०२३ सम्ममा प्लास्टिकबाट बनेका एक पटक मात्र प्रयोग गर्न मिल्ने सामग्रीमा रोक लगाउने भन्ने योजना अघि सादै गर्दा साउथ अस्ट्रेलियाले भने कानुन ल्याई सकेको छ ।

क्विन्सल्याण्डले पनि जुलाई २०२१ देखि लागु हुने गरी पुन: प्रयोग गर्न नमिल्ने चम्चा,स्ट्रो र प्लेटहरूमाथि बन्देज लगाउने निर्णय गरेको छ ।

सरकारी यो योजनाका विश्वभरबाट ध्यान आकर्षित भएको छ ।

प्लास्टिकको सबैभन्दा ठुलो निर्यातकर्ता चीनले पनि एक पटक मात्र प्रयोग गर्न मिल्ने ब्याग र स्ट्रोवलाई बन्देज लगाएको छ ।

करिब आधा अर्ब जनसङ्ख्या भएको युरोपियन युनियन अन्तर्गतका देशहरूले पनि प्लास्टिकबाट बनेका काटा चम्चा,प्लेट,पोलिथिन कन्टेनर र कटन बडमा बन्देज लगाई सकेको छ ।

अस्ट्रेलियाको मरिन कन्सरभेटीभ सोसाइटिका प्लास्टिक पोलुसन अभियन्ता सेन कुको समुन्द्रमा देखिएको जरुरी स्थितिलाई यो कार्यले सम्बोधन गरेको धारणा राख्छन् ।

उनले पुन: प्रयोग गर्न मिल्ने सामग्रीमा जोड दिन आग्रह गरे ।

मरीन कन्सरभेटीभ सोसाइटीले देशैभर यो योजना लागु गर्न दबाब दिने भएको छ ।

उक्त कानुनका बारेमा समुदाय जस्तै आशक्तता रहेका समूहहरूले यसको केही प्रतिरोध गरेका छन् ।

SA Deputy Premier Vickie Chapman, SA Premier Steven Marshall, and SA Minister for Water and Environment David Speirs are calling for an urgent meeting.
SA Deputy Premier Vickie Chapman, SA Premier Steven Marshall, and SA Minister for Water and Environment David Speirs are calling for an urgent meeting. Source: AAP

साउथ अस्ट्रेलियाका पानी एवम् वातावर।ण मन्त्री डेभिड स्सेयर्स भन्छन् सरकारले विभिन्न समूहले गरेको चिन्ताको सामना गरिरहेको छ ।

उनी भन्छन् राज्य सरकार अन्य प्लास्टिक जन्य पर्दाथमा बन्देज लगाउने योजनामा रहेको छ ।

क्याफे सञ्चालिका इरीका सरकारी समाचारको स्वागत गछीर्न् ।

यो हप्ता देखि लागु भएको कानुनलाई पूर्ण पालना गर्न इरीका जस्ता व्यवसायी तैयार भएका छन् ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now