SKIP TO MAIN CONTENT

उपलब्ध भए झन्डै ९० प्रतिशत अस्ट्रेलियालीहरू कोरोनाको खोप लगाउन आत्तुर

थोरै मानिसहरूले कोरोना विरुद्धको खोप यो सालको आखिरीसम्ममा उपलब्ध हुने आसा राख्दै गर्दा एक सर्वेक्षणका झन्डै ९० प्रतिशत अस्ट्रेलियाली उत्तरदाताहरूले उक्त खोप उपलब्ध भएको खण्डमा लगाउने बताएका छन्।

Revamping Contact Tracing System in Victoria
Source: Getty Images

3 min read

Published

Updated

Source: AAP, SBS



Skip to article content

इप्स्स अस्ट्रेलियाद्वारा कोरोनाभाइरसको बारेमा गरिएको एक सर्वेक्षणमा भाग लिने १,००० अस्ट्रेलियालीहरू मध्ये ९०० जनाले कोभिड-१९ को खोप उपलब्ध भए आफूहरू त्यसको प्रयोग गर्न इच्छुक रहेको बताएका हुन्।

वर्ड इकोनोमिक फोरम भनिने विश्व आर्थिक मञ्चका लागि इप्स्सले संसारका २७ देशहरूमा कोभिड-१९ को खोप उपलब्ध भए के गर्नुहुन्छ भन्दै प्रश्न सोधेको थियो।

विश्वव्यापी रूपमा भने ७४ प्रतिशत उत्तरदाताहरूले कोरोनाभाइरसको खोप उपलब्ध भए त्यसको प्रयोग आफूहरूले गर्ने बताएका छन्। 

बाँकी २६ प्रतिशत मध्येका आधा भन्दा बढी मानिसहरूले खोप लगाउँदा सम्भावित रूपमा हुन सक्ने खती (साइड इफेक्ट) का कारण आफूहरूले कोभिड-१९ विरुद्धको खोप नलगाउने बताएका छन् भने लगभग एक तिहाइ मानिसहरूले चाहिँ खोपको प्रभावकारिता माथि प्रश्न चिन्ह उठाउँदै त्यसको प्रयोग नगर्ने बताए।

खोप लगाउन तयार ८८ प्रतिशत अस्ट्रेलियालीहरू मध्येका ५९ प्रतिशतले चाहिँ खोप लगाउने कुरामा कडा सहमति जनाएका थिए भने २८ प्रतिशतले चाहिँ खोप लगाउन केही मात्रमा इच्छा जाहेर गरेका हुन्।

अस्ट्रेलिया बाहेक चीन तथा ब्राजिलका उत्तरदाताहरू अधिकांशले खोप उपलब्ध भए त्यसको प्रयोग गर्ने बताएका छन्।

९७ प्रतिशत चिनियाँ तथा ८८ प्रतिशत ब्राजिलीहरूले खोप तयार भए आफूहरू पनि त्यसको प्रयोगका लागि अग्रसर रहेको इप्स्स सर्वेक्षणलाई बताएका छन्।

कोरोनाभाइरस विरुद्ध खोप यो सालको आखिरीसम्ममा तयार भइसक्ने प्रति चाहिँ थुप्रै अस्ट्रेलियाली उत्तरदाताहरूको विश्वास नरहेको पनि सो सर्वेक्षणको नतिजाले देखाएको छ।

बाँकी विश्वका ४१ प्रतिशत उत्तरदाताहरुले सन् २०२० को अन्त्यसम्ममा कोभिड-१९ विरुद्ध खोप बजारमा आइसक्ने कुरामा आफूहरूको विश्वास रहेको बताउँदै गर्दा केवल २७ प्रतिशत अस्ट्रेलियाली उत्तरदाताहरूले मात्रै त्यसमा सहमति व्यक्त गरेका छन्।

इपस्स अस्ट्रेलियाका निर्देशक डेभिड एलियटका अनुसार अस्ट्रेलियालीहरू कोरोनाभाइरसको खोपलाई लिएर निकै सकारात्मक देखिएका कारण स्वास्थ्य अधिकारीहरू ढुक्क रहन सक्छन्।

"उच्च मागलाई व्यवस्थापन गर्न निकै राम्ररी खोप वितरण कार्य योजना बनाउनुपर्छ," उनले भने।

"अनि, स्वास्थ्य अधिकारीहरूले कुनै पनि खोपको सम्भावित दुष्प्रभावहरूका बारेमा जनतालाई सुसूचित गर्न विशेष ध्यान दिनु आवश्यक छ ताकी अधिकतम मानिसहरूले निःसङ्कोच यसको प्रयोग गरुन् भनेर सुनिश्चित गर्न सकियोस्।"

एलियटले मानिसहरूलाई खोपको प्रभावकारिताबारे आश्वस्त पार्नु पनि महत्त्वपूर्ण हुने बताएका छन्।

इप्स्सले सो सर्वेक्षण जुलाई २४ देखि अगस्ट ७ तारिखका बिचमा गरेको थियो।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c
0c8f5ba4-f9d6-418f-b76c-b93a2e6f4008


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now