नेपालमा हालै गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको साहित्यकारको पनि परिचय छ। उनको 'न्याय' नामक आत्मकथा र उपन्यास 'कारा' प्रकाशित भइसकेको छ। पुरुष पात्र कमै भएको यो उपन्यासमा नायक र खलनायक दुवै भूमिकामा महिलाहरू नै छन्। उनको लेखन र पठनका बारेमा सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शुक्रवार, १० ज्यानुअरी सन् २०२० मा प्रकाशित भएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





