Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियन ओपनसँग सम्बन्धित थप तीन कोभिड-१९ सङ्क्रमण पुष्टि, खेलहरू छोट्टाउने माग अस्वीकार

The number of Australian Open athletes and staff in strict quarantine in Melbourne has expanded to 72

The number of Australian Open athletes and staff in strict quarantine in Melbourne has expanded to 72 Source: AAP

भिक्टोरियाली प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका १२०० व्यक्तिहरू मध्य केहीमा कोरोना भाइरस सङ्क्रमण हुन सक्ने चेतावनी दिएका छन्।


Published

Updated

By Abby Dinham, Sofija Petrovic

Presented by Dinita Rishal

Source: SBS




Share this with family and friends


भिक्टोरियाली प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका १२०० व्यक्तिहरू मध्य केहीमा कोरोना भाइरस सङ्क्रमण हुन सक्ने चेतावनी दिएका छन्।


अस्ट्रेलियन ओपनका खेलाडी र प्रशिक्षकहरू सँग सम्बन्धित कोरोना भाइरस मामिलाहरू बढेर ९ जनामा पुग्दा, खेलहरू छोट्टाउने अनुरोधलाई प्रतियोगिता आयोजक क्रेग टाइलीले अस्वीकार गरेका छन्। 

भिक्टोरियामा आज मङ्गलबार विदेशबाट आएका चार जना कोरोना सङ्क्रमित यात्रु मध्य तीन जना टेनिस प्रतियोगितासँग सम्बन्धित व्यक्तिहरू रहेका छन्। 

पछिल्ला पाँच दिनमा १७ वटा चार्टर विमानमा आएका करिब ७२ जना खेलाडीहरू अहिले मेलबर्नमा कडा १४ दिने लकडाउनमा रहेका छन्।

टेनिससँग सम्बन्धित ती ९ कोरोना भाइरस सङ्क्रमित मध्य केहीलाई गैर-सङ्क्रामकको रूपमा वर्गीकरण गरिन सक्ने, जसको फलस्वरूप केही खेलाडीहरू प्रशिक्षणका लागि आफ्नो होटेल कोठाबाट बाहिर निस्कन पाउन सक्ने भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले बताए। 

यद्यपि, अस्ट्रेलियन ओपनका लागि मेलबर्न आएका १२०० व्यक्तिहरू मध्य केहीमा कोरोना भाइरस सङ्क्रमण हुन सक्ने राज्यका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले चेतावनी दिएका छन्। 

अस्ट्रेलियन ओपन प्रतियोगिताका लागि केही दिन अघि अस्ट्रेलिया भित्रिएका खेलाडीहरू दुई हप्ताको लागि होटेल क्वारेन्टिनमा बस्नु पर्दा निकै निराश रहेका छन्। उता भिक्टोरियाली सरकारले खेलाडीहरूका लागि भनी कुनै विशेष माग पूरा गर्न नसकिने कुरामा अडान लिएको छ।

अस्ट्रेलियन ओपन ग्राण्ड स्लाम प्रतियोगिताको मिति नजिकिँदै जाँदा अस्ट्रेलियाका कडा होटेल क्वारेन्टिन नियमहरूले खेलाडीहरूलाई पनि छोडेको छैन।

खेलाडी र प्रशिक्षकहरू प्रत्येक दिन प्रशिक्षणका लागि मात्र पाँच घण्टाको लागि आफ्नो होटेल कोठाबाट बाहिर निस्कन पाउँदछन्। यो नियम अन्य अन्तराष्ट्रिय यात्रुहरूमा लागु छैन।

यसका लागि आइसोलेसनमा बसेको दुई दिन पछि खेलाडीहरूमा सङ्क्रमण नभएको पुष्टि हुनु पर्छ, र साथै उनीहरूको १४ दिनका लागि लगातार कोभिड-१९ परीक्षण गरिने छ।

तर, यदि कुनै खेलाडी सङ्क्रमित रहेका चार्टर विमानमा आएका भए, उनीहरू र ती विमानमा रहेका अन्य सबै व्यक्तिहरू दुई हप्ता सम्म आफ्नो होटेल कोठाबाट बाहिर निस्कन पाउने छैनन्, र प्रशिक्षण गर्न पनि मनाही छ।

यी प्रतिबन्धहरूका कारण केही खेलाडीहरू क्रोधित रहेका छन्, र आफूहरूलाई पहिले सबै जोखिमको बारेमा पर्याप्त जानकारी नदिइएको भनी उनीहरूले सामाजिक सञ्जालमार्फत दाबी गरिरहेका छन्।

काजकिस्तानकी युलिया पुटिन्टसेभा र फ्रान्सकी अलीजे कोर्नेले इन्टरनेट मार्फत आफ्नो निराशा व्यक्त गरेका थिए, तर कोर्नेले आफ्नो टिप्पणी कुशल नरहेको भन्दै पछि माफी मागिन्।

र धेरै जसो खेलाडीहरूलाई मेलबर्न लागिएको समयमा, विश्व बरीयतामा रहेका नोभाक जोकोभिच, रफायल नडाल, सेरेना विलियम्स र नेयोमी ओसाकालाई भने एडिलेडमा लागिएको छ।

पूर्व खेलाडी र वर्तमान प्रशिक्षक रोजर रशीदले खेलाडीहरूलाई जोखिमको बारेमा पहिले नै थाहा भएको, र उनीहरू परिस्थितिको आवश्यकता अनुसार चल्नु पर्ने बताए।

कुनै टेनिस खेलाडीहरूले प्रतिबन्ध खुकुलो गरिनका सरकारसँग आग्रह गरेका थिए, तर भिक्टोरियाली सरकारले भने यस विषयमा कुनै सम्झौता नगरिने भन्दै आएको छ।

विश्व बरीयतामा नम्बर एकमा रहेका नोभाक जोकोभिचले मेलबर्नमा आइसोलेसनमा रहेका खेलाडीहरूको तर्फबाट ६ वटा मागहरूका साथ अस्ट्रेलियन ओपनका निर्देशक क्रेग टाइलीलाई चिठी पठाएका थिए।

Serbian tennis player Novak Djokovic arrives in Adelaide on 14 January before heading straight to quarantine ahead of the Australian Open.
Serbian tennis player Novak Djokovic arrives in Adelaide on 14 January before heading straight to quarantine ahead of the Australian Open. Source: Getty Images

उनले खेलाडीहरूको क्वारेन्टिनको समय घटाउन, आफ्नो प्रशिक्षकलाई भेट्न पाउन, टेनिस कोर्टको व्यवस्था लगायतको अन्य अनुरोध गरेका हुन्।

तर, भिक्टोरियाली प्रिमियर डानियल एन्ड्रुजले भने कुनै माग पूरा नगरिने र कुनै खेलाडीलाई विशेष छुट नदिइने बताउँदै आएका छन्।

खेलाडीहरूलाई तोकिएको समय अवधि भन्दा छिटो होटेल क्वारेन्टिनबाट निकाल्न विल्कुलै असम्भव रहेको करेक्सन्स भिक्टोरियाकी आयुक्त एमा क्यासरले रेडियो 3AW सँगको कुराकानीमा बताइन्।

कडा लकडाउनमा रहेका मध्य ग्रेगोरियन टेनिस खेलाडी अक्साना कलश्निकोभा पनि एक हुन्।

प्रशिक्षण पनि गर्न नपाएकोमा बेफाइदा अवश्य रहेको, तर आफ्नो शरीर र मांसपेशीहरूलाई सक्रिय राख्न आफूले सक्दो प्रयास गरिरहेको उनी बताउँछिन्।

यस सबै बीच केही खेलाडीहरूले नियमको उल्लङ्घन गरेको राज्यका अधिकारीहरूको भनाइ छ। एक जना खेलाडीले होटेलका अन्य निवासीहरू सँग कुरा गर्नका लागि आफ्नो होटेल कोठाको ढोका खोलेका थिए, जुन मनाही छ।

खेलाडीहरू पनि अन्य भिक्टोरियाली निवासीहरूले सबै नियम र प्रतिबन्धहरूको पालना गर्नु पर्ने अधिकारीहरू बताउँछन्।

कुनै खेलाडीहरूले लकडाउन प्रति देखाएको नकारात्मक टिप्पणीले केही अस्ट्रेलियाली नागरिकहरू माझ निराशा पैदा गरेको छ; विशेष गरी ती व्यक्तिहरू जो केही महिना अघि भिक्टोरियाको सामुदायिक सङ्क्रमणलाई शून्यमा झार्नका लागि राज्यको कडा प्रतिबन्धहरूको पालना गरेर बसेका थिए।

मेलबर्न वासीहरूले फेरी त्यस्तो कडा लकडाउन भोग्न नचाहेको भिक्टोरियाली विपक्षी नेता माइकल ओ'ब्रायन बताउँछन्।  

अस्ट्रेलियन ओपन प्रतियोगिता आउँदो फेब्रुअरी ८ तारिखमा सुरु हुन गइरहेको छ र यसमा कुनै ढिलाइ नगरिने आयोजक क्रेग टाइलीले बताए।

न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा कुनै नयाँ सामुदायिक कोरोना भाइरस सङ्क्रमण देखा परेका छैनन्, विदेशबाट फर्किएका यात्रु मध्य भने दुई जनामा सङ्क्रमण पुष्टि भएको छ।

भिक्टोरियामा लगातार १३ दिनका लागि कुनै नयाँ सामुदायिक सङ्क्रमण देखिएका छैनन्।

त्यस्तै, क्विन्सल्याण्ड र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा पनि सामुदायिक स्तरमा कुनै नयाँ सङ्क्रमण देखा परेनन्, तर क्विन्सल्याण्डमा भने विदेशबाट फर्किएका भने तीन जना सङ्क्रमित पुष्टि भएका छन्।

साउथ अस्ट्रेलियामा पनि शून्य नयाँ कोरोना भाइरसका मामिला फेला परेका छन्।


अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्र्टन अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now