Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझ्नुहोस्: स्कूलका प्रकारहरू

SG SelectingSchoolSectors

Female primary school students wearing blue gingham dresses with boys in background Credit: JohnnyGreig/Getty Images

अस्ट्रेलियामा बालबालिकाहरूको शिक्षाका लागि विभिन्न किसिमका विद्यालयको विकल्पहरू उपलब्ध छ। आ-आफ्नै विशेषताहरू बोकेका विभिन्न किसिमका स्कूलहरू अस्ट्रेलियाभर सञ्चालित रहेकाले आफ्नो अनुकूल हेरेर अभिभावकहरूले आफ्ना बच्चाहरूलाई आफू पायकको विद्यालय पठाउन सक्छन्।


Published

Updated

By Melisa Compagnoni

Presented by Roza Germian, Krishna Pokhrel

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा बालबालिकाहरूको शिक्षाका लागि विभिन्न किसिमका विद्यालयको विकल्पहरू उपलब्ध छ। आ-आफ्नै विशेषताहरू बोकेका विभिन्न किसिमका स्कूलहरू अस्ट्रेलियाभर सञ्चालित रहेकाले आफ्नो अनुकूल हेरेर अभिभावकहरूले आफ्ना बच्चाहरूलाई आफू पायकको विद्यालय पठाउन सक्छन्।


मुख्य बिषय :

  • सामान्यतया अस्ट्रेलियामा विद्यालयलाई तीन भागमा विभाजन गर्न सकिन्छ, सरकारी निजी र क्याथोलिक स्कुलहरू।
  • अस्ट्रेलियाका अधिकांश विद्यालयहरूमा सामूहिक रूपमा पढाइ हुन्छ, तर केटा वा केटीका लागि मात्र भनेर खोलिएका विद्यालय चाहिँ क्याथलिक वा निजीमा बढी हुन्छन्।
  • बढी शुल्क तिर्दैमा बालबालिकाले राम्रो शिक्षा पाइरहेको छ भन्ने हुदैन।
  • जुनसुकै बेला सन्तानको रुचि र आफ्नो अवस्था अनुकूल विद्यालय परिवर्तन गर्न सकिन्छ।

अस्ट्रेलियामा सरकारी, निजी र धार्मिक क्षेत्रहरू सबैले उत्कृष्ट विद्यालय सञ्चालन गर्ने भएकाले, स्कुल छान्ने काम आमाबाबुको लागि एक गाह्रो निर्णय हुन सक्छ।

सामान्यतया अस्ट्रेलियामा विद्यालयलाई तीन भागमा विभाजन गर्न सकिन्छ।

सरकारी (वा राज्यद्वारा सञ्चालित), निजी (वा स्वतन्त्र) र क्याथोलिक स्कुलहरू।

डा स्याली लार्सन युनिभर्सिटी अफ न्यु ईङ्ल्यान्ड स्थित शिक्षा संकायकी लेक्चरर हुन्।

अस्ट्रेलियाको विभिन्न किसिमका विद्यालयहरू सञ्चालन बारे उनी यसरी बुझ्नुपर्ने बताउँछिन्,

“सबै राज्यमा एउटै निकायबाट विद्यालयहरू नियन्त्रित हुन्छन्, सबैको पाठ्यक्रम एउटै हुन्छ र शिक्षकहरूले मान्यता पाउने तरिका पनि एउटै हुन्छ।

“फरक यति मात्रै हो कि केही क्षेत्रले भने बालबालिकाको पढाइका लागि अभिभावकसँग पैसा उठाउँछन्।”

निजी विद्यालयहरूले उठाउने चर्को शुल्कका कारण पनि कतिपय अभिभावकको रोजाइमा सरकारी विद्यालयहरू पर्ने गर्दछन्।

“सरकारी विद्यालयहरू निःशुल्क जस्तै हुन्छन्, कहिले काहीँ थोरै १०० डलर भन्दा कम विद्यालयमा श्रोत थप्नका लागि माग्न सक्छन्, क्याथलिक विद्यालयहरूले शुल्क त माग्छन् तर त्यो निकै कम हुन्छ, वर्षको करिब ५,००० डलर,” उनले भनिन्।

“तर निजी क्षेत्रका विद्यालयका हकमा भने वर्षको ३०,००० वा त्यो भन्दा बढी तिन पर्ने हुन सक्छ।”

Low section view of five school children sitting on brick wall wearing school uniform
Approximately 70% of primary and 60% of high school aged students are educated within the government sector. Credit: JohnnyGreig/Getty Images

यी विद्यालयहरूमा एउटै नियामक लागु हुने भए पनि, अभिभावकहरू किन फरक विद्यालय रोज्ने गर्छन् त?

मोनास विश्वविद्यालय अर्न्तगतको शिक्षा विभागकी प्राध्यापक एमेरीता हेलेन फोरग्यास, अभिभावकहरूले आफ्नो आर्थिक सामर्थ्य र अन्य आवश्यकताका कारण विद्यालयहरुबीचमा विकल्प खोज्ने बताउँछिन्।

“कानूनत सरकारले विद्यालयको स्थापना गर्नुपर्छ, यो धर्म निरपेक्ष र निःशुल्क हुनु जरुरी छ, तर अभिभावकहरूले आफ्नो आर्थिक अवस्था र धर्म प्रतिको निष्ठाका कारण निजी वा धर्मलाई आधार मानेर शिक्षा दिने विद्यालय छान्न चाहन्छन्।”

अस्ट्रेलियाका सरकारी विद्यालयहरूका पाठ्यक्रममा भने धर्म सम्बन्धी शिक्षा दिइँदैन, तर कुनै धार्मिक सङ्गठनले विशेष कक्षा दिन चाहेमा भने अनुमति मिल्न सक्छ।

यता क्याथोलिक स्कूलहरूमा भने धार्मिक विश्वासमा आधारित शिक्षामा जोड दिइन्छ।

तर यसको राम्रो पक्ष भनेको चाहिँ यी विद्यालयहरू सबै धर्म मान्नेका लागि खुला गरिएका हुन्छन्।

क्याथोलिक स्कूले सामुदायिक गतिविधिलाई प्रवर्द्धन गर्ने र यस्ता विद्यालयमा शुल्क पनि निजी भन्दा सस्तो पर्ने बताइन्छ।

तर यता निजी विद्यालयहरूमा भने शुल्क त महँगो हुन्छ नै, अन्य गतिविधिका नाममा अतिरिक्त रकम पनि अभिभावकले तिर्नु पर्ने हुन्छ।

डाक्टर लार्सन निजी विद्यालयले अतिरिक्त क्रियाकलाप, युनिफर्म वा पढाइका लागि चाहीने प्रविधिका नाममा महँगो शुल्क लिने बताउँछिन्।

Keywords doneHigh school students taking exam
The benefits of educating girls and boys separately remain contentious and academic results may not differ significantly. Credit: Fly View Productions/Getty Images

केटा र केटीका लागि छुट्टा छुट्टै विद्यालय

केही अभिभावक भने आफ्नो धार्मिक आस्थाका कारणले पुरुष वा महिलाहरू मात्र पढ्ने विद्यालयमा आफ्ना सन्तानलाई पढाउन चाहन्छन्।

तर यस्ता विकल्प भने सरकारी विद्यालयमा कम उपलब्ध हुने फोरग्यास बताउँछिन्।

“अस्ट्रेलियाका अधिकांश विद्यालयहरूमा सामूहिक रूपमा पढाइ हुन्छ, तर केटा वा केटीका लागि मात्र भनेर खोलिएका विद्यालय चाहिँ क्याथलिक वा निजीमा बढी हुन्छन्,” उनले भनिन्।

"केही राज्यमा भने लिङ्गमा आधारित छुट्टै विद्यालय नै छैनन्, यस अर्थमा न्यु साउथ वेल्स चाहिँ केही फरक छ, यहाँ यस्ता ३० भन्दा बढी विद्यालय छन्, भिक्टोरियामा भने केटाहरू मात्र पढ्ने एउटा विद्यालय र केटीहरूका लागि ५/६ वटा यस्ता विद्यालय छन्।”

यस्ता विद्यालयहरूमा पढ्दा के फाइदा हुन्छ भन्ने विषय भने विवाद मै रहेको बताइन्छ।

डाक्टर लार्सेनका अनुसार अस्ट्रेलियाका प्राथमिक कक्षा पढ्ने करिब ७० प्रतिशत विद्यार्थी सरकारी स्कुल जाने गर्दछन्।

करिब २० प्रतिशत क्याथलिक स्कुल जाने र १० प्रतिशत भन्दा कम निजी विद्यालय जाने उनले बताइन।

“माध्यमिक स्तरमा पुगे पछि भने निजी विद्यालय जानेहरू २० प्रतिशत जति हुन्छन्, क्याथलिक जाने अर्को २० प्रतिशत र बाँकी ६० प्रतिशत भने सरकारी विद्यालयमा जाने गर्दछन्।”

SG SelectingSchoolSectors
Students can change school at any time Credit: JohnnyGreig/Getty Images

विद्यालय छान्न केही समय लिनुहोस्

विद्यालयहरू बिचमा विकल्प छान्दै गर्दा, वा दाँज्दै गर्दा निजी विद्यालयहरूले सरकारी विद्यालयमा राम्रो पढाई हुँदैन भनेर एक किसिमले भ्रम छर्ने गरेको कुरालाई पनि ध्यानमा राख्न डाक्टर लार्सन अनुरोध गर्छिन्।

“निजी विद्यालयले जस्तो विज्ञापनका लागि सरकारी विद्यालयसँग बजेट हुँदैन, तर विज्ञापन नगर्दैमा सरकारी विद्यालय कम गुणस्तरीय हुन्छन् भन्ने चाहिँ हुँदैन।”

प्राध्यापक एमेरीटा फोरग्यास पनि आफ्ना बालबालिकालाई भर्ना गर्नु अघि केही सोच विचार गर्नु पर्ने बताउँछन्।

बढी शुल्क तिर्दैमा बालबालिकाले राम्रो शिक्षा पाइरहेको छ भन्ने नहुने पनि उनको भनाई छ।

“आफ्नो सन्तानको रुचि अनुसारको विद्यालय खोज्नुपर्छ, यदि आफ्ना सन्तान सङ्गीतमा रमाउँछन् भने गीत सङ्गीतलाई समेत प्राथमिकतामा राख्ने विद्यालय छान्नु पर्‍यो, खेलकुद वा कुनै भाषामा रुचि छ भने त्यही अनुसारको खोज्नु पर्‍यो।” फोरग्यास सुझाव दिन्छिन्।

तर आफ्नो सन्तानका केही विशेष शारीरिक वा मानसिक आवश्यकताहरू छन् भने चाहिँ सबै विद्यालयहरूमा यस्ता सुविधा हुन्छन् भन्ने छैन, यसैले यस्ता विद्यालयको सुची तयार गरेर त्यहाँ गएर सोधपुछ गर्न सकिन्छ।

कुन विद्यालयमा पढाउने होला भनेर चिन्तामा रहेका एक अभिभावक जोडी ज्याकब र रेबिका मुनेरीले भने विभिन्न विद्यालयमा पुगेर बुझे पछि आफ्नी छोरीका लागि उचित विद्यालय खोज्न सफल भएको बताउँछन्।

सुरुमा स्थानीय सरकारी विद्यालयमा छोरीलाई पढाउने सोच राखे तापनि विद्यालयहरूको भ्रमण गर्दै जाँदा आफूले सोचेको जस्तो विद्यालय पाएको उनीहरूले बताए।

यता प्राध्यापक एमेरिटा फोरग्यासलाई पनि आफ्ना सन्तानहरू जहाँ खुसी हुन्छन्, त्यही विद्यालयमा पठाउन आग्रह गर्छिन्।

किनकि उनको भनाईमा माध्यमिक तह अघि विद्यालय परिवर्तन गर्ने कुरा सामान्य हो।

जुनसुकै बेला सन्तानको रुचि र आफ्नो अवस्था अनुकूल विद्यालय परिवर्तन गर्न सकिन्छ।

आफ्नो आवश्यकता अनुसारको विद्यालय छनौटका लागि गुड स्कुल गाइड वा माइ स्कुल जस्ता वेबसाइटहरूमा जान सकिन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now