SKIP TO MAIN CONTENT

सामूहिक पहलको नतिजा: अल्बरी र वडङ्गा क्षेत्र खोप कार्यक्रममा सबैभन्दा अगाडी

More than 60 per cent of Bhutanese community members are now double dosed in Tasmania.
More than 60 per cent of Bhutanese community members are now double dosed in Tasmania. Source: Rup Narayan/supplied

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यको सिमामा रहेका जुम्ल्याहा क्षेत्रीय सहरहरू अल्बरी र वडङ्गाले खोपको मामिलामा अस्ट्रेलियाका अन्य स्थानभन्दा अगाडी पर्नुको कारण सामुदायिक पहललाई मानिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यको सिमामा रहेका जुम्ल्याहा क्षेत्रीय सहरहरू अल्बरी र वडङ्गाले खोपको मामिलामा अस्ट्रेलियाका अन्य स्थानभन्दा अगाडी पर्नुको कारण सामुदायिक पहललाई मानिएको छ।


न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा पर्ने अल्बरी-वडङ्गाको खोप कार्यक्रम अन्यत्र भन्दा फरक छ।

बाइससय भन्दा पनि बढीको संख्यामा भुटानी पृष्ठभूमीका शरणार्थीहरूको बसोबास रहेको सो क्षेत्रमा सरकारी तथा अन्य सामुदायिक संस्थाहरूको पहलमा कोभिड-१९ बारे राम्रै सचेतना रहेको पाइएको छ।

अनि समुदायका अगुवाहरू आफै खोप केन्द्रमा उपस्थित भएर, खोप लगाउन आएका मानिसहरूलाई सजिलो पारिदिने गर्छन्।

तर महामारी अवधिभर स्थिति यती सजिलो थिएन।

अल्बरी-वडङ्गामा गएको साल अक्टोबर-नोभेम्बर महिनामा झन्डै १,२०० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

कोभिड–१९ मामला बढ्दै जाँदा थुप्रैको सङ्ख्यामा आप्रवासी एवम् शरणार्थी पुष्ठभुमीका मानिसहरू आइसोलेसनमा बस्न बाध्य भए भने कतिपय मानिसहरू अरूको सहयोगको भर पर्नु पर्ने भयो।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

च्यारिटी फुड सेयरका पिटर म्याथ्युज भन्छन् आपतकालिन खानाको माग गर्नेहरूको सङ्ख्या हप्तामा ६५ बाट बढेर दैनिकरूपमा नै ६५ भन्दा पनि माथि पुग्यो ।

आफ्नो घरमा भाइरस पुगेको थाहा पाउनासाथ उनीहरू बाहिर निस्कन पाउँदैन थिए।

"उनीहरू एक्कासि घरभित्रै लकडाउनमा परे, जबकि उनीहरूले आफ्ना लागि आवश्यक खाद्यान्नको जोहो गर्न पाएकै थिएनन्,” उनले भने।

खोप लगाउने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा र केस सङ्ख्या घटेता पनि अझै थुप्रै कामहरू गर्न बाँकी नै रहेको म्याथ्युज बताउँछन्।

स्थानीय सामुदायिक अगुवाहरूको पहल

नेपाली लगायत हिन्दी, फ्रेन्च र अन्य थुप्रै भाषा बोल्ने स्थानीय अगुवाहरूले कोभिड-१९ सम्बन्धी सामाग्रीहरू उल्था गरिदिएर महामारी सम्बन्धी सही जानकारी समुदाय सदस्यहरू माझ पुर्याउन ठुलो भूमिका खेलेका छन्।

नतिजा स्वरूप उक्त क्षेत्रमा देशका अन्य भागको तुलनामा खोप लगाउने मानिसहरूको सङ्ख्या बढी देखिएको हो।

सङ्घीय सरकारको आँकडा अनुसार अल्बरी–वडङ्गामा बसोबास गर्ने १५ वर्ष माथिका ९५ प्रतिशत भन्दा बढी मानिसहरूले अहिले पूर्ण रूपमा खोप लगाइसकेका छन् भने बुस्टर डोजका लागि पनि मानिसहरूको सहभागिता राम्रै देखिएको छ।

Covid-19 community awareness program organised by BAASA, In Adelaide.
Source: BAASA/Supplied

गत हप्ताबाट सङ्घीय सरकारले पाँच देखि ११ वर्ष उमेर समूहका करिब २३ लाख बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सुरु गर्दै गर्दा, अल्बरी-वडङ्गाका भुटानी पृष्ठभूमिका बालबालिकालाई पनि उनीहरूका अभिभावकले खोप लगाउन लिएर गएका थिए।

केदार सापकोटा स्थानीय भुटानी सामुदायिक सङ्गठन भुटानिज एसोसिएसन इन अल्बरीका प्रमुख हुन्।

“यहाँ भुटानी शरणार्थी सम्बन्धी दुई वटा संस्था छन् र दुइटै संस्था (अनि) यहाँको स्थानीय गेटवे हेल्थ र अल्बरी वडङ्गासँग मिलेर, हाम्रो समुदायका वयस्क, वृद्ध, आमाबाबु र अशक्तहरुलाई खोप लगाइसक्यौ,” उनले भने।

...हाम्रै समुदायका नानीहरूलाई पनि खोप लगाउने क्रम सुरु भएको छ।

भाषाको समस्याका कारण पाका उमेरका केही मानिसलाई खोपका बारेमा जान्न समस्या परेको सुनाउँदै उनी भन्छन् कि यस्ता समस्याहरूलाई सामुदायिक कार्यकर्ता र दोभासेहरूको सहयोगमा निराकरण गर्दै अघि बढिएको छ।

खोपका विषयमा उपलब्ध जानकारी बुझ्न गार्हो भएको अवस्थामा भने टेलिफोन मार्फतै पनि परामर्श दिने सुविधा रहेको सापकोटाले एसबीएस नेपालीलाई बताए।

अब भने आफूहरूले बालबालिकालाई प्राथमिकतमा राखेको पनि उनको भनाई छ।

Federal MP Helen Haines says the program has bridged a gap to ethnic communities
Source: SBS/Abby Dinham

अल्बरी-वडङ्गा सङ्घीय चुनाव क्षेत्र इन्डीमा पर्छ।

हाल इन्डीलाई संसद्मा प्रतिनिधीत्व गरिरहेकी सांसद हेलेन हाइन्स भन्छिन् कि स्थानीय बहुसांस्कृतिक समुदायमा समस्याहरूको पहिचान गरी समाधान गर्ने प्रयास भएको छ।

समुदायले एक आपसमा मिलेर काम गरेको र एकले अर्कोको समस्या र आवाजहरू सुनेको उनी बताउँछिन्।

“यी समुदायहरू मिलेर काम गर्न साँच्चीकै राम्रा छन्, कसको आवाज सुनिएको छैन वा को छुटेको छ त्यो पत्ता लगाएर अल्बरी-वडङ्गाका जातीय समुदायले देखाएको प्रतिक्रिया निकै महत्त्वपूर्ण छ,” हाइन्सले भनिन्।

अन्य राज्यमा पनि सामुदायिक पहल जारी

उता, टास्मेनीयामा पनि भुटानी समुदाय माझ खोप बारे जानकारी पुर्याउन सरकारी र स्थानीय निकायबाट राम्रै पहल भएको देखिएको छ।

रूप नारायण कोइराला स्थानीय भुटानी समुदायका एक जना सदस्य हुन्।

उनी भन्छन् कि आफ्नो समुदायका करिब ६० प्रतिशत भन्दा बढी मानिसहरूले खोप लगाइसकेका छन्।

Mobile vaccination clinic in South Australia.
Mobile vaccination clinic in South Australia. Source: BAASA/Supplied

खोपको नकारात्मक असरका बारेमा पहिले खुबै हल्ला चलेको भए पनि समाजका अग्रज, स्वास्थ्य सेवा प्रदायकहरू र सरकारी निकायबाट दुस्प्रचारहरूलाई चिर्न सकिएको कोइरालाको भनाई छ।

“भाषा समस्या भएकाहरूमा दोभासे राखेर र उनीहरूले बुझे भाषामा सूचना, पर्चाहरू बनाएर बाढ्ने काम भयो,” उनले भने।

सम्बन्धित जनप्रतिनिधीहरुको पनि सहयोग भएकाले, पछिल्लो समयमा सबैले बुझेका छन्।

बहुसांस्कृतिक समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम भएकाले सहयोग पुगेको पनि उनको बुझाई छ।

यसै गरी साउथ अस्ट्रेलियामा पनि स्थानीय भुटानी शरणार्थी समुदायले हातेमालो गर्दै अघि बढ्दै गएको बताउँछन् पत्रकार इन्द्र अधिकारी।

“समाजमा भएका स–साना संस्था एवम् क्लबहरू पनि सक्रिय रूपमा लागेको मैले पाएको छु, व्यक्तिगत रूपमा धेरैले खोप लगाउनु पर्छ भन्ने कुरामा सघाएका छन्,” उनले भने।

भुटानी पृष्ठभूमीमा केही मानिसलाई अङ्ग्रेजी बुझ्न गार्हो हुने र नयाँ प्रविधिमा पहुँच नभएकाले, भुटनिज अस्ट्रेलियन एसोसिएसन अफ साउथ अस्ट्रेलिया लगायतका सामुदायिक अन्य सामुदायिक संस्था र केही मानिसहरुले व्यक्तिगत रूपमा पनि जनचेतना जगाउने काम गरेको अधिकारीको भनाई छ।

"कतिपयले त गाडीमा राखेर पनि खोप केन्द्रसम्म पुर्‍याउने काम गरेका छन्,” उनले भने।

खोप कार्यक्रमलाई प्रवर्द्धन गर्न नौलो प्रयास

अल्बरी–वडङ्गाका स्थानीय स्वास्थ्य अधिकारीहरूले खोप कार्यक्रमलाई प्रवर्द्धन गर्न नयाँ जुक्ति समेत निकालेका छन् ।

Jessica Amy and Jenny Keogh of Albury Wodonga Public Health
Source: SBS/Abby Dinham

उनीहरूले एक घुम्ती बस मार्फत खोप नलगाएका मानिसहरू माझ पुगी खोप लगाउन प्रोत्साहन गर्ने पहलको सुरुवात गरेका छन्।

उज्यालो किसिमको हरियो रङ् र समुदायमा चिरपरिचित अनुहार अनि स्थानीय स्वास्थ्यकर्मीको तस्बिरले ढाकिएको 'रोल अप रेग्गी' लेखिएको घुम्ती बसले अल्बरी–वडङ्गा क्षेत्रमा बसोबास गर्ने खोप नलगाएका मानिसहरूलाई जोड्ने प्रयास गरेको छ।

अल्बरी–वडङ्गाको जनस्वास्थ्यमा कार्यरत जेसीका एमी भन्छिन् कि ''काम अझै सकिएको छैन''।

सीमा क्षेत्रमा बसोबास गर्ने केही मानिसहरू माझ अझै पुग्नै बाँकी नै छ।

''हामीलाई थाहा छ, हामीसँग उच्च खोप दर छ, तर तथ्यांकहरुलाई पल्टाउँदै जाँदा केही यस्ता स्थानहरू छन् जहाँको खोप दर कम छ र हामी त्यहाँ पुग्नु छ,'' उनले भनिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now