अस्ट्रेलियामा नेपाली समुदाय बिच विभिन्न चाडपर्व वा अन्य सामाजिक कार्य्रकमहरुमा आफ्ना साथीभाइ र इष्टमित्रहरूलाई बोलाएर भोजभतेर गर्ने चलन बढ्दै गएकोमा कोरोना महामारी सुरु भएयता भने यस्ता कार्यक्रमहरू निश्चित मापदण्ड पुर्याएर मात्र आयोजना हुनुपर्ने सरकारी नीति हाल लागू छ। तर, पछिल्लो समय भिक्टोरिया लगायत देशका विभिन्न भूभागमा कोभिड-१९ सङ्क्रमणको दोस्रो लहर देखिन थालेपछि त पार्टी हल सञ्चालकहरू स्वयं नै यो समय जमघट गर्नका लागि उचित नभएको भन्दै सकभर यस्ता कार्यक्रम नगर्न सुझाव दिन थालेका छन्।
रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्
तपाईंले एसबीएस नेपालीका विशेष सामाग्रीहरू स्पटीफाइ, एप्पल पोडकाष्ट्स र गुगल पोडकाष्ट्स मार्फत पनि सुन्न सक्नुहुनेछ।



अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:





