राष्ट्रिय परिचय पत्र वितरण र विप्लव नेतृत्व पार्टीले मनायो ५ औ वर्षगाँठ: गत ७ दिन नेपालमा

101-year-old Bhagwati Devi Bhandari became the first person to receive a national identity card by the Nepali government.

101-year-old Bhagwati Devi Bhandari became the first person to receive a national identity card by the Nepali government. Source: RSS

नेपाल सरकार ले १०१ वर्षीया भगवती देवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र दिदै राष्ट्रिय परिचय पत्र वितरण सुरु र नेत्र विक्रम चन्द '''वप्लव'को नेतृत्वको नेकपाले शनिबार काठमाण्डमा पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठ मनायो। गत ७ दिनका नेपालीका केहि मुख्य समाचार।


राष्ट्रिय परिचयपत्र बाँडियो

सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको छ। यहि साता गृहमन्त्री राम बहादुर थापाले पाँचथरको फिदिम नगरपालिका -४ की १०१ वर्षीया भगवती देवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र दिएर उक्त कामको शुभारम्भ गरेका हुन्।

मन्त्री थापाले पनि भण्डारीको हातबाट आफ्नो परिचयपत्र दिए। राष्ट्ररिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवा लगायतका सबै सेवाको अभिलेख समावेश गरिएको छ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश गरिएको परियपत्र अन्य जिल्लमा पनि वितरण गर्ने काम शुरु भएको बताए।

नेत्र विक्रम चन्द ''विप्लव" नेतृत्व पार्टीको वर्षगाँठ

नेत्र विक्रम चन्द ''विप्लव" को नेतृत्वको नेकपाले शनिबार काठमाण्डमा पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठ मनायो। २०७१ मंसिर ८ गते मोहन वैद्य नेतृत्वको नेकपा –माओवादीबाट अलग भएर चन्द नेतृत्वको पार्टी गठन भएको थियो।

उक्त दलका केहि नेताहरु आमसभामा सहभागि भएपनि प्राय चर्चामा आउने महासचिव नेत्र विक्रम चन्द भने त्यहाँ देखिएनन्। आमसभालाई सम्बोधन गर्ने अधिकाशं नेताहरुले सरकारले राज्यसत्ता दुरुपयोग गरेको आरोप लगाए।

आमसभालाई प्रमुख वक्ताका रुपमा संबोधन गरेका नेता खड्ग बहादुर विश्वकर्माले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। उनले भने, "सरकारका मन्त्रीहरु अहिले भ्रष्टाचारमा लप्त छन्। सत्ताको नेतृत्व गरेर बसेकाहरुले साम्राज्यवादीहरुको डिजाइनमा राज्यसत्ता दुरुपयोग गरिरहेका छन्।"

यसरी सार्वजिनक रुपमा आमसभा गर्नुलाई कतिपय राजनितिक विश्लेशकले उक्त पार्टि अब खुला राजनीतिमा आउन खोजेको संकेत पनि दिने बताएका छन्।

Former Maoist and leader of Communist party Netra Bikram Chand Biplav.
Former Maoist and leader of Communist party Netra Bikram Chand Biplav. Source: Facebook

योगी आदित्यनाथ जनकपुर आउने

रामजानकी विवाह मोहत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन्।

यस अघि उक्त मोहत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने चर्चा चलेको थियो। तर केहि दिन अघी उनको स्थानमा योगी आदित्यनाथ आउने चर्चा चल्न थाल्यो।

तर यसको पुष्टि संघीय सरकारले गरेको थिए। यस्तो अवस्थामा प्रदेश २का मुख्य मन्त्री लालबाबु राउतले योगी आदित्यनाथ आउने खुलासा गरेका हुन्।

अन्तराष्ट्रिय भौगर्भिक  सम्मेलन

नेपाल भौगोर्भिकक समाजले नौं नेपाल अन्तराष्ट्रिय भौगर्भिक सम्मेलनको आयोजना गरेको छ। उक्त सम्मेलनको उद्घाटन गर्ने उपराष्ट्रपति नन्द बहादुर पुनले मुलुक समृद्धको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नु पर्ने बताए।

सम्मेलनमा रहेका विज्ञहरुले नेपालमा रहेका खनिजको उत्तखन बारे चर्चा गरे। सम्मेलनामा १५ देशका करीब १५० भूगर्भविद, भूवैज्ञानिक, खानी , इन्जिनीयर लगायत विज्ञहरु सहभागि रहेका थिए।

Nepal's finance minister urges federal, provincial and local government to work together.
Nepal's finance minister urges federal, provincial and local government to work together. Source: RSS

संघ प्रदेश र स्थानीय तहबीच सहकार्य जरुरी

संघीयताको अभ्यास सुरु भएको करिब एक वर्ष बितिसक्दा पनि मुलुकमा संघ, प्रदेश र स्थानीय तहबीच राम्रो समन्वय हुन सकेको छैन। तीन तहकै सरकारबीच कर उठाउने विषयमा विवाद देखिएको छ।

आवश्यक कानूनको अभावमा यस्ता समस्या देखिएको अधिकारीहरुले बताएका छन्। यसै बिच अर्थमन्त्री युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभइ सककार्य गरेर अघि बढ्न आवश्यक हरेको बताएका छन्।  

चिनीको मूल्य वृद्धि बारे छानविन गर्न निर्देशन

संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनिको मूल्यवृद्धिबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ।

यस्तै समितिले उसले गठन गरेको उपसिमितिले चाडपर्वको समयमा बजारमा चिनी लगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन पनि स्विकृत गरेको छ।

उपसमितिको  सिफारिसमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस विषयमा विस्तृत छानबिन गर्नका लागि निर्देशन दिने निर्णय गरेको हो। यस बाहेक चिनिको मूल्य ६३ रुपैयानै कायम गर्ने निर्देशन दिने निर्णय समितिले गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now