Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

क्रिकेटद्वारा अस्ट्रेलिया र भारतलाई जोड्न योगदान दिएका ओझेलमा परेका नायकहरू

Colours of Cricket-GettyImages-637474174.jpg

Rusi Surti was the first Indian Test player to play in the Sheffield Shield Credit: Getty

विश्वभरका लाखौँ खेल प्रशंसकहरूले हजारौँ किलोमिटर टाढाको खेल मैदानबाट क्रिकेटको मजा लिन्छन्। यसलाई सम्भव बनाउन पर्दा पछाडि बसेर योगदान दिने कैयन यस्ता मानिसहरू छन् जसका बारेमा कमै मात्र चर्चा हुन्छ। क्रिकेट खेलमा उनीहरूले जीवनभरको योगदान दिएका छन्। कलर्स अफ क्रिकेटको यो भाग, ओझेलमा परेका तीनै नायकहरू प्रति समर्पित छ।


Published

Updated

By Deeju Sivadas, Vatsal Patel, Sahil Makkar, Abhas Parajuli

Presented by Kulasegaram Sanchayan, Preeti Jabbal

Source: SBS



Share this with family and friends


विश्वभरका लाखौँ खेल प्रशंसकहरूले हजारौँ किलोमिटर टाढाको खेल मैदानबाट क्रिकेटको मजा लिन्छन्। यसलाई सम्भव बनाउन पर्दा पछाडि बसेर योगदान दिने कैयन यस्ता मानिसहरू छन् जसका बारेमा कमै मात्र चर्चा हुन्छ। क्रिकेट खेलमा उनीहरूले जीवनभरको योगदान दिएका छन्। कलर्स अफ क्रिकेटको यो भाग, ओझेलमा परेका तीनै नायकहरू प्रति समर्पित छ।


क्रिकेटमा रुचि राख्ने कमै मानिसले सायद फ्रान्क टारन्टको नाम सुनेको हुनुपर्छ।

मेलबर्नमा जन्मिएका टारन्ट भारतीय टोलीका लागि सम्भवत: पहिलो विदेशी प्रशिक्षक मात्र नभएर भारत र अस्ट्रेलियालाई क्रिकेटबाट जोड्ने महत्त्वपूर्ण पुलको भूमिका निर्वाह गर्ने व्यक्ति पनि हुन्।

पहिलो विश्वयुद्धताका भारत पुगेपछि भारतीय क्रिकेटलाई उनले जुन योगदान दिए, यसको जति प्रशंसा गरे पनि कम हुन्छ।

तत्कालीन समयमा पटियालाका महाराजाका निजी प्रशिक्षकका रूपमा पनि उनले कार्य गरेका थिए भने भारत र सिलोनमा भएको पहिलो अस्ट्रेलियाली टोलीको भ्रमणमा पनि उनको योगदान रहेको मानिन्छ।

तत्कालीन समयमा उनी 'मिस्टर क्रिकेट' भनेर पनि चिनिन्थे।

क्रिकेट जगतले भुलेको अर्को नायक रेजिनल्ड ह्यु डर्निङ्ग सेलर ओएएम पनि हुन्।

तत्कालीन समयमा रेक्स सेलर्स नामले परिचित उनी भारतको बम्बेमा (हालको मुम्बई) जन्मिएर गुजरातमा हुर्किएका हुन्।

क्रिकेट सम्बन्धी इतिहासकार एवम् लेखक पेट्रीक स्किन, उनी सम्भवतः भारतीय पुष्ठभुमीबाट अस्ट्रेलियाली क्रिकेट टोलीका लागि खेल्ने पहिलो व्यक्ति भएको बताउँछन्।

साउथ अस्ट्रेलियामा ब्याट्सम्यानका रूपमा उनले निकै चर्चा कमाएका थिए।

पछि उनले साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसनमा प्रशासक भएर पनि काम गरे।

सन् २०१३ मा क्रिकेटको क्षेत्रमा योगदान दिए बापत उनलाई अर्डर अफ अस्ट्रेलिया मेडलबाट पनि सम्मानित गरियो।

कलर्स अफ क्रिकेटको यो भागमा भारतीय पूर्व टेस्ट क्रिकेटर रूसी फ्रामरोज सुर्तीको पनि सम्झना गरिएको छ।

क्रिकेट मैदानमा जे सुकै गर्न सक्ने क्षमताका कारण उनलाई 'गरिवका गेरी सोर्बस' भनेर पनि चिन्ने गरिन्थ्यो।

अस्ट्रेलिया टुरका क्रममा उनको खेलले यति चर्चा पायो कि वेस्टर्न अस्ट्रेलिया र क्वीन्सल्यान्डले उनलाई आफ्नो टोलीमा सामेल गराउन निकै प्रयास गरेका थिए।

क्रिकेटर सुनिल गाभास्करले सुर्तीसँगको निकटताको सम्झना गर्छन्।

उनीसँग बसेर क्रिकेटका बारेमा कुरा गर्दा निकै कृतज्ञ हुन्थे
सुनिल गाभास्कर

समकालीन क्रिकेटरको कुरा गर्दा डाक्टर गोरूर कृष्ण 'ह्यारी' हरिनाथ ओएएमको नाम पनि अग्रस्थानमा आउँछ।

डा.हरिनाथ दक्षिण एसियाबाट अस्ट्रेलियाली क्रिकेटको शीर्ष संस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो व्यक्ति थिए।

क्रिकेट न्यु साउथ वेल्सको प्रमुखको भूमिकामा बसेर काम गरेका उनी पछि क्रिकेट अस्ट्रेलियाको बोर्डमा पनि आबद्ध बने।

सिड्नीको क्लबमा आबद्ध रहँदा आफूले सबै कामका लागि तत्परता देखाउने गरेको र यो नै सफलताको राज भएको उनी बताउँछन्।

टि रुम सफा गर्नेदेखि स्यान्डबिच बनाउने, लन्च ब्रेकमा मैदानको पिच सफा गर्नेसम्म, यो एक टिमको कामको भाग थियो, यो सबै टिमको प्रयासले भएको हो
डा.गरुर कृष्ण हरिनाथ

"यसले मलाई क्रिकेटको मानसिकता अध्ययन गर्ने मौका दियो,....मैले खेलाडीहरूलाई उनीहरूको सुरुवाती दिनहरूबाटै चिन्न पाए, त्यो निकै महत्त्वपूर्ण थियो,” उनले भने।

यदि तपाईँले यस अघिका भागहरु सुन्न छुटाउनु भएको छ भने शृङ्खलाको सुरुमा जानुहोस्।

Colours of Cricket एसबीएस रेडियो एप वा तपाईँको रोजाइको पोडस्ट एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

Colours of Cricket एसबीएस रेडियोको दक्षिण एसियाली भाषा कार्यक्रमहरू संयुक्त परियोजना हो र यसका आठ भाग प्रत्येक हप्ता सुन्न सकिनेछ।

ती भाषा कार्यक्रमहरूमा रहेका छन्: एसबीएस बाङ्गला, एसबीएस गुजराती, एसबीएस हिन्दी, एसबीएस मलयालम, एसबीएस नेपाली, एसबीएस पन्जाबी, एसबीएस सिन्हाला, एसबीएस तामिल र एसबीएस उर्दु।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now