अब तारा र ग्रहलाई नेपाली नामले चिनिने

Nepali name for star and planet_exoworlds_name exoworlds

Planet HD100777b(front) orbiting its star HD100777b. Both will have Nepali name by the end of 2019. Source: Supplied/ Nepal Astronomical Society

चाडै नेपाली नाम गरेको एक तारा र त्यसलाई परिक्रमा गर्ने ग्रह पनि नेपाली नाम कै हुने भएको छ। नेपाली नाम के राख्ने भन्ने बारे नाम सुझाव सङ्कलन योजना भइरहेको छ।


खगोल विज्ञानमा उल्लिखित विभिन्न खगोलिय पिण्डहरू मध्ये अब कम्तीमा एक तारा र ग्रहको नाम नेपाली संस्कृति झल्कने किसिमको हुने बताइएको छ।

अन्तर्राष्ट्रिय खगोल विज्ञान सम्बन्धी युनियन स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा विश्वव्यापी रूपमा ताराहरूको नाम खोज्ने परियोजना घोषणा गरिएको छ।

खगोल विज्ञानका क्षेत्रमा सामाजिक संग्लनता बढाउने उद्देश्यले युनियनले प्रत्येक राष्ट्रहरूले एक तारालाई आफ्नो संस्कृति झल्कने नाम प्रदान गर्न सक्ने परियोजना ल्याएको हो।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले नामांकरण गर्न नेपालका लागी तारा छुट्टयाईसकिएको भए पनि के नाम राख्ने भनेर निर्णय भने नभएको बताएका छन्।

उनका अनुसार नेम एक्जो वर्ल्ड नामक यो परियोजनामा सहभागी हुन आफ्नो रुचि प्रस्तुत गरे पछि राष्ट्रिय अन्तर्राष्ट्रिय छलफलमा सामेल भएको बताएका छन्।

suresh bhattarai_nepali astrological society_nepali astronomy
President of Nepal Astronomical Society Suresh Bhattarai. Source: facebook/Suresh Bhattarai

जसबाट नामांकरण प्रक्रियामा विवाद आए त्यसको व्यवस्थापन वा नाम राख्न विशेषज्ञहरूको सुझाव चाहिए त्यसको लागी राष्ट्रिय नेम इक्जो वर्ल्ड समिति पनि निर्माण गरिसकेको सुरेश भट्टराईले बताएका छन्।

पाँच सदस्यीय समितिले अहिले नाम सङ्कलन खुल्ला आव्ह्वान गरेर वा कुनै निश्चित क्षेत्र र समूहबाट मात्र गर्ने भन्ने बारे अध्ययन गरिरहेको भट्टराईले बताएका छन्।

"प्राथमिक रूपमा हामीले योजना गरेको चाहिँ विद्यालयहरूलाई बढी संलग्न गराएर प्रश्नहरू लिने तर यसलाई खुल्ला पनि छोड्ने (सुझाव सङ्कलन गर्ने) कि भन्ने छलफल पनि भइरहेका छन्।"

नेपाली नाम पाउने तारा

नासोका अध्यक्ष सुरेश भट्टराईले नेपालको भागमा परेको तारा १ सय ७२ प्रकाश वर्षको दुरीमा सिंह राशिमा परेको बताएका छन् ।

उक्त ताराको वैज्ञानिक नाम एच डी १००७७७ रहेको छ र यसलाई परिक्रमा गर्ने कम्तीमा एक ग्रह रहेको छ जसको नाम राख्ने जिम्मेवारी पनि नेपाली टोलीलाई नै परेको छ।

nepal astronomical society_nepali astronomy_nepali name_star and planet
Source: Supplied/ Nepal Astronomical Society

ताराको परिक्रमा गर्ने ग्रहको नाम ताराकै नामको अन्त्यमा बी राख्ने प्रचलन रहेको छ।

त्यही अनुरूप २००७ मा पत्ता लागेको उक्त ग्रहको वैज्ञानिक नाम एच डी १००७७७ बी रहेको छ।

नाङ्गो आँखाले हेर्दा नदेखिए पनि उक्त तारालाई सामान्य टेलिस्कोपबाट हेर्न सकिने भट्टराईले एसबीएस नेपालीलाई बताए।

सुन्तला रङ्गको सो तारा र यसको साथी ग्रहको नामको सुझाव दिन चाहनेले यसको मापदण्ड बारे जान्नु जरुरी हुन्छ।

नामका नियम

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले नामहरूको सुझाव दिँदा ध्यान दिनु पर्ने कुराहरूको सुची सार्वजनिक गरेको छ।

उक्त सुझाव दिइएको नाम खगोलिय पिण्डलाई सुहाउने किसिमको कुनै व्यक्ति, बस्तु वा ठाउँ को नाम हुन सक्छ तर त्यसले नेपालको सांस्कृतिक, भौगोलिक र एतिहासिक महत्त्व बोकेको हुनु पर्नेछ।

दुई वटा नामको सुझाव दिनु पर्नेमा दुवै नाम विषय गत हिसाबले तार्किक समानता भएको हुनु पर्ने सार्वजनिक गरेको नियमहरूको सूचीमा उल्लेख गरिएको छ।

जसको अर्थ दुई नामहरू एकै विषयसँग सम्बन्धित हुनु पर्नेछ भने एक वा दुई वाक्यमा त्यो सम्बन्धको सारांश पनि नाम सँगै पठाउनु पर्ने छ।

नाम सुझाउँदा अहिले दुई नामको मात्र खोजी गरिएको भए पनि जे विषयसँग दुई नामहरू सम्बन्धित छन् भविष्यमा त्यही आधारमा अर्को वस्तुलाई पनि नामाङ्करण गर्न सकियोस् भन्नेमा ध्यान दिनुपर्ने हुन्छ ।

किनभने खोजकै क्रममा उक्त तारालाई परिक्रमा गर्ने अर्को पनि ग्रह रहेको पत्ता लाग्यो भने त्यसलाई पनि पहिलेका नामहरू सँग मेल खाने नाम दिनु पर्ने हुन्छ।

नासोका अध्यक्ष सुरेश भट्टराईले नोभेम्बर १५ सम्ममा नामहरू पठाउनै पर्ने बताएका छन्।

"यो वर्षको अन्त्य डिसेम्बर सम्ममा त नाम अनाउन्स नै हुन्छ त्यसैले हामीले नोभेम्बर १५ सम्ममा एक प्राथमिक नाम र दुई वैकल्पिक नाम तिन जोडी नामहरू पठाउनै पर्ने हुन्छ।"
nepal astronomical society_nepali astronomy_nepali name_star and planet
Source: Supplied/ Nepal Astronomical Society

उनका अनुसार यदि त्यो समय सीमा भित्र सर्वसाधारण बाट नाम पाउन सकिएन भने समितिले पठाउनै पर्ने हुन्छ।

सुरेश भट्टराई नेपालीहरूमा कत्तिको रुचि छ खगोल विज्ञानमा भन्ने प्रश्नको उत्तरमा भन्छन् 'मानिसहरू आकाशमा हेर्न नछाडे सम्म मानिस र आकाशबिच सम्बन्ध रहिरहन्छ।'

मानिसहरूको आकाश मोहलाई यथावत् राख्न र यो क्षेत्र बारे जान्न प्रोत्साहित गर्न नाम खोज्ने अभियान सहयोगी हुने उनको बुझाइ रहेको छ।

त्यसैले यसको जानकारीसम्म धेरैको पहुँच पुगोस् भन्ने आफूले चाहेको बताउँदै भट्टराईले भने, "यसलाई हामी ७७ वटै जिल्लामा, ७ वटै प्रदेशमा कसरी पुर्‍याउने र त्यहाँका आवाजलाई अन्तर्राष्ट्रिय बजारमा कसरी गुञ्जाउने भन्ने कुरामा मेहनत गरिरहेका छौँ।"


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now