दार्जिलिङको एक बहुसांस्कृतिक साङ्गीतिक समूह ‘द थ्री सीज’का सदस्य देव आशिष मोथेले सङ्गीतको माध्यमबाट बालबालिकालाई नेपाली वर्णमाला सिकाउने काम पनि गर्दै आएका छन्। सन् २००५ मा स्थापना भएको उनको गैर नाफा मूलक संस्था "वर्णमाला प्रोजेक्ट"ले गीत, एनिमेसन र मोबाइल फोन एप मार्फत अक्षर सिकाउने काम गर्दछ। यस लगायत वातावरण संरक्षणबारे मोथे र उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share





