अस्ट्रेलियाको बेरोजगारी दर ७.४ प्रतिशत, एकै महिनम‍ा‍‍ मात्र झन्डै ७०,००० काम हराए

अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा एक मौसमी समायोजन पछि ७.४ प्रतिशतमा पुगेको छ भने सोही अवधिमा ६९,३०० रोजगारीका अवसरहरू गुमेका छन्।

Charcoal lane Apprentice Chef Kody works alongside Executive Chef Greg.

Job loss due to pandemic has caused lot of pain to people Source: NITV News

कोरोनाभाइरस सम्बन्धी लकडाउन क्रमशः सहज हुँदै जाँदा धेरै मानिसहरूले काम खोजी रहेको अवस्थामा अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीेएस)ले ती आँकडा बिहीबार सार्वजनिक गरेको हो।

जस अनुसार, जुन महिनामा कुल २१०,८०० रोजगारीका अवसरहरू थपिए पनि ३८,१०० फुल टाइम काम गुमेको थियो।

त्यसैगरि, अप्रिल महिनामा ६.४ र मे महिनामा ७.१ प्रतिशत रहेको बेरोजगारी दर जुन महिनामा ७.४ मा उक्लिएको बताइएको हो।

यसलाई विश्लेषकहरूले कोरोना प्रतिबन्धहरूसँग सम्बन्धित रहेको बताएका छन्।

गत मार्च महिनाको आखिरी तिर व्यापार-व्यवसाय धमाधम बन्द हुँदै जाँदा, कोरोनाभाइरसका कारण मानिसहरूले रोजगारी गुमाउने क्रम सुरु भएको थियो।

बिहीबार बेरोजगार दर सम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि, अमेरिकी डलरसँग ७०.०३ मा कारोबार भइरहेको अस्ट्रेलियाली डलर, चिप्लिँदै ६९.९२ अमेरिकी सेन्ट पुगेको थियो।

एबीेएसको डाटाले देखाए अनुसार, जुन महिनामा काम खोज्ने मानिसहरूको सङ्ख्यामा १.३ प्रतिशतले वृद्धि हुँदै ६४ प्रतिशत पुगेको थियो, जसले बिस्तारै उँभो लागिरहेको बजारलाई प्रतिबिम्बित गरेको अर्थविद्हरूको धारणा छ।

अन्डरइम्पल्योइमेन्ट भनिने कामदारको क्षमता भन्दा कम कामको अवसर वा कम पारिश्रमिकमा काम लगाउने कार्य पनि, सो अवधिमा ११.७ प्रतिशत पुगेको तथ्याङ्क विभागले बताएको छ।

नर्दन टेरोटरी बाहेक अन्य सबै राज्य तथा प्रदेशहरूमा रोजगारी जुन महिनामा बढेको पनि उसले बताएको छ।


Share

1 min read

Published

Updated

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now