SKIP TO MAIN CONTENT

ढलको पानी परिक्षणले खुलायो ९ अर्ब बढीको अस्ट्रेलियाली लागू औषध दुर्व्यसनीको ट्रेन्ड

Testing waste water samples
Testing waste water samples Source: SBS

अस्ट्रेलियाका ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूले सहरी क्षेत्रमा भन्दा दुई गुणा बढी गाँजा प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ। फोहोर पानीको वार्षिक अध्ययनले अवैध औषधिमा वार्षिक ९ अर्ब बढी खर्चिने गरेको जनाउँदै लागू औषध दुर्व्यसनीको प्रवृत्तिमा आएको परिवर्तन पनि उजागर गरेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाका ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरूले सहरी क्षेत्रमा भन्दा दुई गुणा बढी गाँजा प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ। फोहोर पानीको वार्षिक अध्ययनले अवैध औषधिमा वार्षिक ९ अर्ब बढी खर्चिने गरेको जनाउँदै लागू औषध दुर्व्यसनीको प्रवृत्तिमा आएको परिवर्तन पनि उजागर गरेको छ।


रोजर  एन्टोकीलाई बाहिरबाट हेर्दा उनलाई कुनै समस्या छ जस्तो देखिँदैन , त्यस माथि पनि ३६ वर्षीय एन्टोकी लागू औषधको प्रयोगकर्ता हुन भन्दा त विश्वास गर्नै गाह्रो पर्छ।

उनी भन्छन् "मैले १६ वर्षको हुँदा देखि लागू औषध आइस प्रयोग गर्न थालेको थिए, त्यसमा पनि अत्यन्त भारी मात्रामा। र मेरो जीवन मुटु दुख्ने, दुखाइ, पिडा भरिएको र आफ्नो कुलतको बन्दी बनेको थियो।"

आयोगले २०१८ को जुन र जुलाई महिना भरि अस्ट्रेलियाका ढलहरूको निरीक्षण गरेको थियो, जसले लागू औषध प्रयोगमा देखिएको परिवर्तित अवस्थालाई प्रष्ट्याएको छ।

मेथएमफेटामिन दुर्व्यसनीमा पश्मिम अस्ट्रेलिया अग्र पंतिमा रहेको छ भने भिक्टोरिया राज्य अन्तर्गतका स्थानहरू हेरोइन प्रयोगमा अग्र स्थानमा रहेका छन्। तास्मेनियामा सबैभन्दा बढी गाँजा उपभोग गर्ने गरिन्छ।

सिड्नीको पश्चिमी सबर्बमा बसोबास गर्ने पारस्परिक सम्बन्धमा समस्या रहेको एक परिवारका सदस्य एन्टोकीको जीवनमा लागू औषध एक हिस्सा बन्यो।

उनी भन्छन् उनको मेथएमफेटामिन वा आइस को कुलतलाई बढावा दिन एकदमै सहज थियो, उनी भन्छन यो औषधि आफूले चाहेको समयमा उपलब्ध हुन सक्थ्यो।

दश वर्ष भन्दा बढी समय देखि  लागू औषध दुर्व्यशनीबाट आफूलाई टाढा राख्न सफल उनी भन्छन् अहिले पनि  निकै सजिलो सँग यो लागू औषध पाउन सकिन्छ।

"मेथएमफेटामिन सधैँ निकै सजिलै आफ्नै घरको पछाडि पट्टि पाउन सकिन्थ्यो किनकि यो अस्ट्रेलियामा नै बनाउन सकिन्छ। र पछिल्लो समयमा यो नै सबैभन्दा बढी प्रयोग गरिन्छ।"

अस्ट्रेलियाली आपराधिक गुप्तचर आयोगको एक नयाँ प्रतिवेदनले पनि सो टिप्पणीलाई प्रतिबिम्बित गरेको छ।

आयोगले २०१८ को जुन र जुलाई महिना भरि अस्ट्रेलियाका ढलहरूको निरीक्षण गरेको थियो, जसले लागू औषध प्रयोगमा देखिएको परिवर्तित अवस्थालाई प्रष्ट्याएको छ।

उक्त खोजले प्रतिवर्ष अस्ट्रेलियामा १० टनको हाराहारीमा मेथएमफेटामिन प्रयोग गर्ने गरिएको देखाएको छ भने ४ टन बढी कोकेन, १ टन एमडीएमए र ७०० किलो बढी हेरोइनको प्रयोग हुने गरेको जनाएको छ।

Methamphetamine, ice
Demand for rehab services is largely being driven by the increased use of methamphetamines. (AAP) Source: AAP

गल्लीहरूमा यो परिमाणको अवैध लागू औषधको मूल्य करिब ९.३ अर्ब  पुग्ने बताइएको छ।

युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाका फार्मेसी विषय प्रमुख जे सन ह्वाइट यस्ता लागू औषधको प्रयोग नियन्त्रणबारे भविष्यमा कसरी कदम चाल्ने भन्ने विषयलाई प्रमुखताका साथ हेरिनु पर्ने बताउँछन्।

उनले लागू औषध  दुर्व्यसनीको प्रकृतिलाई हेरेर कुन औषधीको प्रयोग चिन्ताजनक रहेको छ भनेर जान्न यो जानकारी महत्त्वपूर्ण रहेको बताएका छन्।

साथै यसबाट रोकथामका लागी चालिएका कदम कत्तिको प्रभावकारी रह्यो भन्ने पनि जान्न सकिने जे सन ह्वाइटको भनाइ रहेको छ ।

गत वर्ष न्यु साउथ वेल्सका ग्रामीण र सहरी भेगमा सबैभन्दा बढी कोकेन प्रयोग हुने गरेको देखिएको छ।

मेथएमफेटामिन  दुर्व्यसनीमा  पश्मिम अस्ट्रेलिया अग्र पंतिमा रहेको छ भने भिक्टोरिया राज्य अन्तर्गतका स्थानहरू हेरोइन प्रयोगमा अग्र स्थानमा रहेका छन्।तास्मेनियामा सबैभन्दा बढी गाँजा उपभोग गर्ने गरिन्छ।

प्राध्यापक ह्वाइट भन्छन् उक्त प्रतिवेदनले ग्रामीण र सहरी क्षेत्रमा लागू औषध प्रयोग गर्ने तरिकामा पनि भिन्नता रहेको छ।

जस्तै गाँजा र मेथएमफेटामिन ग्रामीण क्षेत्रमा बढी प्रयोग हुन्छन् भने हेरोइन र कोकेन प्राय सहरी क्षेत्रमा बढी प्रयोग भएको देखिन्छ।

मानिसहरूले सुरक्षित तवरले सुई लगाएर औषधि लिने एक केन्द्रका चिकित्सक रोबर्ट ग्राह्म भन्छन् लागू औषध दुर्व्यसनी जस्तो समस्यासँग जुध्न नयाँ नीतिहरू ल्याउन आवश्यक रहेको छ।

 प्रमाणका आधारमा नीति निर्माण गरिनु पर्ने डा. ग्राह्मको भनाइलाई हाल लागू औषध दुर्व्यसनीको जोखिममा रहेका युवाहरूका लागी काम गर्दै आएका रोजर एन्टोकी पनि समर्थन गर्छन्।

एक दशक देखि आफ्नो जीवनलाई भिन्नै मोड दिएका एन्टोकी अहिले दुर्व्यसनीबाट पीडितहरूलाई सहयोग गरेर दिन बिताउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now