Nepali cricket team captain, Rohit Paudel, undergoes fitness and physical tests at the Sports Science and Research Centre and National High Performance Centre in Lalitpur, Nepal, on August 7, 2023, ahead of their departure for Australia for the Top End T20 Series. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images
आफ्नो पहिलो ‘टप एन्ड टी-२० सिरिज’ खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली हाल अस्ट्रेलियामा छ। नर्दन टेरिट्रीमा बिहीवार, अगस्ट १४ देखि सुरु भएको उक्त प्रतियोगितामा आफ्ना पहिला तीन खेलमा हारको मुख हेर्नु परेता पनि नेपालले त्यस पछिका दुई खेलमा होबार्ट हरिकेन्स एकेडेमी र मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्ध जित हासिल गर्न सफल भएको थियो। नेपालले आफ्नो छैटौँ खेल शुक्रवार, अगस्ट २२ मा पाकिस्तान शाहिन्स विरुद्ध खेल्दै छ। सेमिफाइनल अगिको यो अन्तिम निर्णायक खेलमा नेपालको प्रदर्शनी कस्तो रहला? यस लगायत विगत एक हप्ता यताका खेलहरूका बारेमा नेप्लिज क्रिकेट एसोसिएसन क्यानबराका अध्यक्ष अजय लामा र लामो समयदेखि नेपाली क्रिकेटका एकजना जानकार तथा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया न्याभका पूर्व अध्यक्ष प्रेमराज उप्रेतीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।