Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विदेशी नागरिकता भएका अस्ट्रेलियामा बस्ने नेपालीहरूले ध्यान के-कस्ता कुरामा दिनुपर्ला त?

Advocate Lilamani Paudel (L) sheds light on some important things non-resident Nepalis need to consider, following the recent case of Rabi Lamichhane (Right focus).

Advocate Lilamani Paudel (L) sheds light on some important things non-resident Nepalis need to consider, following the recent case of Rabi Lamichhane (Right focus). Credit: Supplied (L), AAP Photos/Abhishek Maharjan/Sipa USA (R)

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा फैसला गर्दै उनी सांसद रहन अयोग्य रहेको निर्णय गत साता सुनाएको थियो। यसरी विदेशी नागरिकता लिएपछि नेपाल फर्कन परेको खण्डमा गर्नु पर्ने कानुनी प्रक्रिया लगायतको विषयमा अधिवक्ता लिलामणी पौडेलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Presented by Pratichya Dulal

Source: SBS



Share this with family and friends


सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा फैसला गर्दै उनी सांसद रहन अयोग्य रहेको निर्णय गत साता सुनाएको थियो। यसरी विदेशी नागरिकता लिएपछि नेपाल फर्कन परेको खण्डमा गर्नु पर्ने कानुनी प्रक्रिया लगायतको विषयमा अधिवक्ता लिलामणी पौडेलसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।


यस कुराकानीमा चर्चा गरिएका विषयहरू:

  • विदेशी नागरिकता भएका गैर आवासीय नेपालीहरूले ध्यान दिनु पर्ने कुराहरू
  • विदेशी नागरिकता त्यागेर नेपाल फिर्ता आउने नेपालीहरूले पहिला जारी भएको नागरिकता प्रयोग गर्न पाउँछन् कि पाउँदैनन्?
  • साम्पत्तिक अधिकारको विषयमा के हुन्छ?
  • गैर आवासीय नेपालीहरूले नेपालमा नयाँ सम्पत्ति किन्न के गर्नुपर्छ?
  • विदेशी ग्रीन कार्ड या पीआर लिएका मानिसहरूले नेपालमा गर्न पाउने र नपाउने कुराहरू
  • दुई वटा देशका पासपोर्ट भएका मानिसहरूलाई कस्तो कानुनी कारवाही हुन्छ?
  • कानुनी रूपमा नेपाली नागरिकता पुनः प्राप्ति नगरेका मामिलाहरू कति छन्?
  • एनआरएन कार्डले दिने कानुनी अधिकार तथा अपवादहरू के-के हुन्?

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानुनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now