अस्ट्रेलियाका ४७ जना अर्बपतिले कोभिड-१९ का पछिल्ला दुई वर्षमा आफ्नो सम्पत्ति दोब्बर गराउँदै २५५ अर्ब डलर पुर्याएको एक रिर्पोटले देखाएको छ।
२,३०० डलर प्रति सेकेन्ड या भनौँ प्रत्येक दिन २०५ मिलियन डलर, सामान्य मानिसको कल्पना बाहिरको यो रकम, अस्ट्रेलियाली सीमित धनाढ्यले कमाइरहेका छन् भन्दा अचम्म लाग्ला।
सामान्य अस्ट्रेलियालीका अघिल्ला दुई वर्ष रोग र अभावमा बितेका बेला केही धनाढ्यहरूका लागि भने यो वर्ष निकै फलिफाप भएको छ।
सम्पत्ति र शेयर बजार उकालो लाग्दा उनीहरूको सम्पत्ति दिनप्रतिदिन बढ्दै गएको छ।
सहायता समूह अक्सफामले गरेको नयाँ विश्लेषण अनुसार अस्ट्रेलियाका अर्बपतिहरुले विगत दुई वर्षमा आश्चर्यजनक लाभहरूको अनुभव गरेका छन् जबकि सामान्य मानिसलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्यो।
एन्थीया स्पिन्क्स अक्सफाम अस्ट्रेलियाकी कार्यक्रमकी निर्देशक हुन् ।
रिपोर्ट सुन्नुहोस्: गएका दुई वर्षमा आफ्नो सम्पति 'डबल' बनाएका ४७ अस्ट्रेलियाली अर्बपतिहरूहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
उनका अनुसार अस्ट्रेलियाका धनीहरूले आफ्नो पैसा डबल बनाएका छन्।
“अस्ट्रेलियाका ४७ अर्बपतिहरुको सम्पत्ति दैनिक २०५ मिलियन डलरको बृद्धीसंगै दोब्बर भन्दा बढी भएको छ,” उनले भनिन्।
व्यापार सम्बन्धी पत्रिका फोर्ब्सद्धारा सङ्कलित तथ्याङ्कहरूको प्रयोग गरेर एमेजनका मालिक जेफ बेजोस, टेस्लाका प्रमुख एलन मस्क लगायतका विश्वका १० धनीहरूको सम्पत्ति पनि यो समयमा दैनिक १३ लाख डलरले बढ्दै दोब्बर भन्दा बढी भएको अक्सफामले बताएको छ।

विश्वका तिन अर्ब भन्दा बढी गरिबहरूको एकत्रित सम्पत्तिको तुलनामा उनीहरूसँग ६ गुणा बढी सम्पत्ति छ।
स्पिन्क्स भन्छिन् कि गरिबी लगायत असमानताको असरलाई सम्बोधन गर्ने आवश्यकता अहिले जति पहिल्यै कहिले भएको थिएन।
“यदि उनीहरूले आफ्नो सम्पतिको ९९ दशमलव ९९ प्रतिशत गुमाए भने पनि विश्व जनसङ्ख्याको ९९ प्रतिशत मानिस भन्दा धनी हुनेछन्, र उक्त रकम केही मानिसहरूको हातमा मात्र पर्दा विश्वका अरबौ जनसङ्ख्या भने पिडामा छन्,” उनले भनिन्।
उक्त रिपोर्टका अनुसार सम्पतिको असमानताका कारण प्रत्येक वर्ष हजारौँ मानिसको मृत्यु हुन्छ जसमध्ये धेरै स्वास्थ्य, लैङ्गिक हिंसा र भोकसँग सम्बन्धित छन्।
अक्सफामले अस्ट्रेलिया लगायतका मुलुकलाई धनीहरू माथि उच्च कर लगाउन पनि आह्वान गरिरहेको छ।
यसलाई अस्ट्रेलियन काउन्सिल अफ सोसल सर्भिसेज कि प्रमुख कासन्ड्रा गोल्डी पनि समर्थन गर्छिन्।
सङ्घीय चुनाव नजिकिँदै गर्दा केही विज्ञहरू भन्छन् कि राजनीतिज्ञहरूले अब करको दायरमा वृद्धि गर्ने सम्भावना कम छ, यद्यपि असमानता कम गर्न मद्दत गर्ने अन्य नीतिहरु माथि विचार गर्नु भने जरुरी छ।
पिटर ह्वाईटफोड, नेशनल अस्ट्रेलियन विश्वविद्यालय अन्तर्गतको क्रफोर्ड स्कुल अफ पब्लिक पोलिसिका प्राध्यापक हुन्।
उनका अनुसार सरकारी ध्यान सार्वजनिक स्वास्थ्य सेवा जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्नेमा हुनुपर्छ।
“हामीले बृद्धहेरचाहको क्षेत्रमा बढी पैसा खर्च गर्नु आवश्यक छ, महामारीले यो देखाएको छ कि, हामीलाई बलियो सार्वजनिक स्वास्थ्य प्रणालीको आवश्यकता छ– यी चिजहरूमा थप राजस्व चाहिन्छ” उनले भने।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)