नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (टेक गाइज) ले अस्ट्रेलियामा पनि नेपाली पृष्ठभूमिका उद्यमीहरूको प्रगति प्रेरणादायी रहेको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो पहिलो भागमा उनीहरूसँगको कुराकानीका केही झलकहरू समेटिएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





