घरभित्र हुने पारिवारिक हिंसालाई कम गर्नका लागि अस्ट्रेलियाको सबैभन्दा ठुलो मदिरा पसलले आफ्ना २८ हजार कामदारहरूलाई तालिम दिदैछ ।
अस्ट्रेलियाको सबैभन्दा ठुलो मदिरा पसलले आफ्ना २८ हजार कर्मचारीलाई घरेलु हिंसाका बारेमा तालिम प्रदान गर्न सुरु गरेको छ ।
इन्डेभेर ग्रुपका निर्देशक क्लेर स्मिथ भन्छीन घरेलु हिंसा रोक्नका लागि स्थापना भएको संस्था १८०० रेस्पेक्ट सँगको सहकार्यमा यो तालिमको सुरुवात गरिएको हो ।
“तालिमले वास्तवमै टोलीलाई दुर्व्यवहारका लक्षणहरू पहिचान गर्न र तिनीहरूको सामना गर्दा के गर्ने भन्ने कुराहरू सिकाउछ्,हामीले वास्तविक जीवनका केही उदाहरणहरू पनि समावेश गरेका छौ,जो हाम्रै टोलीका सदस्यहरूले हामीले बताएका थिए ” उनले भनिन् ।
कर्मचारीहरूलाई दुर्व्यवहार वा हिंसाका बारेमा कसरी, कहाँ रिपोट गर्ने र कुन सहयोग प्रणालीलाई छनोट गर्ने भन्ने बारेमा सिकाइन्छ ।

बि डब्ल्यु एसका प्रबन्ध निर्देशक स्कट डेभिड्सन भन्छन् कि केही कर्मचारीहरूले घरेलु हिंसामा प्रतिक्रिया जनाउन थालिसकेका छन् ।
१८०० रेस्पेक्टका प्रमुख फियोना मोर्ट महिलाहरू प्रतिको नकारात्मक दृष्टिकोणलाई चुनौती दिँदै घरेलु हिंसा रोक्ने तालिमको मुख्य उद्देश्य रहेको बताउँछिन् ।
कर्मचारीहरूले आफ्ना सहकर्मी वा ग्राहकले महिला माथि दुर्व्यवहार गरेमा तालिमको सहायतामा आफ्ना कर्मचारीहरूले त्यसको प्रतिवाद गर्ने उनले आशा गरेका छन् ।
तालिमले वास्तवमै टोलीलाई दुर्व्यवहारका लक्षणहरू पहिचान गर्न र तिनीहरूको सामना गर्दा के गर्ने भन्ने कुराहरू सिकाउछ्,हामीले वास्तविक जीवनका केही उदाहरणहरू पनि समावेश गरेका छौ,जो हाम्रै टोलीका सदस्यहरूले हामीले बताएका थिए
मोर्ट भन्छिन् कि सम्मान आवश्यक छ किनकि यसले घरेलु हिंसालाई रोक्न मद्दत गर्छ ।
मदिरा सम्बन्धी अनुसन्धान र शिक्षा प्रदान गर्ने संस्थाले प्रहरीलाई रिपोट गरिएका घरेलु हिंसाका ६५ प्रतिशत घटना मदिरा संग सम्बन्धित भएको अनुमान गदर्छ ।
मदीरा पसलका कर्मचारीहरूलाई घरेलु हिंसालाई कसरी पहिचान गर्ने भन्ने बारेमा सिकाइदैछ् ।
तर उनीहरू सँग घरेलु हिंसाका घटनामा संलग्न रहेको आशंका लागेमा रक्सी बेच्न इन्कार गर्ने अनुमति भने दिइएको छैन ।
बि डुब्लु एसका प्रबन्ध निर्देशक भन्छन् “प्रशिक्षणको उद्देश्य जागरुपता निर्माण गर्नु र संलग्न व्यक्तिहरू र पीडितहरूका लागि सहयोग निर्माण गर्नु हो,कतिपय अवस्थामा हाम्रै टोलीका सदस्यहरूमा पनि यसमा पर्न सक्छन् मलाइ लाग्छ,जागरूकता निर्माण यसको प्रमुख भाग हो ।”
अस्ट्रेलियाको कानुन अनुसार अत्यधिक मदिरा पिएका वा १८ वर्ष भन्दा कम उमेर समूहका मानिसलाई मदिरा बेच्न बाट बन्देज लगाएको छ ।
महिलाहरूको सुरक्षा सम्बन्धी मन्त्री एन रुष्टन भन्छिन् कि घरेलु हिंसा गरेका मानिसहरूलाई मदिरा नबेच्ने निर्णय गर्ने बारेमा केही योजना छैन ।

सिनेटर रुष्टन मदिरा पसलले हाल जसरी घरेलु हिंसाका बारेमा आफ्ना कर्मचारीलाई तालिम दिइरहेको छ अन्य संस्थाले पनि यसै गरी तालिम प्रदान गरेको हेर्न चाहान्छीन् ।
मदीरापसलहरुले ल्याएको यो अभियान प्रति घरेलु हिंसाका क्षेत्रका काम गरिरहेको संस्था डी भी वेस्टले स्वागत गरेको छ ।
तर संस्थाकी प्रमुख क्याथेरिन गन्डर समर्थन सेवाका लागि बढी आर्थिक सहायताको आवश्यकता पर्ने बताउँछिन् ।
उनको भनाइमा गत केही बर्समा करिब १२ सय महिलाहरूलाई सेवा नदिई फर्काउन उनीहरू बाध्य भए ।





