हरेक पटक तपाईँले रक्तदान गर्दा, तीन जनाको जीवन बचाउन सकिन्छ। अस्ट्रेलियामा हामी त्यस्ता मानिसहरूमा भर पर्छौँ जो अपरिचितहरूका लागि पनि स्वेच्छाले रक्तदान गर्छन्। यसले तपाईँलाई आवश्यक पर्दा निःशुल्क रगत सजिलै उपलब्ध गराउँछ। त्यसैले सबै पृष्ठभूमिका मानिसहरूले सकेको बेला रक्तदान गर्नुपर्छ भन्ने पनि महत्त्वपूर्ण छ। अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा हामी अस्ट्रेलियामा रगतको आपूर्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





