Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आउँदो अप्रिलदेखि निजी स्वास्थ्य बीमा प्रिमियमको रकम बढ्ने

Government boasts "lowest annual average premium" change for consumers since 2001 at 2.74 per cent.

Government boasts "lowest annual average premium" change for consumers since 2001 at 2.74 per cent. Source: SBS

आउँदो अप्रिल महिनादेखि निजी स्वास्थ्य बीमाको प्रिमियममा हुने वृद्धिले करिब एक करोड ४० लाख अस्ट्रेलियालीहरूलाई असर गर्ने छ। तर एउटा ठुलो बीमा कम्पनीले भने स्वास्थ्य सेवाहरूको खाँचो बढेका कारण यो कदम चाल्न आवश्यक रहेको बताए।


संघीय सरकारले निजी स्वास्थ्य बीमाको प्रिमियम रकममा आधिकारिक वृद्धि ल्याए पछि परिवारहरूले मासिक रूपमा औसत १२६ अस्ट्रेलियाली डलर तिर्नु पर्ने हुन्छ। प्रत्येक वर्ष बढ्ने यो रकम आउँदो अप्रिल महिना देखि २.७४ प्रतिशतले बढ्ने छ भने गत वर्ष ३.२५ प्रतिशत बढेको थियो।

 

एक व्यक्तिले प्रत्येक हप्ता थप १.१४ डलर तिर्नु पर्ने छ भने एउटा परिवारले साप्ताहिक रूपमा थप २.४४ डलर तिर्नु पर्ने हुन्छ। 

हरेक वर्ष बढ्ने प्रिमियमको औसत दरमा दुई दशकमा यो सबै भन्दा कम वृद्धि रहेको स्वास्थ्य मन्त्री ग्रेग हन्टको कार्यालयले जारी गरेको एक बयानमा बताइएको छ। 

 

सरकारको विपक्षी दलकाका स्वास्थ्य प्रवक्ता क्रिस बावेनले एसबीएस न्युजसँग कुरा गर्दै, सन् २०२१मा यो वृद्धि लागु गरिएमा यसले थुप्रै परिवारहरूलाई नकारात्मक असर गर्ने बताए। त्यस्तै, कुनै बीमा कम्पनीहरूले अझ बढी रकम तिराउन सक्ने उनको अनुमान छ।

 

आउँदो वर्षदेखि एक जना व्यक्तिले मासिक रूपमा औसतमा थप साढे १० डलर तिर्नु पर्ने हुन्छ, तर वर्तमान गठबन्धन सत्तामा आए देखि कार्यान्वयन भएका समग्र वृद्धिहरू १३ गुना बढी भएको बावेनले बताए। 

Minister for Health Greg Hunt has condemned abuse directed towards healthcare workers.
Minister for Health Greg Hunt Source: AAP

बीमा प्रिमियमको रकम बढ्दै जाँदा युवा पुस्ताले निजी बीमाको सट्टामा सार्वजनिक स्वास्थ्य प्रणालीको प्रयोग गर्न थाल्ने सम्भावना रहेको छ। तर, यस्तो भएको खण्डमा सार्वजनिक अस्पतालहरूलाई गाह्रो हुने उनी बताउँछन्। 

 

प्राइभेट हेल्थकेयर अस्ट्रेलिया (पीएचए) अस्ट्रेलियाको निजी स्वास्थ्य बीमा उद्योगको प्रमुख प्रतिनिधि निकाय हो। पीएचएले एक करोड १३ लाख अस्ट्रेलियालीहरूको संयुक्त सदस्यताका साथ १४ अस्ट्रेलियाली स्वास्थ्य कोषहरूको प्रतिनिधित्व गर्दछ।

 

सार्वजनिक स्वास्थ्य सेवाहरू अहिले नै निकै दबाबमा रहेको र निजी स्वास्थ्य बीमाको तुलनामा ढिलाइ पनि हुने गरेको पीएचएका नीति तथा अनुसन्धान निर्देशक बेन ह्यारिस बताउँछन्।

 

धेरै जस्तो समयमा एलेक्टिभ सर्जरी अर्थात् वैकल्पिक शल्यक्रियाहरूको विषयमा सार्वजनिक स्वास्थ्य सेवाहरूलाई निजी स्वास्थ्य कोषको मद्दतको आवश्यकता पर्ने गरेको उनले बताए। 

निजी स्वास्थ्य सेवा प्रयोग गर्ने मानिसहरूको सङ्ख्या निरन्तर रूपमा बढ्नु नै यसको प्रिमियममा वृद्धि आउनुको मुख्य कारण भएको ह्यारिस बताउँछन्। 

 

सरकारले निजी स्वास्थ्य बीमा धारकहरूलाई निजी स्वास्थ्य बीमा रिबेट योजना अन्तर्गत करिब ६ अरब ३० करोड अस्ट्रेलियाली डलर फिर्ता दिने छ।

 

सन् २०१९-२० को अवधिमा अस्ट्रेलियालीहरूले निजी स्वास्थ्य प्रणालीबाट चिकित्सा सेवाहरूको लाभ स्वरूप २१ अरब ९० करोड डलर प्राप्त गरेका थिए।  


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now