अस्ट्रेलियामा युरोपेली मूलका मानिसहरूको बसोबास सुरु भएसँगै आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका बालबालिकाहरूलाई नियोजित रूपमा उनीहरूका आफन्त र परिवारबाट जबरजस्ती अलग गराइयो, जसका कारण उनीहरूले भोगेको आघात र दुर्व्यवहारले गहिरो घाउ छाडेको छ। भनिन्छ, यो पीडाको प्रतिध्वनि आज पनि पछिल्लो पुस्ता माझ कायमै छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी, उनै ‘स्टोलन जेनरेसन्स्’का पीडित तथा उनीहरूका सन्तानहरूका बारे चर्चा गर्नेछौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा पीडादायी सामाग्रीहरू छन्, जसमा आघात, बालबालिकालाई जबरजस्ती परिवारसँग अलग गराइएका सन्दर्भहरू र मृत्यु भइसकेका आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूको नाम उल्लेख छ।
Share





