सगरमाथा, कुमारी कि लालीगुराँस?: ग्रहलाई नेपाली दिन अनलाइन भोटिंग सुरू

 Kepler-452b

Source: NASA Ames/JPL-Caltech/T. Pyle

अन्तरिक्षमा रहेका एक जोडी तारा र ग्रहलाई नेपाली नाम दिन मोबाइल एप मार्फत मत हाल्न सकिने भएको छ।


हाम्रै आकाशगङ्गा रहेको तर, हाम्रो सौर्य मण्डल भन्दा करिब १ सय ७२ प्रकाश वर्ष टाढा रहेको सिंह राशिमा पर्ने एक तारा र त्यसलाई घुम्ने एक ग्रहलाई नेपाली नाम दिनको लागी सुझाव सङ्कलन गरिएको हो।

अहिले ग्रहको नामको लागी नाम सुझाव सङ्कलन सकिएर उत्कृष्ट १० छानिएको छ र अब मतदान मार्फत उक्त नामहरू मध्ये एक नामलाई छान्न सकिन्छ।

ग्रह

वैज्ञानिक नाम 'एचडी १००७७७बी' रहेको उक्त ग्रहलाई नामकरण गर्न भृकुटी, कुमारी, सगरमाथा, कर्णाली लगायत १० वटा नामहरू सुझाइएको छ।

ती मध्ये धेरै मत पाउने एक नामले नै उक्त तारा चिनिने पनि बताइएको छ।

यस क्रममा आएका नामहरू मध्ये सगरमाथा, तिलिचो, ह्यात्रुङ्ग, जनक, लालीगुराँस, मञ्जुश्री पनि नामकरण नियमहरू पुरा भएका नामहरू हुन्।

अब संकलित यी १० नामहरूबाट एक नाम छानी उक्त ग्रहलाई दिइने छ।
nepal astronomical society_nepali astronomy_nepali name_star and planet
Source: Supplied/ Suman Satyal

तारा

ताराका सन्दर्भमा भने, नाम सुझाव संकलन असोज १६ देखि ३० गते भित्रमा गरिने सुरेश भट्टराईले जनाएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले अब अन्तिम नाम छान्न फेरी पनि धमाधम मत लिने काम भइरहेको बताएका छन्।
nepal astronomical society_nepali astronomy_suresh bhattarai_nepali name_star and planet
Source: facebook/Suresh Bhattarai
उनले इन्डोनेसिया, भारत तथा नेपालले प्रस्ताव गर्ने नामहरूमा समानता हुन सक्ने तर्फ पनि पाँच सदस्यीय समिति चनाखो रहेको बताएका छन्।

ती दुवै राष्ट्रहरू अहिले नाम सुझाव सङ्कलनमै रहेकाले उनीहरूलाई नामहरू मतदानका लागी छान्दा नेपालले छानेका नामहरूसँग नमिलोस् भन्नका लागी छलफल गरिसकिएको छ।

मतदान कसरी गर्ने?

छानिएका १० नाम मध्ये आफूलाई ठिक लागेको नामका लागी हाम्रो पात्रो नामक मोबाइल एपबाट भोट गर्न सकिने छ।

उक्त एपमा गएर भोटिङ वा क्विज अप्सनमा क्लिक गरेपछि नामहरूको सुची सहितको पेज खुल्छ जहाँ आफ्नो मन परेको नाममा मत हाल्न सकिन्छ।
exoworld_nameplanet_nepali name_nepali_astronomy_suresh bhattarai
Source: Supplied/ Nepal Astronomical Society
नेपालले नोभेम्बर १५ सम्ममा नामहरू पठाई सक्नुपर्ने भएकाले बुधवार नोभेम्बर २ सम्म मतदान गर्न सकिने छ। 

विश्वव्यापी रूपमा ताराहरूको नाम खोज्ने परियोजना

अन्तर्राष्ट्रिय खगोल विज्ञान सम्बन्धी युनियन स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा विश्वव्यापी रूपमा ताराहरूको नाम खोज्ने परियोजना घोषणा गरिएको थियो ।

४ हजार बढी बाह्य जगत् वा एक्जो वर्ल्ड वैज्ञानिकहरूले पत्ता लगाएकोमा यस्तै अर्को सौर्यमण्डलको तारा/सूर्य र ग्रहलाई नेपालीहरूले नेपालीमा नै नामकरण गर्न पाउने यो परियोजना ल्याइएको हो। 

सामाजिक संलग्नता बढाउने उद्देश्य राखेर ल्याइएको यस परियोजना अन्तर्गत अहिले सम्म ९ हजार ३०० भन्दा बढी मत हालिएकोमा अझै पनि अपेक्षा गरिएको जति भने मानिसहरूको सहभागिता नभएको भट्टराईको भनाइ रहेको छ।
"ग्रह र ताराको सम्बन्ध देखिनु पर्छ"

यस अघि तारा र त्यसलाई परिक्रमा गर्ने ग्रहको नाम एकै पटक प्रस्ताव गर्न पाउने भनिएता पनि यी दुवै नाम बिच सम्बन्ध हुनुपर्ने भएकाले केही जटिलता आएको उनको भनाइ छ।

समितिको निर्णय अनुसार दुई नाम छुट्टा-छुट्टै आह्वान गरिएको हो।
"ग्रह र ताराको सम्बन्ध देखिनु पर्छ र दुइटैको भोटिङ सक्किदासम्म त्यो सम्बन्ध देखिएन भने सम्बन्ध बनाउने काम चाहिँ हाम्रो!"
"५० प्रतिशत मत अधिकार नेपाली छनौट समितिसँग छ, त्यसले आफ्नो भूमिका निर्वाह गर्छ," उनले भने। 

पहिलो प्रक्रिया अन्तर्गत, अगस्ट महिना भरि सुझाव लिइएको र त्यसबाट ७ सय ७६ नामहरू आएको भट्टराईले एसबीएस नेपालीलाई जानकारी गराएका छन्।
"विभिन्न ११ देशहरूमा रहनु हुने नेपालीहरूले हामीलाई नाम प्रस्ताव गर्नु भयो। त्यसमा प्रस्ताव गर्ने उमेर समूहमा छुट्ट्याएर हेरौँ भने १३ वर्ष देखि ६४ वर्ष सम्मका उमेर समूहका व्यक्तित्वहरू हुनुहुन्थ्यो।"
नेपाल भित्रबाट नै चाहिँ ५४ वटा जिल्ला बाट सुझावहरू आएको देखिएको भट्टराईको भनाइ रहेको छ।

नियमहरू पुरा नभएका नामहरू

नाम प्रस्ताव गर्न आह्वान गर्दा धेरैले नामहरू पठाएको भए पनि नियमहरू पुरा नभएका कारण त्यसलाई स्विकार्न नसकिएको पनि उनको भनाइ रहेको छ।

नामका नियमहरूमा कट्टर धार्मिक निष्ठा बोक्ने तथा आफैँले निर्माण गरेका नाम हुन नहुने भनिएकोमा धेरैले नियम नपुर्‍याई नाम पठाएकाले नाम स्विकार्न नसकिएको हो।

भट्टराई भन्छन्, "आफैँले बनाएको नाम हुनु हुँदैन, नेप-एभरेस्ट जस्तो!"

"हामीले खोजेको चाहिँ सांस्कृतिक विविधता, भौगोलिक विविधता बोकेको र त्यसको प्रतिनिधित्व होस् भन्ने हो।"

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सगरमाथा, कुमारी कि लालीगुराँस?: ग्रहलाई नेपाली दिन अनलाइन भोटिंग सुरू | SBS Nepali