यतिखेर सारा विश्व स्पेनिस फ्लू पछिको सबैभन्दा विनाशकारी भाइरस सँग लड्न प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन प्रयोग हुने एक हतियारको प्रतीक्षामा छ र यो हतियार विश्वका विभिन्न ल्याबहरूमा अहिले परीक्षणको अन्तिम चरणमा रहेका समाचार बाहीरी रहेका छन् ।
अस्ट्रेलियाली सङ्घीय सरकार पनि यति बेला यस्ता धेरै मुलुकहरूमा सामेल छ जसले भाइरस सँग लड्नका लागि अब हतियार बनिसकेको विश्वास गर्दछ ।
यसै शिलसिलामा सरकारले हालै अक्फोर्ड बिश्वबिद्यालको अनुसन्धानमा आधारित अष्ट्राजेनेका नाम गरेको बेलायती औषधि उत्पादक कम्पनी सँग सम्भावित कोभिड १९ को खोप सुरक्षित गर्न सम्झौता गरेको छ ।

सरकारले गरेको सम्झौतामा प्रधानमन्त्री मरिसन भन्छन् कि यो सबैभन्दा आशाजनक र उन्नत खोपहरू मध्येको एक हो ।
सेभेन न्युज नेटवर्क सँग कुरा गदै प्रधानमन्त्री मरीसनले खोपले काम गरेको प्रमाणित भएमा यथासम्भव यसको उत्पादन सुरु गर्ने र हरेक अस्ट्रेलियन नागरिकले निःशुल्क रूपमा यो खोप लगाउन सक्ने बताए ।
अक्सोर्फोड बिश्वबिद्यालको अनुसन्धानमा आधारित भ्याक्सिन नै व्यवसायीक रूपमा उपलब्ध हुनसक्ने पहिलो भ्याक्सिनका रूपमा हेरिएको छ ।
यता युरोपेली आयोगले पनि यो भ्याक्सिन प्रमाणित भएपछि यसलाई सुरक्षित गर्नका लागि ३० करोड खोपका लागि उत्पादक कम्पनी आस्ट्राजेनकासँग सम्झौता गरी सकेको छ ।
युरोपियन कमिसनका प्रवक्ता भिभियन लुनेलका अनुसार यो सम्झौताले गरिब राष्ट्रहरुा लागि पनि खोपको कार्यान्वयन कार्यक्रमलाई सुरक्षित गर्दछ ।
तर अक्सफोर्डले तैयार पादै गरेको खोप बजारमा एक्लो उपस्थितिमा चल्ने छैन ।
भर्खरै मात्र रसियाले विश्वकै पहिलो कोरोना विरुद्धको खोप दर्ता गरी सकेको छ ।
स्पुटनिक ५ नाम दिईएको उत्त खोप ठुलो सङ्ख्यामा मानिसहरू सँग सामूहिक परीक्षणकै बिना उत्पादन दर्ता गरी सार्वजनिक गरेको स्वीकार रसियाली सरकार स्वयंले गरी सकेको छ र यस प्रति विश्वभरका स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक एवम् अनुसन्धानकर्ताहरुले चासो र चेतावनी दिँदै आएका छन् ।

उनीहरूले उत्पादनको गतिमा नभई यसको गुणस्तरमा ध्यान दिन आग्रह पनि गरी रहेका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रसियाले उत्पादन गरेका खोपका बारेमा ह्वाईट हाउसमा प्रत्रकारहरुले गरेको प्रश्नमा उनले यस प्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले उत्पादन सुरु हुनु अघि खोपले सुरक्षाका प्रत्येक चरणहरू पार गर्नु पर्नेमा जोड दिए ।
अमेरिकीमा यतिखेर कोभिड खोप चुनावी मुद्राका रूपमा पनि उठी रहेको छ ।
डेमोक्रयाटीक उम्मेदवारहरूले राष्ट्रपति ट्रम्प खोपको उपलब्धताका विषयमा पारदर्शी नबनेको आरोप लगाई रहेका छन् ।
यसै हप्ता भएको डेमोक्रयाटिकहरुको भर्चुअल कन्भेन्सनमा मिशिगनका गभर्नर ग्रेचन व्हिट्वमरले ट्रम्प प्रशासनको आलोचनामा आफ्नो समय खर्चिए ।

यता विश्व स्वास्थ्य सङ्गठनले राष्ट्रहरूलाई कोभिड महामारी विश्व सङ्कट भएको भन्दै आविष्कार भएका सबै नयाँ तथ्यहरू एक अर्कासँग साट्न र विश्वबाट कोभिड १९ लाई उन्मुलन गर्न सहयोग मागी रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख भन्छन् खोपको आधिकारिकता प्रमाणित भए राष्ट्रहरूले आफ्नो मात्र ख्याल नगरी पुरा विश्वलाई ध्यानमा राख्दै यसको आपूर्ति गर्न सुनिश्चितता गर्नु पर्दछ ।
मरीसन सरकारले कुनै पनि सफल खोपहरू उत्पादन सुरु भए प्रशान्त क्षेत्रका छिमेकी र दक्षिण पूर्व एसियाका साझेदारहरूलाई समेत उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:





