SKIP TO MAIN CONTENT

नेपालमा पहिलो पटक टाइफाइड विरुद्ध खोप अभियान सुरु हुँदै

(Representative Photo) Nationwide vaccination campaign against typhoid is being planned in Nepal from April 8 to May 1.
(Representative Photo) Nationwide vaccination campaign against typhoid is being planned in Nepal from April 8 to May 1. Source: Sewa bhattarai

यही अप्रिल ८ देखि मे १ सम्ममा देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

यही अप्रिल ८ देखि मे १ सम्ममा देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो।


नेपाल सरकारले यही शुक्रबारदेखि पहिलो पटक टाइफाइड विरुद्ध खोप अभियान चलाउने भएको छ।

टाइफाइड प्रायशः गर्मी महिनामा लाग्ने एक सरुवा रोग हो, जुन दूषित पानी वा फोहोर पदार्थहरूबाट सर्ने गर्छ।

यो रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, बान्ता आउने, पखाला लाग्ने, आदि लक्षण देखिन्छन्, जुन बढ्दै गएमा मानिसको ज्यान समेत जान सक्छ।

नेपालमा पछिल्ला वर्षहरूमा बर्सेनि ४ लाख ५० हजार भन्दा बढी मानिस टाइफाइडबाट सङ्क्रमित हुने गरेका छन्।

सङ्क्रमित मध्ये झन्डै ६० प्रतिशत  १५ वर्ष मुनिका बालबालिका हुने गर्दछन्।

यही अप्रिल ८ देखि मे १ सम्ममा देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो।

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

विद्यालय, स्वास्थ्य चौकी लगायतका स्थानमा गरेर ५८६ खोप केन्द्र तोकिएका छन्।

यस अभियानका लागि ६२० स्वास्थ्यकर्मी र १ लाख भन्दा बढी स्वयंसेवक परिचालन गरिने भएका छन्।

नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो

यस अभियान अन्तर्गत ७५ लाख बालबालिकालाई टाइफाइडबाट सुरक्षित गराउने लक्ष्य रहेको छ।

खोप सम्बन्धी विश्वव्यापी सञ्जाल गाभीले नेपाललाई यो खोप निःशुल्क उपलब्ध गराएको हो।

नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो।

हालसम्म नेपालमा सरकारको नियमित तालिका अन्तर्गत बालबालिकालाई १२ वटा दिइन्छ भने टाइफाइडको खोप यसमा पर्दैन।

आगामी वर्षदेखि भने टाइफाइडको खोप पनि त्यस तालिकामा समावेश गरिने सरकारको योजना रहेको छ।

स्वास्थ्य सेवा विभागको परिवार महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहाल भन्छन्, "यदि हामीले बच्चाहरूलाई खोप दिन सकेनौँ भने बच्चाहरूसँग हामीमा जस्तो रोगसँग लड्ने क्षमता हुँदैन,"

"पटक पटक ती रोगहरूले बच्चाहरूलाई आक्रमण गर्न सक्ने जोखिम रहन्छ। त्यस कारण, यसबाट जोगाउने हो र बालबालिकाहरूलाई रोगी हुनबाट जोगाउने हो भने हामीले खोप लगाउनु पर्ने हुन्छ।"

केही जिल्लामा भने स्थानीय रूपमा खोप अभियान सुरु भइसकेको छ।

यसरी टाइफाइड विरुद्ध खोप दिने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो।

यो खोपको रोग प्रतिरोधात्मक क्षमता झन्डै ९७ प्रतिशत रहेको बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now