SKIP TO MAIN CONTENT

टेस्ट क्रिकेटबाट डेभिड वार्नरको सन्यास

अस्ट्रेलियाका टेस्ट क्रिकेटका ओपनर डेभिड वार्नरको सन्याससँगै विश्व क्रिकेटले खेलमा भरपुर मनोरञ्जन प्रदान गर्न सक्ने खेलाडीहरु मध्येका एक प्रमुख खेलाडी गुमाएको छ।

David Warner
Australia's batsman David Warner has retired from Test cricket. (AAP)

4 min read

Published

Updated

By Sameer Ghimire

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अस्ट्रेलियाको क्रिकेट टोलीले पाकिस्तानलाई सिड्नीमा भएको तेस्रो टेस्टमा ८ विकेटले पराजित गर्दै दुई देशबिचको तिन टेस्ट सिरिजमा ३-० को जीत हाँसिल गरेको छ।

यो जीत सँगै अस्ट्रेलियाले एकपल्ट फेरि विश्व क्रिकेटमा आफ्नो वर्चश्वको जनाउ दिएको छ।

 तर यो टेस्टको समापनसँगै अस्ट्रेलियाको क्रिकेट टोलीले आफ्नो एक पुराना र प्रतिभाशाली खेलाडी गुमाएको छ।

यस टोलीका ओप्निङ्ग ब्याट्स्म्यान डेभिड वार्नरले टेस्ट र एक दिवसिय क्रिकेटबाट यसै तेस्रो टेस्ट पछि नखेल्ने घोषणा गर्दै सन्यास लिएका छन्।

 आफ्नो अन्तिम टेस्टमा नट आउटको रुपमा रहन नसके पनि- अस्ट्रेलियालाई जीतको लागि चाहिने १३० रनमा, वार्नरले ५७ रन बनाएका थिए। उनी साजिद खानको बलमा एल बि डब्लु आउट भएका थिए।

उनी आउट भए लगत्तै सिड्नी क्रिकेट ग्राउण्डमा रहेका झण्डै २४ हजार दर्शकहरु वार्नरको सम्मान आफ्नो स्थानबाट उठेर ताली मार्दै गरेका थिए।

 ११२ टेस्ट खेलेका वार्नरले टेस्ट क्रिकेटमा कुल ८७८६ रन बनाई- अस्ट्रेलियालाई प्रतिनिधित्व गरी बढी रन बनाउनेहरुमध्येमा पाचौ स्थानमा रहेका छन्।

यसमा उनले २६ शतकहरु बनाएका छन्, जसमा सन् २०१९मा पाकिस्तान विरुध्द एडिलेड आभलमा बनाएको ३३५ नट आउट पनि सामेल रहेको छ।

 सिड्नीको पुर्वी भेगमा हाउसिङ्ग कमिशनको भवनमा हुर्केका वार्नरको सफलतालाइ अस्ट्रेलियाको क्रिकेट समुदायमा उदाहरणिय मानिन्छ।

उनको छिटो रन बनाउन सक्ने क्षमताले गर्दा विपक्षका धेरै टिमहरु शुरुमै आफ्ठेरोमा पर्ने गरेका थिए। टेस्ट क्रिकेटलाई मात्र दाँज्ने हो भने, वार्नरको ब्याटिङ्गमा ४४ रनको एभरेजका साथ ७० प्रतिशतभन्दा माथिको स्ट्राईक रेट रहेको छ।

अस्ट्रेलियाको क्रिकेट टोलीले पाकिस्तानलाई सिड्नीमा भएको तेस्रो टेस्टमा ८ विकेटले पराजित गर्दै दुई देशबिचको तिन टेस्ट सिरिजमा ३-० को विजय प्राप्त गरेको छ।

यो जीतसँगै अस्ट्रेलियाले एकपल्ट फेरि विश्व क्रिकेटमा आफ्नो वर्चस्वको जनाउ दिएको छ।

तर यो टेस्टको समापनसँगै अस्ट्रेलियाको क्रिकेट टोलीले आफ्नो एक पुराना र प्रतिभाशाली खेलाडी गुमाएको छ।

यस टोलीका ओप्निङ्ग ब्याटस्म्यान डेभिड वार्नरले टेस्ट र एक दिवसीय क्रिकेटबाट यसै तेस्रो टेस्ट पछि नखेल्ने घोषणा गर्दै सन्यास लिएका छन्।

आफ्नो अन्तिम टेस्टमा नट आउटको रूपमा रहन नसके पनि- अस्ट्रेलियालाई जीतको लागि चाहिने १३० रनमा, वार्नरले ५७ रन बनाएका थिए। उनी साजिद खानको बलमा एलबीडब्लु आउट भएका थिए।

उनी आउट भए लगत्तै सिड्नी क्रिकेट ग्राउन्डमा रहेका झन्डै २४ हजार दर्शकहरू वार्नरको सम्मान आफ्नो स्थानबाट उठेर ताली मार्दै गरेका थिए।

११२ टेस्ट खेलेका वार्नरले टेस्ट क्रिकेटमा कुल ८७८६ रन बनाई- अस्ट्रेलियालाई प्रतिनिधित्व गरी बढी रन बनाउनेहरु मध्येमा पाचौँ स्थानमा रहेका छन्।

यसमा उनले २६ शतकहरू बनाएका छन्, जसमा सन् २०१९मा पाकिस्तान विरुद्ध एडिलेड ओभलमा बनाएको ३३५ नट आउट पनि सामेल रहेको छ।

सिड्नीको पूर्वी भेगमा हाउजिङ कमिसनको भवनमा हुर्केका वार्नरको सफलतालाई अस्ट्रेलियाको क्रिकेट समुदायमा उदाहरणीय मानिन्छ।

उनको छिटो रन बनाउन सक्ने क्षमताले गर्दा विपक्षका धेरै टिमहरू सुरुमै अफ्ठेरोमा पर्ने गरेका थिए।

टेस्ट क्रिकेटलाई मात्र दाँज्ने हो भने, वार्नरको ब्याटिङमा ४४ रनको एभरेजका साथ ७० प्रतिशतभन्दा माथिको स्ट्राइक रेट रहेको छ।

d

वार्नरको सम्मानमा अस्ट्रेलिया टोलीका क्याप्टेन प्याट कमिन्सले- तेस्रो टेस्टको चौथो दिन उनलाई टोलीको नेतृत्व गर्दै मैदानमा उत्रने मौका दिएका थिए। खेलको समापनसँगै पाकिस्तानका क्याप्टेन शान मशुदले आफ्नो टोलीको तर्फबाट वार्नरलाई एक जर्शी प्रदान गरेका थिए।

कमिन्सले पछि पत्रकारहरुसँग कुरा गर्दै १०० भन्दा बढी टेस्ट क्रिकेट खेलेका वार्नरको सन्यासपछि उनको अभाव टिममा खट्कने बताएका छन्।

खेललाई विपक्षबाट सजिलै छिन्न सक्ने क्षमताले गर्दा वार्नरको अनुभव निकै विषेश रहेका भन्दै कमिन्सले वार्नरको प्रशंसा गरेका थिए।

Australian cricket captain Pat Cummins
Pat Cummins praises Warner's contribution to the team. Source: AAP / Joel Carrett

 आफ्नो विष्फोटक ब्याटिङ्ग शैलीका लागि ‘द बुल’ नामले चिनिएका डेभिड वार्नरको खेल जीवन भने विवाद रहित रहेको छैन।

अस्ट्रेलियाको लागि खेल्ने शुरुवाती मौकामा – टि-२० खेल अन्तर्गत २० बलमै अर्ध-शतक बनाउन सफल रहेका वार्नर- स्यान्डपेपरगेट विवादमा पनि तानिएका थिए।

सन् २०१८ मा अस्ट्रेलियाले दक्षिण अफ्रिका विरुध्दको खेलमा बललाई आफ्नो टोलीलाई लाभ हुने हिसाबले बिगर्ने मिलोमतोमा उनलाई खेलबाट एक बर्ष प्रतिबन्ध लगाईएको थियो।

उनले त्यसबखत क्रिकेटप्रेमीहरु र अस्ट्रेलियन जनतासँग आफ्नो गल्तिका लागि क्षमा मागेका थिए।

साथै, खेलाडीहरुको करारमा पनि क्रिकेट अस्ट्रेलियाको संस्थासँग नझुकेको समाचारहरुले पनि उनलाई विवादमा तानेको थियो।

अनि पछिल्ला केहि टेस्टहरुमा उनले धेरै रन बनाउन नसकेको कारण उनलाई टिममा राख्न नमिल्ने केहि पूर्व खेलाडीहरुले आवाज राख्दै आएका थिए।

 तर वार्नरले भने आफ्नो अन्तिम खेलसम्म आफ्नो टोलीको विजयको लागि खेलेको बताउदै, खेलप्रेमीहरुले आफूलाई उत्साही र मनोरञ्जन प्रदान गर्ने खेलाडीको रुपमा आफूलाई सम्झेको खण्डमा आफूलाई खुशी लाग्ने बताए।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now