एउटा यस्तो देश जहाँ आमाहरूले आफ्ना बच्चालाई लुकेर खोप लगाउनु परेको छ

Zimbabwe Measles Outbreak

A woman member of the Apostolic church attends a prayer session in a bushy area in the impoverished Epworth region outside Harare, Friday, Sept. 16, 2022. Church members in Zimbabwe are getting their children vaccinated against measles in secret amid a deadly outbreak. It's to avoid being shunned by religious leaders who are opposed to modern medicine. (AP Photo/Tsvangirayi Mukwazhi) Source: AP / Tsvangirayi Mukwazhi/AP

दादुराको सङ्क्रमण बढ्दा सयौँ बालबालिकाले ज्यान गुमाउनु परेपछि जिम्बाब्वेले खोप सम्बन्धी अभियान सुरु गरेको छ। तर प्रभावशाली धार्मिक समूहहरू खोप विरुद्ध उभिँदा त्यहाँका आमाहरूले आफ्ना बच्चालाई गोप्य रूपमा खोप दिन बाध्य भएका छन्।


जिम्बाब्वेका स्वास्थ्य अधिकारीहरू देशमा दादुराको सङ्क्रमण रोक्न प्रयासरत रहेका छन्।

कुनै समुदायमा निश्चित समयका लागि रहने महामारी वा यो एपीडेमिक अप्रिल महिना देखि सुरु भएको थियो।

पूर्वी जिम्बाब्वेको मनिकाल्याण्ड प्रान्तमा सुरुवातमा देखिएको दादुरा सङ्क्रमण अहिले देशका अन्य स्थानहरूमा पनि फैलिन थालेको छ।

यो भाइरल रोगबाट हजारौँ सङ्क्रमित भइसकेका छन् भने ७ सय भन्दा बढी बालबालिकाले यसका कारण ज्यान गुमाइसकेका छन्।

तर यो सबै एक खोपबाट सजिलै रोक्न सकिन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

देशमा दर्ता गरिएका ५० प्रतिशत भन्दा बढी मामिलाहरूमा सङ्क्रमितले खोप नलगाएको पाइएको थियो।

सरकारले खोप लगाउन मानिसहरूलाई आकर्षित गर्न अभियानको घोषणा गरेको छ।

जस अन्तर्गत पारम्परिक विभिन्न आस्थाका नेताहरूलाई उक्त रणनीतिमा सहयोग गर्न सरकारले आग्रह गरेको छ।

तर केही प्रभावशाली धार्मिक संस्थाहरू अझै पनि खोप विरुद्ध रहेका छन्।

यस कारण धेरै अभिभावकहरू आफ्ना बच्चालाई गोप्य रूपमा खोप लगाउन बाध्य छन्।

"म यहाँ मेरो बच्चालाई खोप लगाउन आएको हो। मनिकाल्याण्ड प्रान्त वरपर सङ्क्रमण फैलिएको र मुतारेमा धेरै बच्चाहरूले यसका कारण ज्यान गुमाएको सुनेको थिए। त्यसैले मलाई मेरो बच्चासँग आएर खोप लगाउन अत्यन्त महत्त्वपूर्ण रहेको मैले थाहा पाए।"

यसमा गोपनीयता पनि आवश्यक छ किनभने स्वास्थ्य केन्द्रहरूमा समुदायका सदस्यहरू गएको थाहा भयो भने उनीहरूलाई लज्जित बनाइन्छ र त्यसपछि चर्चका क्रियाकलापहरूबाट वञ्चित गरिन्छ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घको बालबालिका सम्बन्धी निकाय युनिसेफले विश्वव्यापी रूपमा दादुराका मामिलामा ७९ प्रतिशतको वृद्धि आएको रिपोर्ट प्रस्तुत गरेको छ।

सन् २०२२ को दुई महिनामा मात्र त्यति धेरै वृद्धि देखिएको हो र यससँगै अझ व्यापक रूपमा यो फैलने सम्भावना रहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ।

दादुराका कारण गर्भवती र बालबालिकाहरू सबैभन्दा गम्भीर बिरामी हुने जोखिममा रहने गर्दछन्।

Mother taking care of baby with chicken pox
Source: Getty / Getty Images

र अर्को शैक्षिक सत्रका लागि विद्यालयहरूले खुल्ने तयारी भइरहँदा अभिभावकहरूमा चिन्ता बढेको छ।

धार्मिक शास्त्रले आधुनिक औषधिहरूलाई निषेध गर्दा पनि एलिज मचेकी आफ्नो बच्चालाई खोप लगाउन गएकी छिन्।

उनी भन्छिन् जुन सुकै मूल्य तिरेर भए पनि उनी आफ्नो बच्चालाई सुरक्षित राख्न चाहन्छिन्।

"म यस्तो खालको कुनै पनि कार्यक्रमहरू छुटाउँदिन किनकि म चाहन्न कि मेरो बच्चा त्यस्तो किसिमको रोगबाट बिरामी होस्।"

इसाई अपस्टोलिक समूहहरू जसले पारम्परिक मान्यताहरूलाई पेन्टीकोस्टल सिद्धान्तमा मिलाउँदछन् त्यस्ता समूहहरू नै जिम्बाब्वेमा आधुनिक औषधिहरूलाई लिएर बढी आशङ्कित रहने गरेका छन्।

बिरामीहरूलाई ठिक पार्न अनुयायीहरू अन्य मापदण्डका साथै प्रार्थनाहरूमा विश्वास गर्ने गर्दछन्।

युनिसेफको अध्ययनका अनुसार १ करोड ५० लाख जनसङ्ख्या रहेको सो राष्ट्रमा उक्त इसाई सिद्धान्त पछ्याउने मानिसहरू २५ लाखको सङ्ख्यामा रहेका छन्।

केहीले आफ्ना सदस्यहरूलाई स्वास्थ्य स्याहार लिन स्वीकृति दिए पनि धेरै अझै पनि यसको विरुद्धमा रहेका छन्।

यसका धेरै सदस्यहरू जो आधुनिक औषधि पद्धतिप्रति खुल्ला रहेका छन् उनीहरू चर्चको यसप्रतिको दृष्टिकोण परिवर्तन गर्न प्रयासरत रहेका छन्।

उनीहरू महिलाहरूलाई यदि आफ्नो बच्चाको भलाइको लागि हो भने चर्चको विरुद्धमा जान पनि सुझाव दिन्छन्।

अपस्टोलिक महिला सशक्तीकरण ट्रस्टकी प्रबन्धक डेब्रा मोफु ती मध्ये एक हुन्।

"एक संस्थाको हैसियतले हामी महिलाहरूलाई आफ्नो बच्चाहरूलाई गोप्य रूपमा खोप लगाउन प्रोत्साहित गर्छौँ, रातको समयमा, किनभने हामीकहाँ अरू चर्चहरू पनि छन्- उनीहरू अपस्टोलिक भए पनि बच्चालाई खोप लगाउने कुरामा स्वीकृति दिँदैनन्।"

चर्चका प्रमुख जेम्स कात्सान्डे अन्त्यमा आफ्ना सदस्यहरूलाई उनीहरूको बच्चालाई खोप लगाउन स्वीकृति दिन राजी भए तर एक सर्तमा - उनीहरू त्यहाँ जानु अघि चर्चमा आएर आशीर्वाद लिनु पर्छ।

"हामी मानिसहरूलाई पहिले चर्चमा आउन प्रोत्साहित गर्छौँ खोप लगाउन अस्पताल जानु अघि किनभने परमात्माले तिम्रो लागि ढोका खोल्न सक्नु हुन्छ।"

जिम्बाब्वेको राजधानी हरारेको खोप केन्द्रमा नर्स रहेकी लेविस फोया भन्छिन् देशमा सङ्क्रमण फैलनुमा धर्मको महत्त्वपूर्ण भूमिका रहेको छ।

"धर्म आफैमा प्रमुख समस्या रहेको छ, किनभने उनीहरू विश्वास गर्छन् कि यदि उनीहरूले खोप लगाएमा उनीहरू अपवित्र हुनेछन्।"

अस्ट्रेलियाले पनि खोप बहिस्कारको सामना गर्नु परेको थियो, विशेष गरी कोभिड-१९ महामारी उच्च बिन्दुमा रहँदा।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सको औषधि र स्वास्थ्य विषयकी असोसिएट प्रोफेसर अनिता हेवूड दाबी गर्छिन् अस्ट्रेलियामा अन्य स्थानको तुलनामा मानिसहरू खोपलाई लिएर बढी खुल्ला छन्।

सिड्नीका नियी बोरीर एक चिकित्सक र चर्चका प्रमुख हुन्।

र उनी भन्छन्, "धेरै मानिसहरूलाई धार्मिक अध्यायहरू राम्रो सँग सुनाइएको छैन वा खोपको मिनेटको जोखिमको बदलामा प्राप्त हुने फाइदाहरूबारे सही जानकारी छैन।"


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now