अस्ट्रेलियामा गर्मीका बेला आउन सक्ने सङ्कटबाट सुरक्षित रहने तरिकाहरू

अस्ट्रेलियामा गर्मीको मौसम आम अस्ट्रेलियालीका लागि सुखद समय मानिन्छ तर यस्तो समयमा सुरक्षित रहन पनि निकै महत्त्वपूर्ण छ।

NSW Rural Fire Service crews protect properties on Waratah Road and Kelyknack Road as the Wrights Creek fire approaches Mangrove Mountain north of Sydney, Thursday, December 5, 2019. (AAP Image/Dan Himbrechts) NO ARCHIVING

Source: AAP

अस्ट्रेलियाले सन् २०१९–२० मा  आगलागी र बुशफायरका जुन घटना भोग्यो यो इतिहासमा कहिल्यै भोगेको थिएन ।

आगलागीका कारण कहिल्यै नसोचेको दुर्घटना बेहोर्नुपर्‍यो र करिब एक करोड ४० लाख हेक्टर जमिन नष्ट भयो । 

उक्त आगलागीमा २० जनाले ज्यान गुमाए भने करिब एक अर्ब जनावरहरू जलेर नष्ट भए ।

सन् २०२०-२१ मा बुशफायर सम्बन्धी घटनाको सम्भावना उच्च रहेको भएता पनि पहिलेको वर्ष भन्दा चाही फरक हुने बुशफायर र प्राकृतिक जोखिम सहकार्य अनुसन्धान केन्द्रका प्रमुख रिर्काड थर्नटन बताउँछन् ।

"तपाईँलाई अचम्म लाग्न सक्छ, तर बुशफायर चट्याङ वा लापरबाही ढङले गरिएका क्याम्प फायर वा घाँसे मैदानमा पाकीङ गरेको अवस्थामा राखिएको कार बाट पनि सुरु हुन सक्छ।"

उनी भन्छन्, “तपाईँलाई अचम्म लाग्न सक्छ, बुशफायर चट्याङ वा लापरबाही ढङले गरिएका क्याम्प फायर वा घाँसे मैदानमा पार्किङ गरेको अवस्थामा राखिएको कार बाट पनि सुरु हुन सक्छ ।”

सन् २०१९-२० को विनाशकारी आगलागी पछि रोयल कमिसनले चरम मौसम सम्बन्धी घटनामा अस्ट्रेलियाको तयार र योजनाका बारेमा विशेष ध्यान पुर्‍याएको छ ।

सिफारिसहरूमा कमिसनले “हरेक राज्य र क्षेत्रहरूमा जोखिम सम्बन्धी चेतावनी” जारी गर्न अनुरोध गरेको छ ।

जसको परिणाम अस्ट्रेलियाको आगलागी र आपतकालिन अवस्था सम्बन्धी संस्थाले चेतावनी प्रणालीको विकास गरेको थियो र यसलाई सन् २०२० को डिसेम्बर महिना देखि नै लागु गरेको थियो ।

तीन तहका चेतावनी सेवाहरू

अस्ट्रेलियाको आगलागी एवम् आपतकालिन काउन्सिलले यो तिन तहको चेतावनी सेवामा समुदायको व्यापक समर्थन पाएको बताएको छ ।

विभिन्न रङको समायोजन गरेर तैयार पारिएको तिन त्रिकोण सुझावमा रहेका तिन रङ मध्ये पहेँलोले “सुझाव” अथवा आकस्मिक अवस्थाको सल्लाह दिन्छ, सुन्तला रङले “हेर र आवश्यक कार्य गर” भन्ने बताउँछ भने रातो रङले “आपतकालिन अवस्था”को चेतावनी दिन्छ ।

bushfire
Source: Getty image

पहिलो पहेँलो रङको “सल्लाह” को अर्थ आगलागी भए पनि तत्काल कुनै खतरा छैन भन्ने हो ।

दोस्रो सुन्तला रङको अर्थ “हेर र प्रतिक्रिया जनाउ” भन्ने हो, यो अवस्थामा आगलागीको अवस्था हेरी आफूलाई जोगाउन आवश्यक कदम चाल्नुहोस् भन्ने बुझिन्छ  ।

तेस्रो रातो रङका “आपतकालिन चेतावनी”को अर्थ चाही मानिसहरू जोखिममा छन् र ढिला गरे ज्यान जोखिममा पर्न सक्छ भन्ने हो ।

अब देखि यी चेतावनीहरू वेबसाइट र मोबाइल एपमा पनि देखिनेछन् ।

bushfire
Source: Getty image

यदि यस्तो खतराको सूचना देखिए यसमा प्रतिक्रिया जनाउन  ढिलाइ नर्गनुहोस । यस्तो अवस्थामा के गर्ने भन्ने बारेमा सूचना पनि त्यस सँगै दिइएको हुनेछ ।

आगलागीमा मात्र नभएर रङको माध्यमबाट दिइने चेतावनी अन्य आपकालिन अवस्थामा पनि प्रयोग गरिनेछन् ।

आपतकालिन चेतावनी

वेस्टर्न अस्ट्रेलिया र नर्दन टेरिटरीले यो चेतावनीको यो माध्यमलाई चरणबद्ध रूपमा आउने महिनाहरूमा लागू गर्ने जनाएको छ, जस अन्तर्गत यी राज्यहरूले बाढी, चक्रवात र तातो हावाको बेलामा पनि यसको प्रयोग गर्नेछन् ।

फियोना डनस्टान अस्ट्रेलियन आगलागी एवम् आपतकालिन परिषद् कै अर्को संस्था जसले जनसमुदायलाई सूचना जारी गर्ने जिम्मेवारी लिएको छ त्यसमा कार्यरत छिन् ।

उनी यस्ता चेतावनी सेवाहरूले खतराको गम्भीरतालाई दर्शाउन अस्ट्रेलियाको चेतावनी प्रणालीको विकास भएको कुरालाई स्पष्ट पार्ने बताउँछिन् ।

"हामीले तीन तहको चेतावनी प्रणालीको विकास गरेका छौँ जसले आपतकालिन अवस्थामा सल्लाह, अवस्था हेर र प्रतिक्रिया जनाउ र आपतकालिन अवस्था आएको बारेमा जानकारी दिन्छ।"

कुनै पनि आगलागीका अवस्थामा यस्ता चेतावनीहरू रेडियो,टेलिभिजन वा साइरनहरू मार्फत पनि जारी हुनेछन् ।

तर कुनै अवस्थामा आगलागीका घटनाका बारेमा सञ्चार माध्यमहरूबाट चेतावनी जारी गर्न पनि समय नरहने  डनस्टान बताउँछिन् ।

आपतकालिन चेतावनी भनेको राष्ट्रिय टेलिफोनबाट दिइने सन्देशहरू हुन जसले ल्यान्डलाइन वा मोबाइलमा सम्भावित आपत्कालीन अवस्थाका बारेमा सन्देश जारी गर्दछ ।

 यस्तो चेतावनी जारी हुँदा टेलिफोनका माध्यमबाट सम्भावित जोखिम क्षेत्रमा डाटा बेसबाट सन्देश जारी गरिन्छन् ।

bushfire
Source: Getty image

सम्भावित खतराबाट बच्ने अर्को उपाय भनेको स्थानीय रेडियो सुन्ने वा एप र वेबसाइटहरू मार्फत जारी भएका नयाँ सूचना थाहा पाउने हो ।

प्रत्येक आगो नियन्त्रण गर्ने संस्था वा आपतकासलिन सेवा दिनेहरूको वेबसाइट हुन्छन् र तिनीहरूमा चित्रका माध्यमबाट वा लेखिएको अवस्थामा सम्भावित खतराका क्षेत्रका बारेमा जानकारी दिइएको हुन्छ । 

हाल अस्ट्रेलियालीहरुले विदेशमा छुट्टी मनाउन  नपाइरहेको अवस्थामा स्थानीय क्षेत्रहरूमा क्याम्पिङ लागि पुग्नेछन् ।

साउथ अस्ट्रेलिया पार्कका रेन्जर सिजी लाव पछिल्लो समय आएको वर्षाले क्याम्पिङका लागि आकर्षण मानिएका विभिन्न क्षेत्रमा घाँस लगायत अन्य बोट बिरुवा उम्रन मद्दत पुर्‍याएको बताउँछन् ।

उनी भन्छन् “घाँस उम्रिरहेको छ, यस अर्थमा यो सामान्य वर्ष होइन हामी घाँसमा हुन सक्ने सम्भावित आगलागीका बारेमा चिन्तित छौं।”

सिजी लाव क्याम्पिङ लागि आउनेहरूलाई चेतावनीका लागि जारी भएका होडिङ बोर्डहरूमा ध्यान पुर्‍याउन र सामान्य विवेकको प्रयोग गर्न आग्रह गर्छन् ।

"यदि हावा चलिरहेको छ भने, क्याम्प फायर नगर्ने वा सम्भावित आगलागीका बारेमा ध्यान पुर्‍याउनु जरुरी छ।"

आपतकालिन चेतावनीको जानकारीका लागि emergencyalert.gov.au जानुहोस् र बुशफायरका बारेमा जानकारीका लागि यहाँ थिच्नुहोस्।

 


Share

4 min read

Published

Updated

By Wolfgang Mueller




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now