अस्ट्रेलिया आएको केही समय भित्रै दक्षिणी मेलबर्नमा कामका क्रममा सन्नी दुगल दुर्घटनामा परे।
१५ वर्ष अघि भएको उक्त दुर्घटना उनको मानसपटलमा अझै पनि ताजै छ ।
“म ट्राफिक लाइट हरियो हुने पर्खाइमा थिए तर पछाडिबाट ट्रामले आएर मलाई हिर्काइदियो”
दुर्घटनाका कारण उनको कुममा गहिरो र दीर्घकाल सम्म दुख दिइरहने चोट लाग्यो ।
दुगल भन्छन् विदेशमा, कार्यस्थल अधिकारहरूका बारेमा ज्ञान नहुँदा त्यो समयबाट गुज्रन निकै चुनौतिपूण रहर्यो ।

Recent migrant to Australia Sunny Dugal Source: SBS/Hashela Kumarawansa
यो र यस्तै गुनासोहरू सेफ वर्क अस्ट्रेलियाले अहिले आएर सुनेको छ ।
आप्रवासी त्यसमा पनि अङ्ग्रेजी भाषामा दखल नभएकाहरूलाई कार्यस्थलका अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले यो अभियानको थालनी गरिएको छ ।
पन्जाबी,ग्रिक र हिन्दी सहित १९ भाषामा मुख्य मुख्य सन्देशहरूलाई उल्था गरिएका छन् ।
यो सँगै वर्क सेफले तैयार पारेका सामाग्रीहरू अब २८ भिन्ना भिन्नै भाषामा उपलब्ध भएका छन् ।

Casual workers, experts and trade unions have expressed concern that new workplace reforms could lead to further job insecurity. Source: Getty
भिक्टोरियाकी कार्यस्थल सुरक्षा सम्बन्धी मन्त्री इन्ग्रिड स्टिट उपलब्ध सामाग्रीहरूका कारण कार्यस्थलमा हुने दुर्घटनाहरूमा कमी आउने बताउछिन् ।
“तपाईँको पुष्ठभुमी वा भाषा जस्तोसुकै भएतापनि, तपाईँको पहिलो भाषा भनेको तपाई काममा कत्तिको सुरक्षित हुनुहुन्छ भन्ने हो,र सबैभन्दा महत्त्वपूर्ण तपाई दिनको अन्त्यमा तपाईँको परिवार माझ सुरक्षित पुग्नु हो । ”
यो अभियानका लागि करिब ९ लाख ७० हजार डलर खर्च गरिएको छ ।
यो बहुसांस्कृतिक समुदायमा सूचना प्रभावमा खर्चिएको सबैभन्दा ठुलो रकम हो ।
यो पनि पढ्नुहोस

बढ्दो घटनाहरूका बिच, जातिवाद विरुद्ध राष्ट्रिय नीतिको योजना
स्वास्थ्य र सुरक्षा सम्बन्धी परामर्शका लागि हाल सम्म करिब दुई सय ८० कामदारहरूले वर्कसेफको अनुवादक सेवामा सम्पर्क गरिसकेका छन् ।
ड्यानिएल जलिल विगत पाँच वर्ष देखि कार्यस्थल सुरक्षाका (वर्क हेल्थ एन्ड सेफ्टी) बारेमा बहुसांस्कृतिक समुदायका मानिसहरूलाई तालिम प्रदान गदै आइरहेका छन् ।
उनी भन्छन् "यो अभियानले खतरनाक गलत धारणाहरू चिर्न मद्दत गर्ने छ ।"
रोजगारदाताहरूलाई पनि कार्यक्रममा समावेश गरिएको छ, जहाँ कार्यस्थलका कानुनहरूका बारेमा कामदारलाई ज्ञान दिन सामाग्रीहरू प्रदान गरिएका छन् ।
गत वर्ष भिक्टोरियामा कार्यस्थलमा भएका दुर्घटनामा ६५ जनाले ज्यान गुमाउँदा मन्त्री स्टिट भन्छिन राज्य सरकार हाकिमहरूलाई आफ्ना कामदारहरूलाई सुरक्षित राख्नका लागि कानुनी उत्तरदायित्वबारे झकझकाउँदै छ ।
कामदारहरूले आफ्नो स्वास्थ्य एवम् सुरक्षाका बारेमा जानकार रहन १३१ ४५० मा सम्पर्क गर्नुहोस् ।