Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: फर्स्ट नेसन्सको समर्थक कसरी बन्न सकिन्छ?

How to become a First Nations advocate

Млади абориџaнски студенти учат заедно на отворено на сонце во Австралија. (SolStock/Getty Images) Credit: SolStock/Getty Images

अस्ट्रेलियामा फर्स्ट नेसन्स अधिवक्ता बन्नुको अर्थ, आदिवासी समुदायका लागि महत्त्व बोकेका मुद्दाहरूलाई समर्थन गर्नु हो। फर्स्ट नेसन्स समुदायहरूको पक्षधर बन्नु अघि, अर्थात् ‘एलाइशिप’ कायम गर्नु अघि, ध्यान दिनु पर्ने कुराहरू के-के हुन्?


Published

Updated

By Yumi Oba

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


अस्ट्रेलियामा फर्स्ट नेसन्स अधिवक्ता बन्नुको अर्थ, आदिवासी समुदायका लागि महत्त्व बोकेका मुद्दाहरूलाई समर्थन गर्नु हो। फर्स्ट नेसन्स समुदायहरूको पक्षधर बन्नु अघि, अर्थात् ‘एलाइशिप’ कायम गर्नु अघि, ध्यान दिनु पर्ने कुराहरू के-के हुन्?


मुख्य बुँदाहरू:

  • फर्स्ट नेसन्सका समुदायहरूको इतिहासको बारेमा जान्नुहोस् र गैर-आदिवासी मानिसहरूसँग रहिआएका सम्बन्धलाई बुझ्नुहोस्।
  • तपाईँ बस्ने भूमि परम्परागत रूपमा कसको हो भन्ने बारेमा जान्नुहोस्।
  • बहु सांस्कृतिक समुदायहरूले साझा अनुभवहरू निर्माण गर्न सक्छन्।

फर्स्ट नेसन्सको समर्थक बन्ने कुनै एक ठोस तरिका छैन। तर सबैभन्दा पहिलो चरण भनेको, आदिवासीहरूलाई जान्ने र बुझ्ने रहेको, बन्जन्लंग समुदायकी महिला क्यारेन मन्डिन बताउँछिन्।

रिकन्सिलियेसन अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत, मन्डिन शरणार्थी र आप्रवासी समुदायले आदिवासीहरूको विगतलाई बुझ्नु सबैभन्दा महत्वपूर्ण हुने भनाइ राख्छिन्।

Karen Mundine Pic Joseph Mayers.JPG
CEO of Reconciliation Australia, Karen Mundine Credit: Reconciliation Australia Credit: Joseph Mayers/Joseph Mayers Photography

इतिहास र समुदाय बारे जान्नुहोस्

"पहिलो चरण भनेको फर्स्ट नेसन्सका मानिसहरूको अन्य अस्ट्रेलियनहरूसँगको सम्बन्ध र आजसम्म आई पुग्दाको अवस्थालाई बुझ्नु हो। इतिहासलाई बुझ्दै त्यो सम्बन्धमा विगतमा भएका घटनाहरू बारे सचेत हुनुपर्छ," मन्डिनले बताइन्।

"तपाईँ भर्खरै आएको आप्रवासी भए पनि मानिसहरू र उनीहरूको जीवनका अनुभवहरू चिन्ने प्रयास गर्नुहोस्, उनीहरू को हुन् र उनीहरूले अस्ट्रेलियालाई कसरी हेर्छन् भन्ने कुरालाई बुझ्नुहोस्। मेरो विचारमा सम्बन्ध निर्माण गर्ने प्रयास गर्दा यो एक राम्रो सुरुवात हो।”

यसरी आदिवासी समुदायको इतिहास र अनुभवलाई बुझ्ने प्रक्रियाले तपाईँलाई उनीहरूसँग एक किसिमको सम्बन्ध गाँस्न मद्दत गर्ने उनको भनाइ छ।

"एउटा उत्कृष्ट सुरुवात बिन्दु भनेको तपाईँ बस्ने समुदायका स्थानीय परम्परागत मालिक को हुन् भनेर जान्नु हो। र यो तपाईँले प्रायः फर्स्ट नेसन्स संस्था वा स्थानीय काउन्सिल मार्फत र त्यहाँका मानिसहरूसँग घुलमिल भएर थाहा पाउन सक्नु हुन्छ," उनले बताइन्।

"कतिपय पार्क र ठाउँहरूको नाम परम्परागत भाषामा वा ऐतिहासिक रूपमा घटेका कुराहरूसँग सम्बन्धित हुन्छन्।"

योर्टा योर्टाकी महिला डाक्टर समर मे फिन्ली भन्छिन् कि, गैर-आदिवासी मानिसहरूले आदिवासी समुदायहरूको बारेमा बुझ्न जरुरी छ।

Summer May Finlay.jpg
Dr Summer May Finlay.

डा फिन्लीका अनुसार एक राम्रो अधिवक्ताले सहयोगी हुनु र आफै फर्स्ट नेसन्स समुदायको हिस्सा हुनु बिचको फरकको अर्थ बुझेका हुन्छन्।

"हामीलाई आदिवासी व्यक्तिको ठाउँमा वा रूपमा व्यवहार गर्ने मानिसको आवश्यकता छैन। हामीलाई यस्ता मानिसहरूको आवश्यकता छ जसले उनीहरू आफू फर्स्ट नेसन्स समुदायका हिस्सा होइनन् भन्ने कुराका साथै उनको सट्टामा फर्स्ट नेसन्सका मानिसले बोल्नु उचित हुन्छ भन्ने कुरा बुझेका छन्। यसको अर्थ यो हो कि एक अधिवक्ताले सक्रिय रूपमा फर्स्ट नेसन्सको तर्फबाट बोल्ने व्यक्तिहरूलाई पहिचान गर्नु पर्ने हुन्छ," उनले बताइन्।

क्यारेन मन्डिन शरणार्थी र आप्रवासी समुदायले जीवनमा भोगेका समान किसिमका अनुभवहरूबाट सकारात्मक परिवर्तन र नतिजा ल्याउन सक्ने बताउँछिन्।

"चाहे जातिवादका अनुभवहरू होस् , यात्रामा पनि कहाँ जान सक्छन् वा सक्दैनन् भनेर लगाइने प्रतिबन्ध हुन्, वा कसैलाई आफ्नो मातृभूमिबाट टाढा राखिएको छ, यी सबै समान किसिमका अनुभवहरू हुन् र यी कुराहरूले हामीले बुझ्न सक्छौँ," उनले भनिन्।

यसका लागि अन्य समुदायहरूले आफ्ना समुदायका प्रतिनिधिहरूलाई औपचारिक रूपमा फर्स्ट नेसन्स संस्थाहरूलाई समर्थन गर्न, फर्स्ट नेसन्सका मानिसहरूलाई तपाईँको सामुदायिक संस्था, चर्च, मन्दिर, मस्जिदहरूमा बोल्न आमन्त्रित गर्न आग्रह गर्नु महत्त्वपूर्ण हुन्छ।
क्यारेन मन्डिन, प्रमुख कार्यकारी अधिकृत, रिकन्सिलियेसन अस्ट्रेलिया

र यस्ता सकारात्मक परिवर्तन दुवै तर्फबाट आउन सक्छन्।

"धेरै फर्स्ट नेसन्स मानिसहरू आप्रवासी समुदाय र उनीहरूले सामना गरिरहेका सङ्घर्ष र चुनौतीहरूलाई समर्थन गर्न पाउँदा धेरै खुसी हुन्छन्।"

सन् २०२३ मा भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहले फर्स्ट नेसन्सका मानिसहरूको बारेमा जान्न र गहिरो अध्ययन गर्ने अवसरका साथै राम्रो सम्बन्ध निर्माण गर्ने अवसर पनि प्रस्तुत गरेको थियो ।

त्यस्ता अवसरहरू प्रदान गरिरहनु आधुनिक अस्ट्रेलियाको भविष्यको लागि महत्त्वपूर्ण रहेको मन्डिनको भनाइ छ।

"यदि हामी बहु सांस्कृतिकतामा गर्व गर्ने एक आधुनिक, विविधतायुक्त राष्ट्र निर्माण गर्न चाहन्छौँ भने, यसको सुरुवात फर्स्ट नेसन्स मानिसहरूबाट गर्नुपर्छ। यो ६५ हजार वर्ष भन्दा अगाडीदेखिको सम्बन्ध हो र यदि हामी विश्वको सबैभन्दा पुरानो निरन्तर संस्कृतिमा आधारित ज्ञानमा आधारित हुन सक्यौँ भने हामी २१ औँ शताब्दी र त्यसपछिका समयमा एक आधुनिक राष्ट्रका रूपमा आफ्नो लागि धेरै अवसरहरू सिर्जना गर्न सक्छौँ भन्नेमा म विश्वस्त छु।"

सबै मानिसहरूलाई समान रूपमा हेर्नुहोस्

गमिलारोइ समुदायका पुरुष, लुक पियर्सन, इन्डिजिनियस एक्सका संस्थापक हुन्। उक्त अनलाइन प्ल्याटफर्मले विविध आदिवासी आवाजहरूलाई प्रदर्शन गर्नुका साथै तिनको महत्त्व दर्साउने काम गर्छ।

उनी भन्छन् कि हामीले इतिहासको बारेमा जान्नु अघि सबै मानिसहरूलाई समान रूपमा हेर्नु पर्छ।

Luke Pearson.jpg
Founder of Indigenous X platform, Luke Pearson

"यदि तपाईँ मर्यादा, सम्मान, प्रेम, प्रशंसा र सबै मानिसहरू मौलिक रूपमा समान छन् भन्ने बुझाइ राख्नु हुन्छ र हाम्रा संस्कृतिमा देख्ने जुनसुकै भिन्नताहरूले अर्काको संस्कृति राम्रो, नराम्रो, उच्च वा निम्न हो भनेर सङ्केत गर्दैन भन्ने कुरा बुझ्नु हुन्छ भने तपाईँ सही मार्गमा हिँड्दै हुनुहुन्छ," पियर्सनले बताए।

"तर यदि तपाईँले ती कुरा बुझ्नु भएको छैन भने, जति सिके वा अनुभव गरे पनि सधैँ जातिवादको औचित्य प्रमाणित गर्ने तरिकाहरू खोज्नु हुन्छ।"

सकारात्मक परिवर्तन ल्याउने प्रक्रियामा सबैले आ-आफ्नो भूमिका खेल्न सक्ने विश्वास बोकेका पियर्सन, आफूले 'एलाइशिप' शब्दको प्रयोग भने नगर्ने बताउँछन्।

"मलाई त्यो शब्द मन नपर्नुको कारण भनेको यसले गैर-आदिवासी मानिसहरूलाई आदिवासी न्याय पछाडिको कारणमा केन्द्रित रहनबाट वञ्चित गर्दछ। यदि तपाईँ राम्रो काम गर्दै हुनुहुन्छ र मद्दत गर्दै हुनुहुन्छ भने त्यसको लागि कुनै लेबल वा स्टिकर चाहिँदैन, र यस्तो गरेर आफ्नै बारेमा हो भन्ने जस्तो बनाउन जरुरी हुँदैन। लक्ष्य भनेको तपाईँलाई राम्रो महसुस गराउनु होइन, लक्ष्य आदिवासीहरूका लागि सुधार ल्याउनु हो।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now