SKIP TO MAIN CONTENT

'जहाँ प्रब्लम छ, त्यहाँ अपर्चुनिटी छ': एप निर्माता राहुल बजाज

IMG_168990.jpg
Perth resident Rahul Bajaj runs a food delivery app that allows overseas users to deliver food to friends and families in Nepal. Credit: Supplied

आजभोलि आफूलाई मन पर्ने खानेकुरा घर बसी-बसी मोबाइल एपबाट मगाउन मिल्ने कुरा त तपाईँलाई थाहा नै होला। यस्तै एक एप पर्थ निवासी राहुल बजाजले पनि बनाएका छन्। उनका अनुसार विदेशमा बस्ने नेपालीहरूले स्वदेशमा रहने आफ्ना प्रियजनलाई रेस्टुरेन्ट र पसलहरूबाट खानेकुरा अर्डर गरिदिन सक्छन्, उक्त एप मार्फत। बजाज भन्छन् कि अस्ट्रेलिया, अमेरिका, युके, मलेसिया र युएई लगायत देशमा बस्ने नेपालीहरूले यस एपको प्रयोग गरेर नेपालमा खाद्य सामाग्रीहरू 'डेलिभर' गर्ने, र आफ्ना इष्टमित्रलाई 'सरप्राइज' दिने गरेका छन्। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आउँदा यहाँ नयाँ किसिमका 'टेक्नोलोजी' र सुविधाहरू देखे पछि नेपालमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ आफूले यसो गरेको उनी बताउँछन्। यस लगायत नेपालमा आईटी क्षेत्रको पछिल्लो अवस्था बारे बजाजसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

आजभोलि आफूलाई मन पर्ने खानेकुरा घर बसी-बसी मोबाइल एपबाट मगाउन मिल्ने कुरा त तपाईँलाई थाहा नै होला। यस्तै एक एप पर्थ निवासी राहुल बजाजले पनि बनाएका छन्। उनका अनुसार विदेशमा बस्ने नेपालीहरूले स्वदेशमा रहने आफ्ना प्रियजनलाई रेस्टुरेन्ट र पसलहरूबाट खानेकुरा अर्डर गरिदिन सक्छन्, उक्त एप मार्फत। बजाज भन्छन् कि अस्ट्रेलिया, अमेरिका, युके, मलेसिया र युएई लगायत देशमा बस्ने नेपालीहरूले यस एपको प्रयोग गरेर नेपालमा खाद्य सामाग्रीहरू 'डेलिभर' गर्ने, र आफ्ना इष्टमित्रलाई 'सरप्राइज' दिने गरेका छन्। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आउँदा यहाँ नयाँ किसिमका 'टेक्नोलोजी' र सुविधाहरू देखे पछि नेपालमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ आफूले यसो गरेको उनी बताउँछन्। यस लगायत नेपालमा आईटी क्षेत्रको पछिल्लो अवस्था बारे बजाजसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now