Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अध्ययन भन्छ, 'महामारीले युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुर्‍यायो'

Children in an Indigenous language class at Melbourne's Thornbury Primary School

राष्ट्रिय मानसिक स्वास्थ्य परिषद्ले गरेको अध्ययनका क्रममा सहभागी ४० प्रतिशत युवा र बालबालिकाले आफूहरूलाई नकारात्मक असर परेको बताएका छन्।


Published

Updated

By Phillippa Carisbrooke

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


राष्ट्रिय मानसिक स्वास्थ्य परिषद्ले गरेको अध्ययनका क्रममा सहभागी ४० प्रतिशत युवा र बालबालिकाले आफूहरूलाई नकारात्मक असर परेको बताएका छन्।


कोभिड–१९ महामारीकाका कारण कहिले लकडाउन त कहिले प्रतिबन्धहरुकाबीच असामान्य अवस्थामा आफ्नो पढाइलाई निरन्तरता दिइरहेका मेलबर्नको एक विद्यालयमा विद्यार्थी विद्यालय पछिको नृत्य कक्षामा फर्किएका छन्।

प्राथमिक तहका बिद्यार्थीहरुलाई पहिलेकै दिनचर्यामा फर्किनु त्यति सहज भने भएन।

एन्जाइटीका कारण बालबालिकामा यो परिवर्तन ल्याउन गार्‍हो बनायो।

अस्ट्रेलियन मेडिकल एसोसिएसनकी उपाध्यक्ष डेनियल म्याकमुलेन सबै विद्यार्थी एन्जाइटीबाट नगुज्रिएको प्रति भने खुसी व्यक्त गर्छीन।

“धन्न सबै बालबालिका एन्जाइटी डिसअर्डरबाट गुज्रनु परेन, तर याे बढ्दो दरमा छ र यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ,” उनले भनिन्

यता मेलबर्नको रोयल चिल्ड्रेन अस्पतालमा क्लिनिकल साईकोलोजीकी संयोजक डाक्टर एलिस मोर्गन मेलबर्नको अन्तिम लकडाउन पछाडि आफ्नो टोली बालबालिकामा देखिएको मानसिक समस्या हल गर्नमा व्यस्त भएको बताउँछिन्।

अहिले पनि यो सामान्य भन्दा बढी नै छ, कोभिड–१९ को उच्च दर रहेका बेला मानसिक स्वास्थ्य समस्या लिएर आउने बालबालिकाको सङ्ख्या तीन गुणा बढी थियो, अहिले पनि हामीसँग बिरामीको लिस्ट लामो छ, अभिभावकहरू आफ्ना सन्तानको एन्जाइटीका कारण चिन्तित छन्
डाक्टर एलिस मोर्गन

मेलबर्नमा मानसिक स्वास्थ्य सम्बन्धी एक परियोजनाले भने विद्यालयका कर्मचारीहरूलाई मानसिक स्वास्थ्य समस्या पहिचान गरी विद्यार्थीहरुलाई सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गरिरहेको छ।

मेलबर्नको भित्री सहरी क्षेत्रमा रहेको र्थनबरी प्राथमिक विद्यालय पनि उक्त परियोजनामा समावेश छ।

मानसिक स्वास्थ्य र कल्याण सम्बन्धी संयोजक आना च्याटविन्ड एन्जाइटीका थुप्रै रूप हुने बताउँछिन्।

सो कार्यक्रममा सहभागी विद्यालयका बालबालिकालाई दैनिक रूपमा कस्तो महसुस गरिरहेका छन् भनेर जाँच गरिन्छ भने ध्यानद्वारा एन्जाइटीलाई कम गर्ने प्रयास गरिन्छ।

कार्यक्रम अन्तर्गत हुने विभिन्न गतिविधिले बालबालिकालाई सिक्नका लागि तयार हुन मद्दत गर्दछ।

डाक्टर मोर्गन, एन्जाइटीलाई जीवनको एक अङ्गका रूपमा स्विकार्नु पर्नेमा जोड दिन्छिन्।

“एन्जाइटी त्यो बेला समस्या बन्छ, जब यसले समस्याहरू निम्त्याउन थाल्छ, उनीहरूले जीवनबाट आनन्द लिन सकेनन् भने खान र सुत्नलाई अप्ठेरो हुन थाल्यो भने यो समस्या बन्छ,” मोगर्नले भनिन्।

Sad young woman.
Source: Getty / Getty Images

त्यसो भए यस्ता समस्या भएका बालबालिकालाई हेरचाहकर्ताले कस्तो सहयोग गर्न सक्छन् त?

यस्तो अवस्थामा शिक्षक वा विद्यालयको बालबालिकाको स्वास्थ्य एवम् अन्य गतिविधि हेर्नका लागि तोकिएका वेलफेयर अफिसरसँग कुरा गर्नु पहिलो दायित्व हुन जान्छ।

त्यसपछि चिकित्सकलाई देखाउन सकिन्छ।

डाक्टर क्याथि एन्ड्रानिस रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिस अन्तर्गतको मानसिक चिकित्सा सम्बन्धी समूहकी अध्यक्ष हुन्।

उनका अनुसार व्यस्त जीवनशैली र महामारीले एन्जाइटीलाई बढावा दिइरहेको छ।

“विद्यालयमा र घरमा बालबालिकाहरूबाट धेरै अपेक्षाहरू राखिन्छन्, यस कारण बालबालिका हताशको अनुभव गर्छन्, जब मानिसहरू अधिक तनावमा हुन्छन् चिन्ता पनि बढ्ने गर्दछ,” डाक्टर एन्ड्रानिसले भनिन्।

सामान्यतया जाँचका क्रममा सामान्य चिकित्सकले बालबालिकाको स्वास्थ्य जाँच गरी के भइरहेको छ भनेर प्रश्न गर्ने गर्दछन्।

एन्जाइटीलाई स्तरको मापन गरिसकेपछि उनीहरूले बाल चिकित्सक वा मानसिक रोग विशेषज्ञकोमा जानका लागि सल्लाह दिन्छन्।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800
थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।
Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now