Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

चोरीबाट न्यु साउथ वेल्सका किसान हैरान

Cows in drought affected areas in Australia

Photo: Brook Mitchell Source: Getty

न्यु साउथ वेल्सका प्रत्येक पाँच मध्ये तीन किसानहरू विभिन्न समयमा अपराधको सिकार हुने गरेको बताइन्छ । किसानहरूलाई हैरान बनाएका चोरहरूले एउटै किसानलाई सात पटक सम्म लुटेका छन् ।


द बोल्टन परिवार विगत ३० वर्ष देखि पशुपालन पेसामा आबद्ध छन् ।

उनीहरू यस पटक 'इस्टर शो' हेर्नका लागि भिक्टोरियाबाट न्यु साउथ वेल्स आएका थिए ।

यसै पनि सुख्खा, डढेलो र महामारीले पीडित बनाएका बेला उनीहरूको जीवन निर्वाहमा अर्को खतरा आइलाग्यो ।

डेभिड बोल्टन रोयल मेलर्वन शो अन्तर्गतको गाई पालक कृषक समितिका अध्यक्ष हुन् ।

उनी भन्छन् कि पछिल्ला केही वर्षमा चोरी निकै ठुलो समस्याका रूपमा रहँदै आएको छ ।

“रिजनल क्षेत्रमा हुने चोरी विश्वास नै गर्न नसकिने खालको छ, अधिकांश समयमा कृषकलाई नै आफ्ना पशुहरूलाई बन्द गरी नराखिएकोमा दोषी ठानिन्छ।”
Victorian livestock farmer Sam Nelson believes crimes on farms is on the rise.
Victorian livestock farmer Sam Nelson believes crimes on farms is on the rise. Source: SBS News

न्यु साउथ वेल्सका कृषकहरूमा गरिएको एक सर्वेक्षणमा ८० प्रतिशतले आफूहरू माथि अपराध भएको बताएका छन् ।

यसै गरी ७६ प्रतिशतले आफूहरू दुई पटक भन्दा बढी अपराधीको सिकारमा परेको बताएका छन् ।

अझै उदेक लाग्दो कुरा त २३ प्रतिशत कृषकले आफू सात–सात पटक सम्म अपराधीहरूको सिकारमा परेको बताए ।

बोल्टनहरूले अपराधिहरुलाई निरुत्साहित पार्न सुरक्षामा विशेष ध्यान दिइएको पनि बताए ।

“कृषकहरूले बार लगाएका छन्, उनीहरूसँग सुरक्षा छ, कतिपयले त क्यामेरा पनि राखेका छन्।"

"यो यस्तो हृदयविदारक घटना हो जसलाई म आफैंले अनुभव त गरेको छैन तर मौसममा निर्भर रहने अन्य कृषकहरू यसै पनि धेरैबाट पिरलिरहेका छन्। मानिसहरूले उनीहरूको सम्पत्ति चोर्न सचेत रूपमै लागि रहेका छन्” एमी बोल्टन अन्य कृषकका कुरा सुन्दा उदेक लाग्ने भन्दै बताउँछिन् ।

प्रहरीले राज्य भरी देखिएको समस्याको समाधानका लागि अभियानको सुरुवात गरेको छ ।

न्यु साउथ वेल्स प्रहरीका ब्रेट ग्रिन ट्री भन्छन् शङ्कास्पद व्यवहारमा ध्यान दिएर मानिसहरूले सहयोग लिन सक्छन्

“हामीलाई थाहा दिनुहोस्, क्राईमस्टपरको नम्बरमा फोन गर्नुहोस्, कुनै पनि सूचना सानो होस् वा ठुलो - त्यसले अनुसन्धानमा प्रमाणहरू दिन सक्छ” उनले भने ।

विगत पाँच वर्षमा - राज्यभरबाट २ करोड २५ लाख डलर बराबरको भेडा र अन्य पशुहरूको चोरी भएको न्यु साउथ वेल्सको रुरल क्राईम प्रिभेन्सन टोलीले जानकारी दिएको छ ।

Foot and mouth disease detected in Australia
Cows at a dairy farm on the Darling Downs, Queensland Source: AAP

पिटर प्राइस क्राईम स्टर्पसका प्रमुख हुन ।

उनी सामाजिक सञ्जालबाट गरिने अभियानले यसलाई कम गर्न सक्ने बताउँछन् ।

अपराध रोकथाम टोलीको रिर्पोटले यस्ता घटनाले प्राथमिक उत्पादकहरूलाई ६ करोड डलर भन्दा बढीको घाटा भएको सङ्केत गर्दछ ।

यसले भविष्यमा पशुजन्य उत्पादन र पशुको प्रजनन क्षमतामा असर पुर्‍याउन सक्दछ ।

प्रहरीले सामाजिक सञ्जालमा गरिने अभियानलाई देश भर लैजाने आशा गरेको छ ।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now