साउथ अस्ट्रेलियामा “होम क्वारेन्टिन”को परीक्षण सुरू

South Australia Premier Steven Marshall speaks to the media during a press conference in Adelaide, Tuesday, July 27, 2021. (AAP Image/Pool, Naomi Jellicoe) NO ARCHIVING

South Australia Premier Steven Marshall during a press conference۔ Source: NCA NEWSWIRE POOL

साउथ अस्ट्रेलियाले गएको हप्तादेखि देशमै पहिलो पटक - विदेशबाट फर्किएकाहरूलाई होटेलको सट्टा आफ्नो घरमै क्वारेन्टिनमा बस्न लगाउने एक परीक्षण अभियान सुरु गरेको छ। सफल भएमा भने उक्त योजनालाई अस्ट्रेलिया भर नै लागु गरिन सक्ने बताइँदै गर्दा यो परीक्षणले कसरी काम गर्ने छ, घरमै क्वारेन्टिनमा बस्दाको जोखिम र अन्तर्राष्ट्रिय यात्राका लागि यसले के कस्ता सहयोग पुर्‍याउला त भन्ने बारेमा एक रिपोर्ट।


राष्ट्रिय मन्त्रीपरिषद् बैठकले उक्त बिचारलाई अनुमोदन गरेको दुई महिना नपुग्दै साउथ अस्ट्रेलियाले घरमै आधारित होम क्वारेनटिन व्यवस्थाको परीक्षण सुरु गरेको छ ।

उक्त राष्ट्रिय योजनामा न्यु साउथ वेल्स र भिक्टोरियाबाट फर्किएका दुवै डोज खोपको मात्रा लगाएका लगभग ५० जना मानिसहरूलाई सामेल गराइने भएको छ ।

घरमै राखिने उक्त क्वारेनटिन योजनामा उनीहरूलाई उक्त घरमा बस्ने अन्य मानिसबाट अलग्गै र सुरक्षित रूपमा १४ दिने क्वारेनटिनमा राखिनेछ ।

प्रिमियर स्टिभन मार्सलका अनुसार सहभागीहरूलाई राज्यको स्वास्थ्य विभागको परामर्श पछि मन्त्रीपरिषद् एवम् प्रिमियरको कार्यालयको प्रविधि विभागले तैयार पारेको मोबाइल फोन एप मार्फत निगरानी गरिनेछ ।

“जियो लोकेटर र अनुहार पहिचान गर्न सक्ने प्रविधि मार्फत मानिसहरूलाई सम्पर्क गरिनेछ र उनीहरूले सम्पर्क गरेको १५ मिनेट भित्र प्रतिक्रिया दिनु पर्ने हुन्छ,यस्ता सूचनाहरू भण्डारण गरिने छैनन् र मानिसहरू भनेको स्थानमा क्वारेनटिनमा बसे नबसेको बारेमा मात्र सूचना लिइनेछ,” उनले भने ।

South Australia Police Commissioner Grant Stevens speaks to the media during a press conference in Adelaide, Thursday, July 22, 2021. (AAP Image/Pool, Naomi Jellicoe) NO ARCHIVING
South Australia Police Commissioner Grant Stevens speaks to the media during a press conference in Adelaide. Source: NCA NEWSWIRE POOL

एप मार्फत सम्पर्क गर्दा यदि उनीहरूले १५ मिनेट भित्र प्रतिक्रिया जनाएनन् भने प्रहरीले यसको जानकारी लिनेछ ।

उक्त मोबाइल एपमा व्यक्तिगत कोभिड–जाँच तालिका, दैनिक रूपमा लक्षणको जाँच,स्वास्थ्य एवम् कल्याणका विषयमा जानकारीहरू राखिने छ ।

प्राध्यापक मार्क स्टूभे बर्नेट इन्स्टिच्युटका जनस्वास्थ्य प्रमुख हुन्।

उनी भन्छन् कि घरमै क्वारेनटिन बस्ने व्यवस्थाका लागि प्रणाली विकास गरिनु महत्त्वपूर्ण छ ।

प्राध्यापक एड्रिएन स्टरम्यान साउथ अस्ट्रेलिया विश्वविद्यालय जैविक तथ्याङ्क एवम् महामारी विषयका प्रमुख हुन् र उनका अनुसार अस्ट्रेलिया फर्कने यात्रुहरूलाई होटेलको साटो घरमै क्वारेनटिनमा रहन दिनुका थुप्रै हिसाबले राम्रो विकल्प हो ।

स्टूभे पनि यस कुरामा जोड दिन्छन् ।

International arrivals at Adelaide Airport
International arrivals at Adelaide Airport. Source: AAP

उता, प्राध्यापक एड्रिएन इस्टरम्यानका अनुसार सुरक्षात्मक प्रबन्धनले यसलाई कम जोखिम युक्त बनाएको छ ।

स्थान पत्ता लगाउने प्रविधिमा आधारित घरमै क्वारेनटिन बस्नका लागि बनाइएका योजनाहरू अन्य मुलुकमा प्रयोगमा आइसकेका छन् भनी उनी बताउँछन्। 

न्यु जिल्यान्ड यस वर्षको अन्त्यमा पाइलट योजना अन्तर्गत मध्यम खालको जोखिम रहेका मुलुकबाट आउने मानिसहरूलाई घरमै क्वारेनटिन बस्ने मिल्ने योजनाको परीक्षण गर्ने भएको छ ।   

परीक्षण कार्यक्रमका बारेमा अधिक जानकारी सेप्टेम्बरमा मात्र गराइने भएता पनि पूर्ण खोप लगाएका र छोटो अवधिका लागि मान्यता दिइएका मुलुक पुगेर फर्किएका न्यु जिल्यान्ड स्थायी बासिन्दा र नागरिकहरूलाई यसमा सामेल गराइने बताइएको छ ।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्तो योजनामा सरिक हुने मानिसले क्वारेनटिनको पूर्ण योजना सहित आवेदन दिनु पर्ने र यसले स्वास्थ्य मन्त्रालयका नियमहरू पालना गरेको हुनु पर्ने बताइएको छ ।

साउथ अस्ट्रेलियाको हालको योजना मुलुक भित्रका यात्रुहरूलाई मात्र केन्द्रमा राखेर बनाइएको भए पनि प्रिमियर मार्सल आउँदा चार देखि ८ हप्ताको समयमा केही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनमा पनि यसले सहयोग पुर्‍याउन सक्ने अपेक्षा गर्छन् ।

International students
South Australia’s COVID cluster casts shadow on pilot plan to fly back international students. Source: Getty Images/martin-dm

तर  मार्क स्टूभे भने  यस वर्षको अन्त्य सम्ममा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि साउथ अस्ट्रेलियाको सीमा खुल्ने भन्ने कुरामा भने शङ्का व्यक्त गर्छन् ।

साउथ अस्ट्रेलियाका अधिकारीहरू आउँदा केही हप्तामा उक्त योजनाको नतिजा रिपोट राष्ट्रिय मन्त्रीपरिषद्लाई उपलब्ध गराउन स्थितिमा रहनेमा आशा व्यक्त गर्छन् ।

यदि परीक्षण सफल भएमा घरमै गरिने क्वारेन्टिन व्यवस्था देशैभर लागु गर्ने योजना रहेको बताइन्छ ।

प्राध्यापक मेक्सीमिलान डी कोटेन  भिक्टोरिया विश्वविद्यालय अन्तर्गतको मिचेल इन्स्टिच्युट  स्वास्थ्य एवम् शिक्षा नीति विभागका निर्देशक हुन् ।

उनी यस कार्यक्रमको सफलतालाई कसरी मापन गरिन्छ भनेर प्रश्न राख्छन् ।

प्राध्यापक मार्क स्टूभे भन्छन् कि परीक्षणका दौरान होम क्वारेनटिनमा मानिसहरूले नियमहरूको पालना गरे नगरेको र प्रविधिमा आएका वा आउन सक्ने सम्भावित समस्याहरूका बारेमा पनि उचित विचार दिनु आवश्यक छ । 

South Australia to hold first trial of home quarantine.
South Australia to hold first trial of home quarantine. Source: AAP

प्राध्यापक म्याक्सिमिलान भन्छन् कि होम क्वारेनटिन र निगरानीका लागि प्रयोग गरिने एपहरूको बिस्तार गरी अस्ट्रेलियालीहरूलाई फर्काउन न्याय सङ्गत बनाउन जरुरी छ ।

तर जब सम्म अस्ट्रेलियामा व्यापक मात्रामा खोप योजना सफल हुँदैन र सङ्कलन गरिने तथ्याङ्क र गोपनीयताका चिन्ताका बारेमा सम्बोधन गरिँदैन तब सम्म योजना लागु भएको उनी हेर्न चाहँदैनन् ।

सबै अस्ट्रेलियालीहरूले खोप लगाइसकेपछि र अन्तर्राष्ट्रिय सीमा खोलिएपछि कसरी क्वारेनटिन व्यवस्था लागु हुन्छ यसमा निर्भर गर्छ ।  

प्राध्यापक इस्टरमान भने खोप नलगाएका मानिसहरूका लागि हार्वर्ड स्प्रिङ जस्ता क्वारेनटिन व्यवस्था र पूर्ण खोप लगाएकाहरूलाई होम क्वारेनटिन व्यवस्था गरिनु पर्ने उनको सुझाव छ ।

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now