Coming Up Thu 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

“मद्दत माग्दैमा मानसिक रोगीको लेबल लाग्ने होइन”

Source: Getty Images

लकडाउनको समयमा आर्थिक समस्याले, समुदायमा घुलमिल हुन नपाउँदा र अन्य विभिन्न कारणले मानिसहरूमा मानसिक तनाव बढ्दो हुन्छ। यस्तो समयमा कसरी मानसिक रूपमा स्वस्थ रहन सकिन्छ?

कोरोना सङ्क्रमणका कारण मानिसहरु लकडाउनमा बस्न बाध्य छन्।

यस्तो प्रतिबन्धात्मक आदेशहरूका कारण कतिपय मानिसले आफ्नो रोजगारी गुमाउनु परेको छ भने अत्यावश्यक बाहेकमा मानिस घर भित्रै बस्न बाध्य छन् ।

पटक-पटकको लकडाउनले अनिश्चितता बढाउँदा मनोवैज्ञानिक असरहरू देखा पर्ने मेलबर्नका एक मनोचिकित्सक अनुपम पोखरेलको भनाई छ ।

“रिस उठ्ने, झर्कने, छटपटीका कारण माथि तल गरिरहने,रक्सी चुरोट सेवन गर्ने जस्ता समस्याहरू देखिएका छन्,” उनले भने।

मेलबर्नस्थित नेपाली पृष्ठभूमिका मनोचिकित्सक डाक्टर अनुपम पोखरेल बताउँछन् कि, समस्या परेमा मद्दत माग्न जरुरी हुन्छ। 

डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: 

डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: 
“मद्दत माग्दैमा मानसिक रोगीको लेबल लाग्ने होइन”
00:00 00:00

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।

Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।

Coming up next

# TITLE RELEASED TIME MORE
“मद्दत माग्दैमा मानसिक रोगीको लेबल लाग्ने होइन” 13/07/2021 12:27 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १८ अक्टोबर २०२१ 18/10/2021 05:57 ...
देशभर भएका सडक दुर्घटनामा दर्जनौँको मृत्यु र रुपन्देहीमा प्रहरी र स्थानीय बिच झडप हुँदा कम्तीमा ४ जनाको ज्यान गयो : गत सात दिन नेपालमा 17/10/2021 06:00 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: आइतबार १७ अक्टोबर २०२१ 17/10/2021 14:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: शुक्रबार १५ अक्टोबर २०२१ 15/10/2021 06:40 ...
नेपाल: पूर्व राष्ट्राध्यक्षको दशैं सन्देशले फैलाएको तरङ्ग 14/10/2021 09:07 ...
“भारत मिडफिल्डमा निकै राम्रो छ, नेपालले पनि सर्ट बल खेलेर जाने रणनीति बनाउनु पर्छ” 14/10/2021 08:15 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार:बिहीवार १४ अक्टोबर २०२१ 14/10/2021 13:49 ...
प्रधानमन्त्री मोरिसनलाई जलवायु सम्बन्धी शिखर सम्मेलनमा भाग लिन राजकुमार चार्ल्सको दवाब 13/10/2021 05:10 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १३ अक्टोबर २०२१ 13/10/2021 08:18 ...
View More