Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोभिड–१९ को प्रभाव: धेरै अस्ट्रेलियाली वयस्क पहिलो घर खरिदका लागि पैसा बचत गदै

荷伯特、達爾文和堪培拉的房價不跌反升。

荷伯特、達爾文和堪培拉的房價不跌反升。 Source: AAP

सन् २०२० कैयन युवा अस्ट्रेलियालीहरूलाई घर किन्नु निकै चुनौतीपूर्ण सपना जस्तै लाग्थ्यो । तर जब कोभिड–१९ महामारीको सुरुवात भयो तब धेरै मानिसहरूलाई पैसा बचतमा ध्यान केन्द्रित गर्‍यो जसको परिणाम सम्पत्ति खरिदको क्षेत्रमा नयाँ खरिदकर्ताहरूमा आशाको सिर्जना गरेको छ ।


कोभिड–१९ अघि जेरीमी ललेसका लागि घर खरिद गर्नु प्राथमिकतामा परेको थिएँन  ।

“यो वर्ष मात्रै मैले आफ्नो पढाई पुरा गरे, सुरुमा घर खरिदका लागि बचत गर्ने मेरो योजनामा थिएँ तर जब कोभिड–१९ को सुरुवात भयो तब मैले विदेश घुम्न जानका लागि बनाएका योजना रोकिए, र मैले कमाएको पैसा बचत हुन पुग्यो जसका कारण घर किन्न सक्ने क्षमता यर्थथतामा बदलियो ।”

२४ बर्सिया जेरीमी हाल घर खरिदका लागि बचत गरी रहेका छन् ।

यो बानी जस्तै बनेको छ ,जहाँ ७० प्रतिशत युवा अस्ट्रेलियाली यसलाई कायम गर्न चाहन्छन् ।

मार्गेज च्वाईस नामको सम्पत्ति बिक्री गर्ने एजेन्टहरूको राष्ट्रिय नेटवर्कले गरेको पछिल्लो सर्वेक्षणमा यस्तो देखिएको हो ।

Home-buying can be challenging, but it comes much easier if you have a plan and a clear path forward.
Home-buying can be challenging, but it comes much easier if you have a plan and a clear path forward. Source: Getty Images

सर्वेक्षणले ४५ प्रतिशत अस्ट्रेलियाली युवा उमेर समूहका मानिसहरू यति खेर सम्पत्ति खरिद गर्नका लागि चाही रहेको पनि देखाएको छ ।

तर मोर्गेज च्वाईसका प्रमुख कार्यकारी अधिकारी सुसन मिसेल प्रक्रिया पुरा गर्न धेरैका लागि झन्झटिलो बनेको बताउँछिन् ।

“प्रत्येक १० मध्ये एक व्यक्तिमा घर खरिदका लागि ऋण लिने पक्रियाको बारेमा अनिश्चितता छ, व्यक्तिगत परिस्थितिमा बैङ्कले गर्ने व्यवहारका बारेमा शिक्षा दिनु जरुरी छ ।” उनले भनिन् ।

गत वर्षको अप्रिल सँगको तुलना गर्ने हो भने खरिदकर्ताको को सम्पत्ति खरिद प्रतिको भावना उच्च बिन्दुमा पुगेको फाइन्डरको उपभोक्ता अनुसन्धान टोलीका ग्राहम कोकी बताउँछन् ।

“यो नै घर खरिद गर्ने उपयुक्त समय हो भन्ने अस्ट्रेलियालीहरूको सङ्ख्या पछिल्ला केही महिनामा निकै बढेको छ, डिसेम्बर महिनामा घर खरिदको क्षेत्रमा उपभोक्तामा ६७ प्रतिशत सकारात्मकता बढेको छ । ” उनले भने ।

वरिष्ठ अर्थशास्त्री एन्ड्रीउ विल्सन्स पहिलो घर खरीदकर्ताहरुले अवसरको अधिकतम फाइदा उठाउनु जरुरी रहेको बताउँछन् ।

Two young people celebrate their first home.
Some benefit from the $500 million First Home Loan Deposit Scheme Source: Getty Images

“सामान्यतया सम्पत्तिको मूल्य पहिलो पटक घर खरिद गर्ने योजना बनाएको मानिसले जम्मा गदै गरेको निक्षेप भन्दा बढी हुन जान्छ ,यस वर्ष अधिकांश पुजीमा सम्भाव्यता र मूल्यबृद्धीको डर छ । ”

गत महिना सम्म लगातार मेलर्वन बाहेकका प्रत्येक सहरमा घरको मूल्यमा वृद्धि भइरहेको रेकर्डले देखाउँछ ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now