करिब तीन महिनाको लकडाउन पछि ग्रेटर सिड्नीमा आर्थिक गतिविधि सुरु हुँदै गर्दा व्यवसायीहरू यतिखेर उत्साहित देखिएका छन्।
गत वर्षको मार्च महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय सिमानाका कारण व्यवसायहरूले दक्ष कामदारको चरम अभाव भोगिरहेका छन्।
त्यसको परिणाम स्वरूप केही नेताहरूले अन्तर्राष्ट्रिय सीमालाई पुनः खोलेर दोस्रो विश्वयुद्ध यताकै कम भनिएको आप्रवासनलाई फेरी बढउन जोड दिइएको छ।
त्यसो भए अस्ट्रेलियामा यसको कस्तो प्रभाव पर्ला त?
घट्दो जनसङ्ख्या
अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार १२ महिने अवधिमा अस्ट्रेलियामा ३५,७०० मानिसहरू थपिएका छन् या भनौँ त्यतिको सङ्ख्यामा जनसङ्ख्या वृद्धि भएको छ।
वृद्धि दर केवल ०.१% मात्र रहेको छ।
अस्ट्रेलियाली बासिन्दाहरूको वार्षिक प्राकृतिक वृद्धि १,३१,००० मानिसमा स्थिर छ।
विदेशी बसाई सराइमा भने गिरावट आएको छ, र यो आँकडा ९५,३०० सय जनाले नकारात्मक बनेको छ।

त्यस्तै, गत वर्ष भन्दा यो ३,३४,६०० मानिसहरूले कम हो।
अस्ट्रेलियन नेशनल विश्वविद्यालयका जनसङ्ख्याविद् डाक्टर लिज एलेन यस्तो गिरावट पहिलो चोटि देखेको बताउँछन्।
“अस्ट्रेलियाको इतिहासमै युद्धको समय देखि हाल कोभिड-१९ का दौरान जुन जनसङ्ख्याको अनुपातमा कमी देखिएको छ, यो पहिले कहिल्यै देखिएको थिएन," उनले भनिन्।
कामदारको अभाव
महामारी सुरु हुनु अगाडी नै अस्ट्रेलियाका व्यवसायहरूले दक्ष कामदारको अभाव भोग्दै आइरहेका थिए।
अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा त्यो झनै बढेको छ।
युनिभर्सिटी अफ टेक्नोलोजी विश्वविद्यालयका बिजनेस स्कुलका प्राध्यापक जक कलिन्सले एसबीएससँगको कुराकानीमा अस्ट्रेलिया दक्ष आप्रवासी कामदारमा निर्भर भएको बताउँछन्।
“दक्षता नभएका देखि अति दक्ष मानिएका चिकित्सकहरू सम्म, एक मुलुकका रूपमा हामी आप्रवासीहरू प्रति कत्तिको निर्भर छौँ भन्ने कुरा महसुस भएको छ,” उनले भने।
अस्ट्रेलियामा बसोबास गर्न वा फर्कन चाहने मानिसहरूको सङ्ख्या बढ्दो छ, यद्यपि महामारी सुरु हुनु अगाडीको अवस्थामा पुग्न चाहिँ मुस्किल हुने डाक्टर एलेन बताउँछिन्।
पहिले जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत रहेकोमा त्यो अवस्थामा पुग्न अब मुस्किल हुने उनको धारणा छ।
“यसले अस्ट्रेलिया र यहाँको अर्थतन्त्रमा गम्भीर विपत्ति निम्त्यायो,” उनले चेतावनी दिइन्।
“हाम्रो उद्योगको आवश्यकता पुरा गर्न स्थानीय कर्मचारी अपूरो भएकाले यो देशको आधारभूत आवश्यकता पुरा हुने छैन।”

यता न्यु साउथ वेल्सका प्रिमियर डोमीनीक पेरोटेले अन्तर्राष्ट्रिय सीमा पुनः खोल्ने बारेमा आफ्नो उत्सुकता व्यक्त गरेका छन्।
“हामीले सिमाना खोल्नुपर्छ, दक्ष आप्रवासीहरूलाई भित्राउन हामीले ती देशहरूलाई बजार दिन आवश्यक छ, नत्र ती दक्ष कामदार अन्य देशमा जानेछन्,” उनले भने।
पेरोटेको यो दृष्टिकोण पूर्व प्रिमियर ग्लाडिस बेरेजिक्लियनको भन्दा फरक छ, जसले सन् २०१९ को राज्य स्तरीय चुनाव उठ्दा पूर्वाधार र बढ्दो ट्राफिकका कारण राज्यमा हुने आप्रवासन ५०% सम्म घटाउने कुरा राखेकी थिइन्।
के यो एक "महत्त्वाकाङ्क्षी" वृद्धि हो?
अस्ट्रेलियन फाइन्यानसीयल रिभ्यूका अनुसार पलायन दरलाई अझै धेरै बढाउने सोच राख्दै, आउँदा पाँच वर्ष भित्र २०,००,००० आप्रवासीको लक्ष राख्न वरिष्ठ अधिकारीहरूले प्रिमियर पेरोटेलाई आदेश दिएका छन्।
उनलाई दोस्रो विश्व युद्ध पछिको जस्तै 'महत्त्वाकाङ्क्षी' आप्रवासन कार्यक्रम तयार पार्ने कुरा अघि सार्न आग्रह गरिएको छ।
सन् १९४५ मा देशको सुरक्षा र आर्थिक विकासका मानिसहरूको ठूलो जनसङ्ख्याको आवश्यकता भएको हुनाले सङ्घीय अध्यागमन विभागले प्रत्येक वर्ष १% ले जनसङ्ख्या बढाउने लक्ष राखेको थियो।
अस्ट्रेलियालीहरूलाई "जन सङ्ख्या बढाउ या नाश भएर जाऊ” भन्ने सन्देश दिइएको थियो।
त्यस पछिका १५ वर्षमा अन्य देशबाट र विशेष गरी युद्धग्रस्त भएको युरोपबाट १२,००,००० आप्रवासीहरू अस्ट्रेलिया भित्रिए पछि यहाँको आर्थिक विकास भएको थियो।
"देशको रोजगार र जनसङ्ख्या वृद्धिमा आधा भन्दा बढी ती नयाँ आप्रवासीहरूको हात छ," प्राध्यापक कलिन्सले बताए।
"आप्रवासीहरू डुङ्गामा आउँथे, र आएको भोलि पल्ट नै काममा लाग्थे।"
वर्तमान अवस्थामा देशले त्यस्तै कामदारको अभाव भोगिरहेको हुनाले यस समस्याको हालका लागि अध्यागमनमा ध्यान दिनु पर्ने उनको भनाइ छ।
तर दोस्रो विश्व युद्धको जस्तै गरी जनसङ्ख्या वृद्धि गरिएमा, पूर्वाधार, घरजग्गा, यातायात, सडक र स्वास्थ्य प्रणाली पनि त्यही हिसाबमा बढाउनु पर्ने हुन्छ।
"विगतमा सरकारले आप्रवासनको फाइदा उठाउँदै, सार्वजनिक पूर्वाधारमा लगानी गर्न भने ढिलाइ गर्दा भविष्यमा समस्याहरू भएका छन्," प्राध्यापक कलिन्सले भने।
त्यस्तै, देशले कामदारको अभावलाई हटाउन अस्थायी भिसा धारकहरू माथि धेरै निर्भर रहेको, र उनीहरू बढ्दो दुर्व्यवहार र तलब चोरीको सिकार बन्ने बारे पनि उनले सचेत गराए।
सांस्कृतिक प्रभाव
युद्ध पश्चात् बढ्दो आप्रवासनले अस्ट्रेलियाको सांस्कृतिक बनोटमा पनि ठूलो परिवर्तन ल्यायो।
युरोपबाट शरणार्थीहरूलाई भित्राउने फैसलाले बेलायतीहरू मात्र चलनलाई रद्द गरी, अस्ट्रेलियालाई एक बहु सांस्कृतिक समुदायको रूपमा परिवर्तन गर्दै गयो।
यसले आप्रवासनप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्यो र व्हाइट अस्ट्रेलिया नीतिलाई विट्ल्याम सरकारद्वारा हटाइयो।
"युद्ध पछिको अध्यागमन वृद्धिले अस्ट्रेलियाको लागि एक नयाँ मोड तय गरेको थियो। गोराहरू मात्र रहने संस्कृतिबाट हामी हट्यौँ … हाम्रो आप्रवासन इतिहासको विपरीत, भविष्यमा ध्यान दिनु पर्छ भन्ने हामीले बुझ्यौँ," डाक्टर एलेनले बताए।
युद्ध पश्चात् अस्ट्रेलिया आउने आप्रवासीहरू भारी सङ्ख्यामा युरोपेली भए तापनि, कोभिडको अवस्था भन्दा पछि चीन र भारतले पनि अस्ट्रेलिया आउने मानिसहरूलाई निरन्तरता दिने अपेक्षा डाक्टर एलेनको रहेको छ।
"हामीलाई विभिन्न पृष्ठभूमिका, कामदार, पेशेवर आदिको आवश्यकता छ [र] इतिहासको तुलनामा वर्तमानमा हामीले विविध ठाउँहरूबाट मानिसहरू आएको देख्न पाउने छौँ जस्तो मलाई लाग्दछ," उनले भनिन्।
"कोभिड पछिको यो पुनर्निर्माण हाम्रो इतिहासमा एक निकै महत्त्वपूर्ण समयको रूपमा रहने छ।"
