SKIP TO MAIN CONTENT

तास्मानियामा ६० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमणको श्रोत बनेको एक डिनरपार्टी "हल्ला" बारे प्रहरी छानबीन सुरु

उत्तर-पश्चिमी तास्मानियामा दुई अस्पताल पनि बन्द गराउने गरी कोरोनाभाइरस सङ्क्रमणको प्रमुख श्रोत एक अवैध डिनर पार्टी रहेको बताएका अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेण्डन मर्फीले प्रिमियर पिटर गटविनसँगको बैठक पछि आफ्नो उक्त आरोपबाट पछि हटेका छन्।

Australia's Chief Medical Officer Brendan Murphy speaks to the media during a press conference.
Health Department chief Brendan Murphy Source: AAP

2 min read

Published

Updated



Skip to article content

ब्रेण्डन मर्फीका अनुसार उक्त डिनर पार्टीमा स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो।

तर, तास्मनियाका प्रिमियरले चाहिं राष्ट्रिय प्रमुख स्वास्थ्य अधिकारीको उक्त भनाइलाई "हल्ला" को संज्ञा दिंदै उक्त आरोपबारे छानबीन गरिने बताएका छन्। 

गत सोमवार बर्नी नामक स्थानका दुई अस्पतालहरुमा ४५ कर्मचारी र अस्पतालमा भर्ना रहेका ९ बिरामी लगायत ६० जना भन्दा बढी कोभिड-१९ बाट सङ्क्रमित रहेको पुष्टि भएपछि, दुवै अस्पतालहरु बन्द गरिएको थियो।

मङ्गलवार न्युजिल्याण्डको एक संसदीय समिति समक्ष बयान दिंदै डाक्टर मर्फीले भने कि कोरोनाभाइरस विरुद्ध अस्ट्रेलियाली स्थिति बलियो देखिएता पनि स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको तास्मानियाको पछिल्लो घटनाले अवस्थालाई परिवर्तन गरेको हो।

राज्यको उत्तरपश्चिममा ठुलो संख्यामा कोभिड -१९ को सङ्क्रमण भेटिए पछि प्रिमियर पिटर गुटविनले अस्ट्रेलियाली सेना समक्ष थप सहयोगको अपील गरेका थिए।

हाल बन्द रहेका बर्नी स्थित नर्थ वेस्ट रिजनल अस्पताल र नर्थ वेस्ट प्राइभेट अस्पतालको पूर्ण सफाई पछि मात्र पुनः संचालनमा ल्याइने अधिकारीहरुले बताएका छन्।

साथै झन्डै बाह्र सय स्वास्थ्यकर्मी र उनीहरुका परिवारलाई पनि दुई हप्ताका लागि अनिवार्य क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ, जसका कारण ५ हजार मानिसहरु अब क्वारेन्टिनमा रहने छन्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

COVID-19 Nepali Infographics
Source: SBS Nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now