Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

व्यावसायिक शिक्षामा आप्रवासीहरूको आकर्षण, पढ्नेहरू ३ गुणा बढेको रोजगारी मन्त्रीको भनाई

kitchen staff, cooking class, TAFE

विभिन्न देशबाट आप्रवासीका रूपमा अस्ट्रेलिया भित्रिएका मानिसहरूलाई यहाँको टेफ लगायत प्राइभेट शैक्षिक संस्थाहरूले प्रदान गर्ने व्यावसायिक शिक्षाले निकै आकर्षित गर्ने गरेको छ ।


Published

Presented by कृष्ण पोख्रेल

Source: SBS




Share this with family and friends


विभिन्न देशबाट आप्रवासीका रूपमा अस्ट्रेलिया भित्रिएका मानिसहरूलाई यहाँको टेफ लगायत प्राइभेट शैक्षिक संस्थाहरूले प्रदान गर्ने व्यावसायिक शिक्षाले निकै आकर्षित गर्ने गरेको छ ।


विश्वविद्यालय भन्दा छोटो समयमा अध्ययन पुरा हुने, कम खर्चमै पढाई हुने र पठनपाठन समापन हुनासाथ साथ रोजगारी खोज्न समेत सजिलो हुने भएकाले यस्ता व्यवहारिक शिक्षामा मानिसहरू आकर्षित भएका हुन् ।

यस्ता विषयमा अध्ययन गर्ने मानिसहरूको सङ्ख्या ३ गुणाले बढेको सङ्घीय रोजगार मन्त्री मिकेलिया क्यासको भनाई छ ।

Minister for Employment Michaelia Cash.
Minister for Employment Michaelia Cash. Source: AAP

तान्जेनियाको एक शरणार्थी शिविरमा हुर्किएकी साउना इमारुको जीवनमा ११ वर्षको पर्खाइ पछि नयाँ मोड आयो, अस्ट्रेलियामा पहिलो पाइला परेसँगै अबको जीवन नयाँ देश र नयाँ भाषासँगै कसरी अगाडी बढाउने भन्नेमा उनको द्विविधा थियो ।

सधैँ सेवाका भावना मनमा लिएर हिँड्ने इमारुले आफ्नो हाई स्कुलको अध्ययन सकिएपछि अस्ट्रेलियामा भेटका रूपमा चर्चा पाएको व्यवहारिक शिक्षा लिने निर्णय लिइन र सर्टिफिकेट ३ इन हेल्थ साइन्समा भर्ना भइन ।

अध्ययन सकिएको केही समय पश्चात् नै उनले एडिलेडमा रहेको एक संस्थामा असिस्टेन्ट नर्सका रूपमा काम पाइन ।

इमारु सँगै काम गर्ने युगान्डाको शरणार्थी शिविरमा हुर्के बढेकी जेन अलियाको कथा पनि उस्तै छ हाई स्कुल पछि विश्वविद्यालय भर्ना हुनका साटो व्यवहारिक शिक्षा दिने संस्था प्रति उनको रुचि बढ्यो ।

सुरुमा उनको परिवार विश्वविद्यालय नगएको प्रति त्यति खुसी नभएको उनले बताइन ।

अधिकार मानिसहरूले विश्वविद्यालयको शिक्षालाईमात्रै जोड दिने गरेता पनि व्यवाहारीक शिक्षाका राम्रा पाटाका बारेमा जानकार नरहेको आलिया बताउँछिन् ।

All types of surgeries, including elective, cosmetic surgery and dentistry, will legally be permitted in South Australia once the update comes into effect.
All types of surgeries, including elective, cosmetic surgery and dentistry, will legally be permitted in South Australia once the update comes into effect. Source: SBS

सुरुमा डेन्टल असिस्टेन्टका रूपमा अध्ययन गरेको भए पनि उनी अब मेडिसिन पढ्ने सोचमा छिन् ।

उनी भन्छिन् के थाहा म कुनै दिन डक्टर आलिया भनेर पो चिनिन्छु कि!

अस्ट्रेलियामा माग भएका १२ मध्ये ११ वटा रोजगारी यस्तै व्यवहारिक शिक्षामा आधारित छन् चाईल्स केयर, ट्रक ड्राइभर ,मेकानिकल, वेल्डर्स, एज्ड केयर लगायतका पेसाहरू यस्तै व्यवहारिक शिक्षाबाट आर्जन गर्न सकिन्छ ।

रोजगार मन्त्री क्यास पनि आफू विश्वविद्यालयको वैकल्पिक शिक्षाका रूपमा रहेको व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्न लागि परेको बताउँछिन् ।

कोभिड-१९ पछाडि अस्ट्रेलियालाई फेरी अगाडी बढाउन यस्तै योग्य कामदारहरूको आवश्यकता पर्ने भएकाले सरकारले यस्ता जब रेडी ग्रयाजुएटहरुको आवश्यकता महसुस गरेको उनले बताइन् ।

आफ्नो घरका रूपमा रहेको अस्ट्रेलियामा आवश्यकतामा रहेका मानिसहरूलाई सेवा दिन पाउँदा साउना इमारु निकै खुसी छन्।

उनी भन्छिन् जुन सुकै देश धर्म वा संस्कृतिबाट आएको भए पनि यस्ता व्यवहारिक शिक्षा लिन कहिल्यै हिचकिचाउन हुँदैन व्यवहारिक शिक्षा सबैका लागि हो जुनसुकै पेसामा जाँदा पनि यसको आवश्यकता पर्दछ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now