Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: 'क्रस-कल्चरल' साथीहरू बनाउन किन जरुरी?

Young diverse people having fun outdoor laughing together - Diversity concept

International students report better experiences when they make local friends. Source: iStockphoto / DisobeyArt/Getty Images/iStockphoto

कुनै नयाँ देशमा सर्दा नयाँ साथीहरू बनाउनु एउटा चुनौती नै हो। स्वाभाविक रूपमा, हामी आफ्नै देशबाट आएका वा आफ्नै 'कल्चरल सर्कल'का मानिसहरूसँग घुलमिल हुन्छौँ। तर, के तपाईँले ती बाहेक अरू मानिसहरूसँग मित्रता गाँस्ने सोच्नु भएको छ? 'क्रस-कल्चरल' सम्बन्धहरूले समाजलाई हेर्ने तपाईँको नजरिया बदल्नुका साथै, नयाँ ठाउँमा आफ्नोपन पनि महसुस गर्न मद्दत गर्छ।


Published

By Melissa Compagnoni

Presented by Maram Ismail, SBS Nepali

Source: SBS




Share this with family and friends


कुनै नयाँ देशमा सर्दा नयाँ साथीहरू बनाउनु एउटा चुनौती नै हो। स्वाभाविक रूपमा, हामी आफ्नै देशबाट आएका वा आफ्नै 'कल्चरल सर्कल'का मानिसहरूसँग घुलमिल हुन्छौँ। तर, के तपाईँले ती बाहेक अरू मानिसहरूसँग मित्रता गाँस्ने सोच्नु भएको छ? 'क्रस-कल्चरल' सम्बन्धहरूले समाजलाई हेर्ने तपाईँको नजरिया बदल्नुका साथै, नयाँ ठाउँमा आफ्नोपन पनि महसुस गर्न मद्दत गर्छ।


के तपाईँका साथीहरू आफ्नै 'कल्चरल सर्कल'का मानिसहरू मात्र छन्?

कल्चरल सर्कलमा तपाईँको जस्तै संस्कृति भएका र मिल्दोजुल्दो पृष्ठभूमिका मानिसहरू पर्छन्।

तपाईँलाई नयाँ देश या ठाउँमा सर्दा एक्लो 'फिल' हुन सक्छ।

त्यस्तो समयमा आफ्नै देशबाट आएका या एउटै कल्चर भएका मानिसहरूलाई साथी बनाउन सजिलो लाग्छ, र त्यो स्वाभाविक पनि हो।

तर ती बाहेक फरक-फरक संस्कृतिका मानिसहरूसँग पनि चिनजान भएमा समाजलाई हेर्ने तपाईँको तरिका बदलिन्छ, र तपाईँले अरूलाई झनै राम्री बुझ्न पनि सक्नु हुन्छ।

Settlement Guide: Cross cultural friendships
International students report better experiences when they make local friends. Source: iStockphoto / Dedy Andrianto/Getty Images

मित्रता र अध्यागमन सम्बन्धी विज्ञ डाक्टर ह्यारियेट वेस्टकअट भन्छिन् कि यस्ता 'क्रस-कल्चरल' साथीहरू भएमा एक अर्का बीचका समानतालाई पनि बुझिन्छ।

"अस्ट्रेलिया सरेका धेरै मानिसहरू आफू यहाँ किन सरेको भन्ने कुरा एक आपसलाई बताउने क्रममा साथी बन्न पुग्छन्," उनले बताइन्।

"तर सबै जनाको अस्ट्रेलिया सर्नुको कारण फरक हुन सक्छ, कसैका लागि त्यो कुनै दुखलाग्दो कुरा पनि हुन सक्छ। यो विषयमा कसैलाई सोध्नु अगाडी अलि सजग भने हुनु पर्छ।"

pexels-kindel-media-7149165.jpg
Make friends in Australia: the importance of cross-cultural friendships

प्रोफेसर क्याथरिन गोमेज रोयल मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा सञ्चार र संस्कृतिकी विशेषज्ञ हुन्।

उनी भन्छिन् कि हामीलाई आफ्नो जस्तै सोच राख्ने मानिसहरूसँग घुलमिल गर्न धेरै सजिलो लाग्छ, तर यसका केही बेफाइदाहरू पनि छन्।

“यस्तो हुँदा आफूलाई थाहा भएका बाहेक अरू नयाँ कुरा थाहा पाइँदैन,” उनले बताइन्। ।

तपाईँलाई जति थाहा छ, तपाईँको साथीलाई पनि त्यति मात्र थाहा हुन्छ। अनि त्यसो हुँदा, नयाँ ठाउँको रहनसहन बारे तपाईँले खासै बुझ्न सक्नु हुँदैन।
प्रोफेसर क्याथरिन गोमेज

तपाईँ कुनै आपत्कालीन अवस्थामा पर्नु भयो भने के गर्नु हुन्छ? त्यस्तो समयमा कसलाई के भनेर मद्दत माग्ने तपाईँलाई थाहा छ?

'क्रस-कल्चरल फ्रेन्ड सर्कल' हुनु पर्ने सबैभन्दा महत्त्वपूर्ण कारण भनेको आफू बस्ने ठाउँका बारेमा मुख्य कुराहरू थाहा पाउनका लागि हो।

"उदाहरणको लागि, कसैले मलाई, 'इमर्जेन्सीमा कल गर्ने नम्बर के हो?' भनेर सोध्यो भने, म सिंगापुरबाट आएको हुनाले मेरो मुखमा सुरुमै ९९९ आउँछ। ००० आउँदैन," गोमेजले बताइन्।

सामान्यतया अन्तर्राष्ट्रिय विद्यार्थीहरू भन्छन् कि स्थानीय साथीहरू भएमा उनीहरूलाई नयाँ ठाउँमा 'एड्जस्ट' हुन सजिलो हुन्छ, र ‘कल्चर शक’ हुँदैन।

'कल्चर शक' भनेको आफूले कुनै नयाँ ठाउँ या जीवनशैली देख्दा महसुस हुन सक्ने अनौठोपन, या आफू त्यो ठाउँको हिस्सा होइन जस्तो लाग्ने भावना हो।

Young adult woman next to Sydney Harbour Bridge
The migration experience can be lonely, so understandably we gravitate towards familiar people for support and friendship. Credit: lovro77/Getty Images

यता प्रोफेसर गोमेज भन्छिन् कि, धेरै चिनियाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना सबै साथी चिनियाँ पृष्ठभूमिको भएको बताउँछन्।

र ती साथीका साथीहरू पनि चिनियाँ नै भएका हुनाले, उनीहरू नयाँ अनुभव बटुल्न नसक्ने गरी एक किसिमको भुमरीमा फसेका छन्।

"विशेष गरी टेम्पररी माइग्रेन्टहरूलाई लोकल साथीहरू बनाउन निकै गाह्रो हुन सक्छ," उनले बताइन्।

स्थानीय बासिन्दाहरूले पनि भर्खरै सरेका मानिसहरूको चुनौतीलाई बुझेर उनीहरूलाई स्वागत गर्नु पर्छ।

सुरुमा एक अर्कालाई राम्ररी बुझ्न नसके तापनि कुरा सुन्ने र बुझ्ने कोसिस गरेमा, त्यसले मित्रताको सम्बन्ध गाँस्न ठुलो भूमिका खेल्छ।

"फ्रेन्डसिप भनेको जबरजस्ती हुने कुरा होइन। कहिलेकाहीँ हामी कोहीसँग साथी बन्न खोजिरहेका हुन्छौँ, तर उनीहरू हाम्रो साथी बन्न नखोजेको हो कि जस्तो देखिन्छ," डाक्टर वेस्टकअटले बताइन्।

"तर उनीहरू बिजी भइरहेका हुन सक्छन्। उनीहरूले हाम्रो बारेमा नराम्रो सोचेर नै त्यस्तो व्यवहार गरेको हो भन्ने हुँदैन।"

ओपन स्पिरिटका साथ अघि बढ्नुहोस्, अनि बिस्तारै नयाँ साथीहरू अवश्य बन्छन्।
डाक्टर ह्यारियेट वेस्टकअट

अस्ट्रेलियामा जन्मिएर यहीँ हुर्किएका मानिसहरू पनि आफ्नै ‘कल्चरल बबल’मा हुन सक्छन्।

अर्थात्, उनीहरूलाई आफ्नो बाहेक अरूको संस्कृति र जीवनशैलीको बारेमा थाहा नहुन सक्छ।

रुसका म्याक्स काचेन्को भन्छन् कि, उनी अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आउँदा उनले त्यो कुरा अनुभव गरेका थिए।

"उनीहरूको [यहीँ जन्मिएका मानिसहरूको] सानो उमेरदेखि आ-आफ्नै साथीहरू हुन्छन्," काचेन्कोले बताए।

"अनि कुनै नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीले यहाँ घुलमिल गर्न गाह्रो भयो भन्दा, म त्यो कुरा बुझ्छु। किनभने मलाई पनि सुरुमा त्यस्तै भएको थियो। तर त्यो आफैँले बनाएको लिमिटले आफूलाई रोक्नु भने कमजोर बहाना हो।”

Settlement Guide: Cross cultural friendships
People born and raised in Australia can exist in a cultural bubble too. Credit: SolStock/Getty Images

त्यसो भए, काचेन्को आफ्नो कल्चरल सर्कल बाहेकका अन्य मानिसहरूसँग घुलमिल हुन कसरी प्रेरित भए त?

"मुख्य कुरा त क्युरियोसिटी र मिनिङफुल रिलेसनसिपहरू बनाउन मन लागेर नै हो," उनले बताए।

"जस्तै, एउटा बच्चालाई क्यान्डी स्टोरमा जाँदा सबै थरीको क्यान्डी चाख्न मन लाग्छ। अस्ट्रेलियामा एउटै स्ट्रिटमा कल्चरल क्यान्डी स्टोर हुन्छ भने, आफूलाई किन लिमिट गर्ने?"

रिलेसनसिप भनेको मान्छेसँग बनाउने हो, ऊ कुन देशबाट आएको हो, या उसको कल्चर के हो भन्ने कुरासँग होइन।
म्याक्स काचेन्को

प्रोफेसर गोमेज भन्छिन् कि आफ्नो संस्कृतिभन्दा फरक पृष्ठभूमिका साथीहरूसँगको सम्बन्धले हामीलाई नयाँ ठाउँमा पनि आफ्नोपन महसुस गर्न सिकाउँछ।

क्रस-कल्चरल मित्रताका सम्बन्धहरूले हामीलाई नयाँ तरिकाले सोच्न र काम गर्न पनि सिकाउँछ।

सिंगापुरमा जन्मिएकी प्रोफेसर गोमेज युरेसियन पृष्ठभूमिकी हुन्। उनी भन्छिन् कि, अस्ट्रेलिया आए पछि आफू भन्दा फरक मानिसहरूसँग घुलमिल गर्नु उनको लागि एक महत्त्वपूर्ण कुरा बन्न पुगेको थियो।

“म सबै जनासँग बोल्थेँ। नयाँ ठाउँमा आफ्नो वरिपरिका मान्छेहरूसँग चिनजान गर्न जरुरी छ,” उनले बताइन्।

"उनीहरू तपाईँका छिमेकी हुन सक्छन्, पसलमा सामान किन्दा भेट हुन सक्छ। अनि तपाईँलाई त्यो ठाउँको बारेमा पनि थाहा हुन्छ।"

Settlement Guide: Cross cultural friendships
Being friendly and giving people the benefit of the doubt can go a long way to forming friendships. Credit: Lucy Lambriex/Getty Images

धेरै मानिसहरूलाई आफ्नो कल्चरल बबलबाट बाहिर निस्कन डर लाग्ने या गाह्रो हुने गरेको काचेन्को बताउँछन्।

तर, फ्रेन्डसिपलाई 'फियर'ले छेक्न दिन नहुने भन्ने उनको भनाइ छ।

"तपाईँले एउटा बच्चाले हिँड्न सिकेको देख्नु भएको छ? सजिलो हुँदैन, तर ऊ लड्दै, उठ्दै हिँड्छ अनि दौडिन समेत सुरु गर्छ," उनले बताए।

म त भन्छु, डर लागे तापनि नयाँ मान्छेहरूसँग बोल्नुहोस्। कोही अस्ट्रेलियामा जन्मिएको हो कि होइन भन्ने कुराले केही फरक पार्दैन। त्यसैले, चक् अ श्रीम्प अन् द बार्बी, क्रयाक द बियर ओपन - हामी सबै जना अजी नै हौँ।
म्याक्स काचेन्को

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now