SKIP TO MAIN CONTENT

आप्रवासी इन्जिनियरहरूका लागि नि:शुल्क सीप मूल्याङ्कन

इन्जिनियर्स अस्ट्रेलिया (इए)ले योग्यता पुगेका आवेदकहरूको सीप तथा कौशलताको मूल्याङ्कन द्रुत गतिमा भइरहेको बताएको छ।

Good news for electricians, plumbers, air-conditioning or refrigeration mechanics waiting to arrive in Australia
Source: Photo by Mikael Blomkvist from Pexels

2 min read

Published

Updated



Skip to article content

इएका अनुसार अस्ट्रेलियाली सरकारको देशमा सीपको अभावलाई पूर्ति गर्न चालिएका कदमहरू अन्तर्गत नै आफूले नि:शुल्क सो सेवा प्रदान गरिरहेको हो।

बुधवार जारी एक विज्ञप्तिका अनुसार उक्त संस्थाले गत फेब्रुअरी २८ देखि नै उक्त सेवा दिन सुरु गरेको थियो।

‘फास्ट ट्र्याक स्किल्स असेस्मेन्ट’ को काम सन् २०२३ को जुन मसान्तसम्म हुने पनि इएको भनाई छ।

मूल्याङ्कन सम्बन्धी संस्थाका वरिष्ठ प्रबन्धक रोबिन लिऊ भन्छन् कि यस कार्यक्रमबाट हुने मूल्याङ्कन अन्य बेलाभन्दा नितान्त फरक समय सीमामा हुनेछ।

"सामान्य मूल्याङ्कनमा १६ देखि १८ हप्ता लाग्न सक्छ। पहिले-पहिले, सशुल्क फास्ट ट्र्याक मूल्याङ्कन गर्न २० दिनसम्म (कार्यालय खुल्ने) लाग्न सक्थ्यो," उनले भने।

"फेब्रुअरी २८, २०२२ देखि जुन ३०, २०२३ सम्म चल्ने यो नि:शुल्क योजनाले १५ दिन भित्रै नतिजा उपलब्ध गराउँछ।"

आफैँ एक आप्रवासी इन्जिनियर रहेका लिऊका अनुसार यो योजना अन्तर्गतको कामलाई सफल तुल्याउन विभिन्न समुदाय समक्ष यस बारे बताउन र बुझाउन जरुरी छ।

"पीआर वाहक तर विगतमा हामीसँग कुनै मूल्याङ्कन नगरेका व्यक्तिहरूको बारेमा कुरा गर्दैछौं।"

उनका अनुसार यस प्रक्रियाबाट प्राप्त हुने फाइदाहरूका बारेमा बुझ्न इन्जिनियरहरूले मूल्याङ्कन विधि र त्यसको महत्त्वबारे जान्न जरुरी छ।

“स्थायी भिसा भएका आवेदकहरूका लागि अस्ट्रेलियामा कति समय काम गर्ने भन्ने कुनै बन्धन छैन। हाम्रो मूल्याङ्कन प्रक्रियाले चाहिँ उनीहरूसँग भएको शैक्षिक योग्यता अस्ट्रेलियाली इन्जिनियरिङ डिग्री बराबर छ र उनीहरू योग्य इन्जिनियर हुन् भनेर प्रमाणित गर्नु हो।”

Due to a high numbers of EOIs, the state will not be issuing any more invitations for occupations like Civil Engineer, Electrical Engineer and Mechanic Engineer
Source: Pexels

के म यो सेवाको लागि योग्य छु?

इन्जिनियर्स अस्ट्रेलियाका अनुसार नि:शुल्क र द्रुत रूपमा हुने सीप मूल्याङ्कनका लागि योग्य हुन तपाईँले सन् २०१९ ज्यानुअरी १ तारिख यता पारिवारिक, पार्टनर, शरणार्थी वा मानवीय भिसा पाएको हुनुपर्ने छ।

तपाईँसँग पेसाहरूको प्राथमिकता सूचिमा परेको योग्यता वा सीपहरू छन् र इन्जिनियर्स अस्ट्रेलिया वा कुनै अन्य मूल्याङ्कन प्राधिकरणबाट औपचारिक रूपमा ती सीपहरूको मूल्याङ्कन भएको छैन भने पनि तपाईँ यो सुविधाका लागि योग्य ठहर हुन सक्नुहुन्छ।

पेसा प्राथमिकता सूचि (इन्जिनियरिङ मातहत)

  • सिभिल
  • स्ट्रकचरल
  • ट्रान्सपोर्ट
  • इलेकट्रिकल
  • जियोटेक्निकल
  • मेकानिकल
  • माइनिङ
  • पेट्रोलियम

यस बारे थप जानकारीका लागि यहाँ थिच्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now