नेपालमा 'जेण्डर स्टडिज' अर्थात् लैङ्गिक मुद्दाहरूको अध्ययन सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने डा. चन्द्रा भद्रा नेपालकी एक अग्रणी नारीवादी हुन्। महिला र राजनीतिका बारेमा डा. भद्रासँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।
७४ वर्षीय डा. भद्राले लामो समयदेखि राजनीतिक क्षेत्रमा महिलाको सङ्ख्यात्मक र गुणात्मक संलग्नताका लागि विभिन्न काम गर्दै आएकी छिन्। नेपालमा यसै नोभेम्बर महिनामा सङ्घीय र प्रदेशको निर्वाचन घोषणा गरिएको अवस्थामा डा. भद्राले भर्खरै मात्र पनि सतहत्तरै जिल्लाका महिलालाई निर्वाचनमा कसरी अघि बढ्ने भन्ने बारेमा प्रस्तुतिहरू दिएकी छिन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





