साङ्गीतिक समूह ‘द थ्री सीज’को सङ्गीत मात्र फरक किसिमको नभई, ब्यान्डको सुरुवाती कथा पनि अनौठो नै छ। सन् २००९ मा अस्ट्रेलियन सङ्गीतकार म्याट कीगन भारतको शान्तिनिकेतन पुगे पछि यो ब्यान्ड बनेको थियो। र अहिले सम्म यो ‘क्रस-कल्चरल कोल्याबरेसन’ नेपाली, बङ्गाली लगायत अस्ट्रेलियन ज्याज सङ्गीतको सम्मिश्रणका साथ अगि बढिरहेको छ। हाल आफ्नो अस्ट्रेलिया टुरमा रहेको ‘द थ्री सीज’का सदस्य तथा नेपाली भाषाको उत्थानमा लागिपरेका देउ आशिष मोथेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




