Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल: पूर्व राष्ट्राध्यक्षको दशैं सन्देशले फैलाएको तरङ्ग

Gyanendra Shah

दशैंको सन्दर्भ पारेर पूर्व राष्ट्राध्यक्ष ज्ञानेन्द्र शाहबाट जारी एक शुभकामना सन्देशले नेपाल यतिखेर तरङ्गित बनेको छ। काठमाण्डूबाट गिरिश सुवेदीको रिपोर्ट।


Published

Updated

By Girish Subedi

Source: SBS




Share this with family and friends


दशैंको सन्दर्भ पारेर पूर्व राष्ट्राध्यक्ष ज्ञानेन्द्र शाहबाट जारी एक शुभकामना सन्देशले नेपाल यतिखेर तरङ्गित बनेको छ। काठमाण्डूबाट गिरिश सुवेदीको रिपोर्ट।


उनले भिडियो सन्देश मार्फत आफ्नो राजनैतिक अवधारणालाई प्राथमिकता दिँदै विभिन्न समसामयिक विषयहरूमा बोलेका हुन्।

शाहले देशको विभिन्न राजनैतिक तथा सामाजिक सन्दर्भमा यसरी बेला-बेलामा आफ्नो वक्तव्य निकाली राख्दा, केही राजनैतिक विश्लेषकहरूले भने उनी फेरि राजसंस्थालाई ब्युँताएर शक्तिमा आउन खोजेको बताउने गरेका छन्।

यस पटकको शुभकामना सन्देशमा, नेपाली जनताहरूले गलत राजनीतिको कारण भोग्नुपरेको समस्याहरूप्रति आफू दुःखी भएको भन्दै, उनले राजसंस्था बिनाको प्रजातन्त्र अपूरो रहेको कुरा गरेका छन्।

“प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध हामीले गरेका छौँ,” नेपालका अन्तिम राजाले भने।  

राजनीतिका एक अध्येता तथा विश्लेषक दर्शन कार्कीको बुझाइमा नेपालको राजसंस्था आफैमा सामन्तवादी, जातिवादी र पितृसत्तात्मक भएकोले आफैमा अप्रजातान्त्रिक थियो।

उनी भन्छिन्, “नेपालमा हाम्रो भएको विभिन्न जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय आन्दोलनहरूले राजतन्त्रलाई ब्युँताउने बहसहरू असान्दर्भिक भनेर ठहर गरिसक्यो।”

he festival commemorates the slaying of a demon king by Hindu goddess Durga, marking the victory of good over evil. Animals are sacrificed at Hindu temples during this festival. (AP Photo/Niranjan Shrestha)
Source: AP/Niranjan Shrestha

शाहले सन्देशमा ‘नेपाली समाज सनातन, आदर्श र पुर्ख्यौली पौरखबाट पृथक् नरहेको तर नेपालको प्रचलित राजनीति र राजकाजी चालचलन त्यसअनुरूप हुन नसकेको’ समेत भनेका छन्।

उनले अहिलेको राजनैतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट र उपगुटमा अल्झिएको आरोप लगाउँदै कोभिड-१९ महामारी, प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको बिचमा नेपालीहरूले सेवा पाएका छन् या छैनन् भनेर सवाल पनि गरेका छन्।

रिपोर्ट सुन्नुहोस: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्तै, स्वास्थ्य र शिक्षा क्षेत्रको नाममा व्यापारीकरण भएको पनि पूर्व राष्ट्र प्रमुखको आरोप छ।

कार्कीको भनाई अनुसार राजसंस्थाको प्रायजसो समर्थकहरू, देशलाई हिन्दु राष्ट्र पुनः घोषित गर्नुपर्ने पक्षमा छन्।

A Nepalese Hindu devotee plays a drum during the Sikali Jatra' festival.
The Shikali Jatra is celebrated in Khokana by the Hindu villagers for five days instead of the Dashain festival. Source: Sipa USA Bivas Shrestha / SOPA Images/Sip

करिब एक दशक लामो नेपालको माओवादी जनआन्दोलनको मुख्य उद्देश्य नै राजसंस्थालाई हटाएर नेपाललाई जन-गणतान्त्रिक मुलुक घोषणा गर्नु थियो र सोही द्वन्द्वकालका बेला घटेको सन् २००१ मा दरबार हत्याकाण्ड पछि शाह नेपालका राजा घोषित भएका थिए।

आफैले ब्युँताएको संसद्ले मुलुकलाई सङ्घीय गणतन्त्र बनाउने घोषणा गरेपछि उनी सन् २००८ नागरिक बनेका हुन्।

त्यस यता भने राजसंस्था समर्थकहरूले बेला-बेलामा शाहलाई विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा आमन्त्रित गरेर अतिथिको रूपमा सम्मान गर्दै आएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now