SKIP TO MAIN CONTENT

बहुसांस्कृतिक समुदायलाई कार्यस्थल सुरक्षा बारे ज्ञान दिन १९ भाषामा सामाग्री

AUS Government will bring stricter tests for foreign worker hires.
Workplace Safety Source: Getty Images

वर्क सेफ भिक्टोरियाले सुरु गरेको अभियानमा अङ्ग्रेजी नबुझ्ने वा कम बुझ्ने बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरूलाई १९ फरक भाषामा सामाग्रीहरू तैयार पारिएका छन् ।


Published

Updated

By Hashela Kumarawansa

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

वर्क सेफ भिक्टोरियाले सुरु गरेको अभियानमा अङ्ग्रेजी नबुझ्ने वा कम बुझ्ने बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरूलाई १९ फरक भाषामा सामाग्रीहरू तैयार पारिएका छन् ।


अस्ट्रेलिया आएको केही समय भित्रै दक्षिणी मेलबर्नमा कामका क्रममा सन्नी दुगल दुर्घटनामा परे।

१५ वर्ष अघि भएको उक्त दुर्घटना उनको मानसपटलमा अझै पनि ताजै छ ।

“म ट्राफिक लाइट हरियो हुने पर्खाइमा थिए तर पछाडिबाट ट्रामले आएर मलाई हिर्काइदियो”

दुर्घटनाका कारण उनको कुममा गहिरो र दीर्घकाल सम्म दुख दिइरहने चोट लाग्यो ।

Recent migrant to Australia Sunny Dugal
Recent migrant to Australia Sunny Dugal Source: SBS/Hashela Kumarawansa

दुगल भन्छन् विदेशमा, कार्यस्थल अधिकारहरूका बारेमा ज्ञान नहुँदा त्यो समयबाट गुज्रन निकै चुनौतिपूण रहर्‍यो ।

यो र यस्तै गुनासोहरू सेफ वर्क अस्ट्रेलियाले अहिले आएर सुनेको छ ।

आप्रवासी त्यसमा पनि अङ्ग्रेजी भाषामा दखल नभएकाहरूलाई कार्यस्थलका अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले यो अभियानको थालनी गरिएको छ ।

पन्जाबी,ग्रिक र हिन्दी सहित १९ भाषामा मुख्य मुख्य सन्देशहरूलाई उल्था गरिएका छन् ।

Casual workers, experts and trade unions have expressed concern that new workplace reforms could lead to further job insecurity.
Casual workers, experts and trade unions have expressed concern that new workplace reforms could lead to further job insecurity. Source: Getty

यो सँगै वर्क सेफले तैयार पारेका सामाग्रीहरू अब २८ भिन्ना भिन्नै भाषामा उपलब्ध भएका छन् ।

भिक्टोरियाकी कार्यस्थल सुरक्षा सम्बन्धी मन्त्री इन्ग्रिड स्टिट उपलब्ध सामाग्रीहरूका कारण कार्यस्थलमा हुने दुर्घटनाहरूमा कमी आउने बताउछिन् ।

“तपाईँको पुष्ठभुमी वा भाषा जस्तोसुकै भएतापनि, तपाईँको पहिलो भाषा भनेको तपाई काममा कत्तिको सुरक्षित हुनुहुन्छ भन्ने हो,र सबैभन्दा महत्त्वपूर्ण तपाई दिनको अन्त्यमा तपाईँको परिवार माझ सुरक्षित पुग्नु हो । ”

यो अभियानका लागि करिब ९ लाख ७० हजार डलर खर्च गरिएको छ ।

यो बहुसांस्कृतिक समुदायमा सूचना प्रभावमा खर्चिएको सबैभन्दा ठुलो रकम हो ।

स्वास्थ्य र सुरक्षा सम्बन्धी परामर्शका लागि हाल सम्म करिब दुई सय ८० कामदारहरूले वर्कसेफको अनुवादक सेवामा सम्पर्क गरिसकेका छन् ।

ड्यानिएल जलिल विगत पाँच वर्ष देखि कार्यस्थल सुरक्षाका (वर्क हेल्थ एन्ड सेफ्टी) बारेमा बहुसांस्कृतिक समुदायका मानिसहरूलाई तालिम प्रदान गदै आइरहेका छन् ।

उनी भन्छन् "यो अभियानले खतरनाक गलत धारणाहरू चिर्न मद्दत गर्ने छ ।"

रोजगारदाताहरूलाई पनि कार्यक्रममा समावेश गरिएको छ, जहाँ कार्यस्थलका कानुनहरूका बारेमा कामदारलाई ज्ञान दिन सामाग्रीहरू प्रदान गरिएका छन् ।

गत वर्ष भिक्टोरियामा कार्यस्थलमा भएका दुर्घटनामा ६५ जनाले ज्यान गुमाउँदा मन्त्री स्टिट भन्छिन राज्य सरकार हाकिमहरूलाई आफ्ना कामदारहरूलाई सुरक्षित राख्नका लागि कानुनी उत्तरदायित्वबारे झकझकाउँदै छ ।

कामदारहरूले आफ्नो स्वास्थ्य एवम् सुरक्षाका बारेमा जानकार रहन १३१ ४५० मा सम्पर्क गर्नुहोस् ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now