Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा घरेलु हिंसा र कानूनको क्षेत्रमा सहयोग सेवा तथा काम गर्ने कस्ता अवसर छन्?

Roshan Bhandary is a Program Manager at Women's Legal Service Victoria.

Roshan Bhandary is a Program Manager at Women's Legal Service Victoria. Credit: Supplied/Roshan Bhandary

मेलबर्नकी रोशन भण्डारी वीमेन्स लीगल सर्भिसमा एक प्रोग्राम म्यानेजर हुन्। उक्त संस्थाले घरेलु तथा पारिवारिक हिंसाका कारण समस्यामा रहेका महिलाहरूलाई कानूनी सहायता लिन मद्दत गर्छ। उनी करिब गत १५ वर्षदेखि घरेलु हिंसाको क्षेत्रमा काम गर्दै आएकी छिन् र यस अघि म्याजिस्ट्रेट्स कोर्ट अफ भिक्टोरियामा पनि कार्यरत थिइन्। अस्ट्रेलियामा घरेलु तथा पारिवारिक हिंसा र कानूनको क्षेत्रमा काम गर्न चुनौतीपूर्ण भए तापनि धेरै अवसरहरू रहेको भण्डारीले एसबीएस नेपालीलाई बताएकी छिन्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Share this with family and friends

मेलबर्नकी रोशन भण्डारी वीमेन्स लीगल सर्भिसमा एक प्रोग्राम म्यानेजर हुन्। उक्त संस्थाले घरेलु तथा पारिवारिक हिंसाका कारण समस्यामा रहेका महिलाहरूलाई कानूनी सहायता लिन मद्दत गर्छ। उनी करिब गत १५ वर्षदेखि घरेलु हिंसाको क्षेत्रमा काम गर्दै आएकी छिन् र यस अघि म्याजिस्ट्रेट्स कोर्ट अफ भिक्टोरियामा पनि कार्यरत थिइन्। अस्ट्रेलियामा घरेलु तथा पारिवारिक हिंसा र कानूनको क्षेत्रमा काम गर्न चुनौतीपूर्ण भए तापनि धेरै अवसरहरू रहेको भण्डारीले एसबीएस नेपालीलाई बताएकी छिन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कानूनी सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now