'जहाँ प्रब्लम छ, त्यहाँ अपर्चुनिटी छ': एप निर्माता राहुल बजाज

IMG_168990.jpg

Perth resident Rahul Bajaj runs a food delivery app that allows overseas users to deliver food to friends and families in Nepal. Credit: Supplied

आजभोलि आफूलाई मन पर्ने खानेकुरा घर बसी-बसी मोबाइल एपबाट मगाउन मिल्ने कुरा त तपाईँलाई थाहा नै होला। यस्तै एक एप पर्थ निवासी राहुल बजाजले पनि बनाएका छन्। उनका अनुसार विदेशमा बस्ने नेपालीहरूले स्वदेशमा रहने आफ्ना प्रियजनलाई रेस्टुरेन्ट र पसलहरूबाट खानेकुरा अर्डर गरिदिन सक्छन्, उक्त एप मार्फत। बजाज भन्छन् कि अस्ट्रेलिया, अमेरिका, युके, मलेसिया र युएई लगायत देशमा बस्ने नेपालीहरूले यस एपको प्रयोग गरेर नेपालमा खाद्य सामाग्रीहरू 'डेलिभर' गर्ने, र आफ्ना इष्टमित्रलाई 'सरप्राइज' दिने गरेका छन्। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आउँदा यहाँ नयाँ किसिमका 'टेक्नोलोजी' र सुविधाहरू देखे पछि नेपालमा पनि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ आफूले यसो गरेको उनी बताउँछन्। यस लगायत नेपालमा आईटी क्षेत्रको पछिल्लो अवस्था बारे बजाजसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand