SKIP TO MAIN CONTENT

चुनाव सकिए पछि पोस्टर, पाम्फ्लेट जस्ता प्रचार सामाग्रीहरूको व्यवस्थापन कसरी हुन्छ?

Party Volunteers are seen outside an early voting centre at the South Yarra Community Baptist Church in Melbourne.
Party volunteers are seen outside a voting centre in Melbourne as early voting for the federal election starts today Monday 9th May 2022. Source: AAP

चुनाव भन्ने बित्तिकै भित्ता भरी टाँसिएका पोस्टर, पाम्फ्लेट र होडिङ्ग बोर्डहरूको सम्झना आउँछ। तर चुनाव सकिएपछि चाहिँ यी सामाग्रीहरूको व्यवस्थापन कसरी हुन्छ होला त?


Published

Updated

By Deborah Groarke

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

चुनाव भन्ने बित्तिकै भित्ता भरी टाँसिएका पोस्टर, पाम्फ्लेट र होडिङ्ग बोर्डहरूको सम्झना आउँछ। तर चुनाव सकिएपछि चाहिँ यी सामाग्रीहरूको व्यवस्थापन कसरी हुन्छ होला त?


अस्ट्रेलिया चुनावका बेला भोट हाल्न जानेहरूका लागि दुई वटा कुरा सामान्य लाग्छन्–एउटा सित्तैमा बाडीने डेमोक्रेसी ससेज र अर्को चाहिँ स्वंयसेवकहरुले आफ्ना उम्मेदवारहरुको पक्षमा बाढ्ने पोस्टर र पाम्फ्लेट।

चुनाव सकिएपछि भने ति पोस्टर, पाम्फ्लेट र होर्डिङ बोर्डहरूलाई के गरिन्छ होला त?

द ग्रिन्स दलका अनुसार या त ति सामाग्री रिसाईकल हुन्छन् कि त रि युज अर्थात् पुर्नप्रयोग हुन्छन्।

ग्रिन्सका लागि साउथ अस्ट्रेलियाका सांसद रोर्वट सिम्स धेरै समाग्रीहरुको पुर्नप्रयोग गरिने बताउँछन्।

“हाम्रो दलका तर्फबाट थुप्रै उम्मेदवार उठ्ने भएकाले थुप्रै प्रचार सामाग्री हुन्छ, हामी त्यसलाई रिसाईकल गर्ने गर्छौ, यसबाहेक प्रयोग नभएका थुप्रै सामाग्रीका अन्य प्रयोजन पनि हुन्छन्, रुखमा छेको लगाउन, आँधीले भत्काएर सम्पत्तिहरूको पुर्ननिर्माण गर्न, छानोका रूपमा प्रयोग गर्न, कुखुराका लागि घर बनाउन आदी,” उनले भने।

सांसद सिम्सका अनुसार उनको दल ग्रिन्स प्रचार सामाग्रीलाई निर्माण र प्रयोगमा विशेष सचेत छ।

“हामी प्रचार सामाग्रीमा प्रयोग हुने रङ्ग र कागज पनि रिसाईकल गर्न मिल्ने गरि बोट बिरुवाबाट बनाउँछौ, यसले फोहरलाई कम गर्न मद्दत गर्छ।”

रिसाईकल गर्न नमिल्ने सामाग्री चाहिँ दानमा दिने गरिन्छ।

Real Mandarin Children's Library
Source: Pixabay

भिक्टोरियाको स्टेट लाइब्रेरीमा प्रमुख लाइब्रेरियनका रूपमा कार्यरत टिम होगनका अनुसार लाइब्रेरीमा चुनाव सम्बन्धी थुप्रै सामाग्रीहरू रहेका छन्।

“धेरै जसो चाहिँ कसरी भोट हाल्ने भन्ने सामाग्री, पोस्टर, फ्लार्यस, स्टिकर व्याजहरू रहेका छन्,” उनले भने।

उनका अनुसार यी सामाग्रीहरू सर्वसाधारण र राजनीतिक दलहरूले हस्तान्तरण गर्छन्।

यता क्यानबेरा स्थित राष्ट्रिय पुस्तकालयमा पनि आफ्नै सङ्कलन छ।

यी सामाग्रीहरूमा सर्वसाधारण पनि पहुँच हुने भए पनि टिम होगन भने विशेष गरी अनुसन्धानकर्ताहरुले यसको बढी प्रयोग गर्ने बताउँछन्।

चाहे त्यो राजनीतिक परिवारको चुनावी इतिहास खोज्न आएको होस या चाहे राजनीति कसरी काम गर्छ भनेर जाँच्ने अनुसन्धानकर्ता सबैका लागि यी दस्ताबेजहरूले नयाँ कथा सुनाउने उनको टिमको भनाई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now