SKIP TO MAIN CONTENT

SBS Examines: अस्ट्रेलियनहरूले किन ‘क्रिप्टोकरेन्सी स्क्याम’हरूमा लाखाैँ डलर गुमाइरहेका छन्?

China: Blockchain Virtual Digital Cryptocurrency
Cryptocurrency has been making headlines again after US President Donald Trump launched his own meme coin. Source: AAP / Michael Nigro / CFOTO/CFOTO/Sipa USA

क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम भएको भन्दै विशेषज्ञहरूले चेतावनी दिए पनि यसलाई आकर्षक लगानीको रूपमा लिइन्छ।


Published

Updated

By Olivia Di Iorio, Fernando Vives

Presented by Olivia Di Iorio

Source: SBS



Skip to podcast episode content

क्रिप्टोकरेन्सीमा लगानी गर्नु उच्च जोखिम भएको भन्दै विशेषज्ञहरूले चेतावनी दिए पनि यसलाई आकर्षक लगानीको रूपमा लिइन्छ।


अस्ट्रेलियनहरूले सन् २०२३ मा क्रिप्टोकरेन्सी लगानी स्क्यामहरूमा १७ करोड १० लाख अस्ट्रेलियन डलर गुमाए।

क्रिप्टोकरन्सी एक डिजिटल मुद्राको रूप हो। यो सरकार, केन्द्रीय बैङ्कहरू र सङ्घीय रिजर्भहरूबाट स्वतन्त्र रूपमा सञ्चालन हुन्छ।

युनिभर्सिटी अफ क्वीनस्ल्यान्डका एशोसिएट प्रोफेसर र्यान्ड लो भन्छन् कि धेरैलाई यो सरकारको हस्तक्षेप बिना नै सञ्चालन हुन्छ भनेर पनि मन पर्छ।

जस्तो कि अस्ट्रेलियन डलरको मुल्य यहाँको सरकार र रिजर्भ बैंक अफ अस्ट्रेलियाले तोक्छन् तर क्रिप्टोकरेन्सी कहीँबाट पनि नियन्त्रित हुँदैन र यसको प्रयोगकर्ताहरूमा नै भर पर्छ।

युनिभर्सिटी अफ क्वीनस्ल्यान्डले हालै गरेको एक सर्भेका अनुसार जो इङ्लिसलाई दोस्रो भाषाका रूपमा बोल्छन् उनीहरू क्रिप्टोकरन्सीका ठगीहरूमा पर्ने जोखिम धेरै हुने गरेको पाइएको छ।

एशोसिएट प्रोफेसर लेभन ब्लुको भन्छिन्, क्रिप्टोले कसरी काम गर्छ भन्नेबारे जानकारी नै नभएको पाइयो।

धेरै मानिसहरू नचिनेको व्यक्ति वा ठाउँबाट आउने सल्लाह सुझाव र सोसल मिडियामा 'क्रिप्टो हाइप' को कारण पीडित रहेको पाइएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now