अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई ठुला अन डिमान्ड डेलिभरी सेवा उबर इट्स र डोरड्यासले आफ्ना चालकहरूलाई न्यूनतम पारिश्रमिक दर र विस्तृत सुरक्षा व्यवस्था लागू गर्न सहमति जनाएका छन्। दुई कम्पनी र ट्रान्सपोर्ट वर्कर्स युनियन बिच गत मङ्गलवार, नोभेम्बर २५ मा भएको सम्झौता लागू हुन भने फेयर वर्क कमिसनको स्वीकृति आवश्यक हुन्छ। यही सन्दर्भमा फुड डेलिभरीको काम गर्दै आएका र ट्रान्सपोर्ट वर्कर्स युनियनका प्रतिनिधि रहेका क्यानबराका उत्सव भट्टराई र नवीन अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिर्पोट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





