SKIP TO MAIN CONTENT

"अपर्याप्त जाँच र सर्तकताको कमी": नेपालमा बढ्दो कोरोना सङ्क्रमणको प्रमुख कारण

Coronavirus preparedness in Nepal
Coronavirus preparedness in Nepal Source: RSS

युनिभर्सिटी अफ टेक्नोलोजीका एक नेपाली विज्ञको भनाइ अनुसार हाल पर्याप्त जाँच नभएका कारण आगामी दिनहरूमा नेपालमा कोरोनाभाइरसको अवस्थाबारे बताउन पनि गाह्रो हुने छ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

युनिभर्सिटी अफ टेक्नोलोजीका एक नेपाली विज्ञको भनाइ अनुसार हाल पर्याप्त जाँच नभएका कारण आगामी दिनहरूमा नेपालमा कोरोनाभाइरसको अवस्थाबारे बताउन पनि गाह्रो हुने छ।


हाइलाइट्स

  • अपर्याप्त जाँच र आवश्यक सर्तकताले कमी मुख्य कारण
  • पी सी आर परीक्षण गरेका मध्ये ११ प्रतिशतमा सङ्क्रमण
  • करिब ८ महिनामा एक लाख भन्दा बढी सङ्क्रमित

नेपालमा कोरोना संक्रमणदर बढ्दै जानुको मुख्य कारण अपर्याप्त जाँच र आवश्यक सर्तकताको कमी भएको सरुवा रोगका बारेमा अस्ट्रेलियामा अनुसन्धान गरिरहेका एक विज्ञले बताएका छन् ।

हाल एक लाख भन्दा बढीमा सङ्क्रमण देखिएको अवस्थामा सरकारले पी सी आर जाँचलाई द्रुत गतिमा बढाएर सङ्क्रमितहरूको पहिचान गरे सङ्क्रमणको दरमा कमी आउने सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजीमा सरुवा रोगको विषयमा अनुसन्धानमा सक्रिय होम नाथ ढुङ्गाना बताउँछन्।

नेपालमा गत माघ ९ गते चीनबाट फर्किएका व्यक्तिमा पहिलो पटक कोरोना भाइरस संङक्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै आठ महिना पछि सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ। गत भदौ महिना देखि दैनिक हजार भन्दा माथिमा कोरोनाको सङ्क्रमण भेटिइरहेको छ।

नेपाल कोरोनाको अतिप्रभावित मुलुकमा परिसकेको अवस्था छ भने चीनलाई समेत नेपालले संङक्रमणमा उछिनी सकेको छ।

Hom Nath Dhungana is a researcher and faculty member at University of Technology, Sydney.
Hom Nath Dhungana is a researcher and faculty member at University of Technology, Sydney. Source: Supplied

सुरुका दिनमा नेपालमा लकडाउन भएतापनि कनट्याक्ट ट्रेसिङ नभएका कारण सङ्क्रमण फैलिएको होम नाथ ढुङ्गाना बताउँछन् ।

अधिकास रोगका बारेमा अनुसन्धानबाट यसको असर र फैलावटका बारेमा भविष्यवाणी गर्न सकिने भए पनि कोभिडका विषयमा भने भविष्यवाणी गर्न निकै गार्‍हो भएको रोगको अनुसन्धान यसको गणतिय पक्ष र भविष्यवाणी विषयमा विद्यावारिधि गरेका होम नाथ ढुङ्गाना बताउँछन् ।

उनी भन्छन् “नेपाल र अन्य दक्षिण एसियाली मुलुकहरू जहाँ पर्याप्त जाच भइराखेको छैन, रोगको भविष्यका बारेमा बताउन निकै गार्‍हो हुन्छ ”

कोभिडका विषयमा सुरुमा गलत आङ्कलन गरिएका कारण पनि यसको सङ्क्रमण नरोकिएको उनी बताउँछन् । गर्मी मौसम सुरु भएपछि रोगमा कमी आउने गलत प्रचार भएका कारण पनि समस्या बढेको उनको धारणा छ ।

नेपालमा हाल पी सी आर परीक्षण गराएका मध्ये ११ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ ।

उनी भन्छन् “प्रत्येक एक सय वटा परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ जुन भया भय स्थिति हो, संङक्रमण भएर पनि थाहा नपाएकाहरुले अन्य मानिसलाई सङ्क्रमित गराई रहेका हुन्छन् ।

A Covid-19 test being conducted.
A Covid-19 test being conducted. Source: Getty

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now